भर्खरै

उदयपुर सिमेन्ट उत्पादनमा वृद्धि

  • प्रकाशित मिति : Wed-21-Nov-2018
  • - Admin
title

गाईघाट,  मंसिर ।  उदयपुर सिमेन्टको उत्पादनमा बृद्धि भएको छ । नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले अहिले दैनिक ७ सय ७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको जनाएको छ । 
उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलका अनुसार उद्योग स्थापना भएको शुरुका वर्षमा ७०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गर्दै आएको भएपनि त्यसपछिका वर्षहरुमा विद्युत अभाव तथा कटौतीका कारण दैनिक ६०० देखि ६५० मेट्रिक टनसम्म मात्र सिमेन्ट उत्पादन हुने गरेको  थियो तर  गत वर्षदेखि सिमेन्टको गियर मेशिन नयाँ परिवर्तन गरेपछि दैनिक ७०० देखि ७५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन क्षमता बढाएको बताए । त्यस्तै यसपटक २५ दिन उद्योग मर्मत गरेर विभिन्न मेशिन फेरिएको ,  अहिले विद्युत समेत पूर्णरुपमा आपूर्ति भएपछि उद्योगबाट बढी उत्पादन हुने गरेको महाप्रबन्धक पौडेलले जानकारी दिए । महाप्रबन्धक पौडेलका अनुसार दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगको ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरी स्थापनाकालदेखि अहिलेसम्मको सबैभन्दा बढी सिमेन्ट उत्पादनको तथ्याड्ढ राखेको बताए । उद्योगले सिमेन्ट उत्पादनकार्यलाई पूर्ण उत्पादन क्षमता ८०० मेट्रिकटन पु¥याउने  लक्ष्य रहेको बताउदै यो वर्ष अहिलेसम्म झण्डै रु ३५ करोडभन्दा बढी नाफा गरिसकेको महाप्रबन्धक पौडेलले बताए । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago