भर्खरै

जाडोमा विद्युतीय सामाग्रीको व्यापार बढ्दो

  • प्रकाशित मिति : Wed-21-Nov-2018
  • - Admin
title

काठमाडौं,मंसिर । काठमाडौंमा मात्र नभई देशैभर यतिबेला जाडो बढ्दै गईरहेको छ । जाडो बढेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका छन । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिंदो समय र भित्रिदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढ्दो छ ।
दिनानुदिन बढ्दै गएको चिसो मौसमका कारण काठमाडौंमा हिटर, गिजर अनि एसी लगायतका विद्युतीय सामाग्रीको व्यापारमा चहल पहल बढेको व्यापारीहरु बताउँछन् । चिसो बढे सँगै विद्युतीय सामानको शुरूवातीदेखि नै बढेको हिटरको व्यापार पुस महिनाको यो समयसम्म आइपूग्दा अझै तीव्र भएको व्यवसायीहरूको भनाई छ । जाडो भर्खरै शुरु भएकोले रुम हिटर, एसी,भ्याकुम र गिजर लगायतका विद्युतीय सामाग्रीको व्यापारमा वृद्धि भएको भोटेबहालका एक व्यापारी बताउँछन् ।

व्यापारीहरुका अनुसार आधुनिक प्रविधियुक्त हिटरको व्यापार बढेपछि पुराना मोडल तथा प्रविधिमार्फत कोठा तताउने र न्यानो रहने चलनमा परिवर्तन आएको छ । अहिले बजारमा ग्यास तथा बिजुलीबाट चलाउन मिल्ने हाइब्रिड किसिमका विभिन्न डिजाइनका हिटरहरु पाइन्छ भने खुला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर तथा तातो हावा फाल्ने फ्रयान हिटर समेत बजारमा उपलब्ध रहेको व्यवसायीको भनाई छ । व्यवसायीहरुका अनुसार अहिले बजारमा ७ सयदेखि हजारौं मुल्य सम्मपर्ने हिटरहरु उपलब्ध छन् ।

नेपाली बजारमा भित्रिएका हिटरहरु धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आउने गर्दछ भने केही मात्रामा युरोपियन मुलुकहरुबाट समेत आयात भइरहेको छ । केहिवर्ष अघिसम्म लोडसेडिङ्गले आत्तिएका व्यापारीहरु अहिले लोडसेडिङ्ग हटेपछि विद्यूतीय सामाग्रीको किनमेल गर्न थालेका छन् ।
अहिले नेपाली बजारमा दर्जनौं नाम तथा ब्राण्डका हिटरहरु भित्रिएका छन । नाम र कम्पनी अनुसार मुल्य पनि फरक फरक रहेको ब्यापारीहरु बताउँछन् । बजारमा नक्कली सामानको बिगबिगी पनि छ । त्यसैले उपभोक्ताले पनि जाडोमा न्याना सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड, तथा फिचरका बारेमा सजग हुन जरुरी छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago