भर्खरै

सिङ्गटीखोला जलविद्युत आयोजना  निर्माणकार्य ८० प्रतिशत  सम्पन्न

  • प्रकाशित मिति : Wed-21-Nov-2018
  • - Admin
title


जिरी,  मंसिर ।  सिङ्गटीखोला जलविद्युत आयोजनाको निर्माणकार्य ८० प्रतिशत  सम्पन्न छ । आगामी वैशाख १ गतेदेखि परिक्षण विद्युत् उत्पादन  सुरु गर्ने लक्ष्यले निर्माण कार्य तीव्र  रुपमा अगाडि बढाईएको दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेघावाटको सिङ्गटीखोला जलविद्युत् आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएको हो । 
असोज २० गते देखि पहिलो ‘ब्रेक थु्र’ सुरुङ खन्ने काम सुरु भए सँगै आयोजनाको काम करिव ८० प्रतिशत पुरा भएको आयोजना प्रमुख मनहरि सापकोटाले बताए । सापकोटाका अनुसार अहिले आयोजनाको हेडतर्फको सुरुङभित्र फिनिसिङको काम शुरु भएको छ,उनले भने विद्युतगृहको काम पनि करिव ६० प्रतिशत पुरा भएको छ  चैत मसान्तभित्र विद्युतगृहको काम पनि सकिने सापकोटाको भनाई छ । आयोजनाको पहिलो सुरुङ छिचोलेपछि सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षको अवधिमा आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पु¥याएको समेत प्रमुख सापकोटाले बताए ।  
आयोजनाको पाँच हजार ९ सय १५ मिटर लामो हेडरेस सुरुङमध्ये अब पावरहाउस तर्फको खण्डमा ९सय मिटर सुरुङ मात्र खन्न बाँकी रहेको जानकारी दिदैं फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ । 
सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको यस आयोजनाको रु चार अर्ब ६३ करोड लागत अनुमान गरिएको आयोजनाले जनाएको छ ।  यस आयोजना निर्माण शुरु गर्दा १६ मेगावाट क्षमता रहेपनि पछि क्षमता वृद्धि गरी २५ मेगावाट पु¥याइएको थियो । 
 

प्रतिक्रिया