भर्खरै

पेट्रोलियममा उपभोक्ता ठग्नेलाई एक वर्ष कैद

  • प्रकाशित मिति : Fri-23-Nov-2018
  • - Admin
title

 पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ । गुणस्तर तथा नापतौल विभागअन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित एक वर्ष जेल सजाय गर्ने भएको हो ।

कार्यालयका प्रमुख शशीभूषण यादवले दसैँअघि तीन पम्पमा अनुगमन गर्दा सफ्टवेयर राखेर ठगी गरेको भेटिएको जानकारी दिए । ‘१० लिटरको भाँडामा परीक्षण गर्दा विजय आयल स्टोरले चार सय मिलिलिटर, मोहम्मद आयल स्टोरले ४० मिलिलिटर र श्रीशंकर आयल स्टोरले ५० मिलिलिटर ठगी गरेको भेटिएको थियो,’ उनले भने, ‘यति धेरै परिमाण तेल ठगेको पाएपछि सुरुमा आश्चर्य लाग्यो, बुझ्दै जाँदा सफ्टवेयर जडान गरेर ठगेको पत्ता लाग्यो ।’

ठगी गरेको भेटिएपछि कार्यालयले मुद्दा दर्ताका लागि जिल्लास्थित सरकार वकिलको कार्यालयसँग राय मागेको थियो । ‘सरकारी वकिलको कार्यालयले गुणस्तर ऐनअनुसार आफैँ कारबाहीको अधिकार प्रयोग गर्नु भन्ने राय दिएको छ,’ उनले भने, ‘सो रायअनुसार म आफैँले गुणस्तर ऐनको दफा ३० १० अनुसार १० हजार जरिवाना र एक वर्षको जेल सजाय गर्ने अधिकार प्रयोग गर्दै छु ।’ विभागले दसैँअघिबाट सफ्टवेयर राखेर तेल ठग्ने पम्पको अनुसन्धान अघि बढाएको छ ।नयाँ पत्रिका

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago