भर्खरै

कलङ्की–नागढुङ्गा सडकखण्डमा विद्युत् कटौती

  • प्रकाशित मिति : Tue-20-Nov-2018
  • - Admin
title

काठमाडौँ, ४ मङ्सिर । सडक विस्तार कार्यलाई सहयोग पु¥याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ । 

सडक विस्तारको कार्य अगाडि बढिरहेकाले पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण लाइन मर्मत तथा स्थानान्तरण गर्नुपर्ने भएकाले स्युचाटार सब स्टेशनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने विद्युत् कटौती हुनेछ । 

यस्तै तीनथाना, नैकाप, सतुङ्गललगायतका क्षेत्रमा आज बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । तोकिएको समयभन्दा अगाडि कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालनमा आउन सक्ने प्राधिकरणले जनाएको छ । 
 

प्रतिक्रिया