आगलागीबाट रु ११ लाख क्षति
- प्रकाशित मिति : Wed-21-Nov-2018
- - Admin

नुवाकोट, ५ मङ्सिर । लिखु गाउँपालिका–४ नचनिडाँडामा आज बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज बिहान २ बजे स्थानीयवासी राजु शाहको दुईतले घरमा आगलागी हुँदा रु ११ लाख ६५ हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट धान, मकैलगायत अन्नपात, भाडाकुँडा, लत्ताकपडा, फर्निचर जलेर नष्ट भएको छ । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।