भर्खरै

धार्मिक तथा पर्यटन महोत्सवको तयारी पुरा

  • प्रकाशित मिति : Wed-21-Nov-2018
  • - Admin
title

गोरखा ,मंसिर । गोरखा जिल्लाको गण्डकी गाउँपालिका ८ घ्याल्चोक बेनिगाँउमा  आयोजना गरिएको प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सव २०७५ को  तयारी पुरा भएको छ । 
पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राखेर आयोजना गरिएको महोत्सवको तयारी पुरा भएको कार्यक्रम संयोजक भिम श्रेष्ठले बताए ।

पहिलो प्राथमिकता पर्यटन विकास

आज बुधबार देखि सुरु हुने गण्डकी गाँउपालिका भित्रको पहिलो महोत्सवको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गर्ने संयोजक श्रेष्ठको भनाई छ ।  उनले भने समुन्द्री सतह देखि करिब १२ सय मिटरको उचाईमा अवस्थित मुन्थला मन्दिरमा परापूर्व कालदेखि नै हरेक वर्षको मंसिरको चतुर्थी देखि पूर्णिमाको दिन सम्म मेला लाग्ने गर्दछ । परापूर्व कालदेखि नै हुँदै आएको गाँउपालिका भित्रको  प्रमुख धार्मिक एवं ऐतिहासिक स्थलको रुपमा रहेको मुन्थला मन्दिरको प्रचार प्रसार गरी मेलालाई थप व्यवस्थित गर्दै  मन्दिरको  संरक्षण,संवद्र्धन र प्रवद्र्वन गर्नका लागि मेलाको आयोजना गरिएको समेत संयोजक श्रेष्ठले बताए ।  
त्यस्तै आयोजक समितिका आर्थिक संयोजक कुमार गुरुङ्गका अनुसार राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना स्थलको काखैमा रहेको मुन्थला मन्दिरको परिसरबाट बिहानीको सुर्योदय सँगै मनास्लु,गणेश र घोडे हिमालको मनोरम दृश्यका साथै चारैतिरको रमणीय दृश्यको अवलोकन गर्न सकिने र बुढीगण्डकी आयोजना निर्माण पछि सम्भाव्य प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने  बताए । उनले भने  पोखराको फेवातालमा माछापुच्छ्रे हिमालको दृश्यले जसरी पर्यटकलाई लोभ्याउन सकेको छ त्यसरी नै यहाँको रमणीय दृश्यले पर्यटकको मन लोभ्याउन  सक्ने दाबी छ ।   मन्दिर वरपर रहेका स्थानीय वासिन्दाका अनुसार यस मुन्थला मन्दिरलाई अकलादेवीको नामले समेत चिनिन्छ । मनकामनादेवीकी कान्छी बहिनीको रुपमा लिइने यस देवीलाई कुनै समयमा बुढीगण्डकीको दोभान तरेर आफ्नो माइती जाने क्रममा रात परेकोले सो स्थानमा बास बसेको र घनाघोर जंगलमा देवी उत्पति भई ती महिलालाई सहयोग गरी देवी पैदा भएको किवंदन्ती रहे अनुसार नै मेला लाग्ने प्रचलन रहि आएको छ । 
धार्मिक महोत्सव मेलामा दौड, शिलालेख तथा शिलान्यास, नृत्य तथा विविध साँस्कृितक कार्यक्रमका साथै विभिन्न जातजातिको झाँकीको प्रस्तुती र स्थानीयको उत्पादनको बिक्री समेत गरिने महोत्सव आयोजक समितिका संयोजक भिम श्रेष्ठले बताए । महोत्सवका लागि २३ लाख खर्च हुने अनुमान गरिएको छ । 
 

प्रतिक्रिया