भर्खरै

समृद्ध नेपालका लागि कर तिर्नुपर्नेमा जोड

  • प्रकाशित मिति : Thu-22-Nov-2018
  • - Admin
title

पोखरा, मंसिर ।  सातौँ राष्ट्रिय कर दिवसका अवसरमा पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आज यहाँ आयोजित ‘वर्तमान कर प्रणाली’ विषयक अन्तक्र्रियामा समृद्ध नेपाल निर्माणका लागि कर तिर्नुपर्नेमा जोड दिइएको छ । 

पूर्वाधार विकासका लागि आर्थिक स्रोत आवश्यक भएको उल्लेख गर्दै कार्यक्रमका वक्ताले त्यसका लागि नियमानुसार कर तिर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएकामा जोड दिएका छन् । आन्तरिक राजश्व कार्यालयका प्रमुख केशवकुमार उप्रेतीले समृद्ध नेपालका लागि कर तिर्न सम्बन्धित सबैसँग आग्रह गर्दै कर सङ्कलन विना समृद्ध नेपालको परिकल्पना असम्भव भएको बताए । 

कास्कीमा मात्र ४३ हजार करदाता रहेको जानकारी गराउँदै उनले ६४३ होटल आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको बताए । बाग्लुङ र तनहुँमा आन्तरिक राजश्व कार्यालयको स्थापनासँगै अहिले पोखरा कार्यालयले कास्की र स्याङ्जालाई मात्र आफ्नो दायरामा समेटेको उनले जानकारी दिए। पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले आर्थिक ऐनले ल्याएका योजनाबाट लाभ लिन व्यवसायीसँग आग्रह गरेका छन् । करसम्बन्धी नबुझेका कुरा कर अधिकृतसँग बुझेर कर तिरी इमान्दार करदाता बन्न उनले आग्रह गरेका छन् । 

सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले व्यवसायीले कर तिरेर नै देश समृद्ध बन्ने विषयमा आफूहरू सचेत रहेको औँल्याउँदै होटल क्षेत्रमा खर्बौैं रुपैयाँको लगानी भए पनि काठमाडौँमा जस्तो पोखरामा पर्यटकको आगमन मनग्य नभएको बताए । करको दरभन्दा दायरा बढाउन सुझाव दिँदै उनले देशमा रोजगारी सिर्जना गर्दै अन्य उद्योगलाई समेत होटल क्षेत्रले सहयोग पु¥याएको स्मरण गराए । 

आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत उद्धव पौडेलले आर्थिक ऐन २०७५ अन्तर्गत करदातालाई प्रदान गरिएका पछिल्ला योजनाका बारेमा जानकारी दिए । कार्यक्रममा सङ्घअन्तर्गतका सदस्य होटलका सञ्चालक र कर्मचारीको उपस्थिति रहेको थियो । रासस
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago