भर्खरै

महानगरको ल्यायो ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

  • प्रकाशित मिति : Sun-25-Nov-2018
  • - Admin
title

विद्युत संसार साप्ताहिक
काठमाडौँ,  मंसिर । गत शनिबार देखि उपत्यकालाई धुवाँधुलो मुक्त बनाउन काठमाडौं महानगरपालिकाले ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुवात गरेको छ ।

उपत्यकाभित्र रहेका अव्यवस्थित केबुल, विद्युतका तार तथा पोलहरुको व्यवस्थापन गर्न कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रमको उद्धघाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकालाई छिटै नै धुलोधुवाँबाट मुक्त गराई अव्यवस्थित रुपमा रहेको विभिन्न किसिमका केबुल तार ,विद्युतीय तार,टेलिफोन तथा नेटका तारहरुलाई भुमिगत गरी व्यवस्थित गराउने बताए । उनले भने यस भन्दा अघि विभिन्न सङ्घ–संस्थाले अलगअलग रूपमा सरसफाइ गर्दै आएपनि अब सामूहिक रुपमा काठमाडौँलाई सफा र सुन्दर राख्न सरसफाई कार्यक्रम गर्ने समेत बताए । 

त्यस्तै,कार्यक्रममा अब हरेक शनिबार महानगरले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने महानगर वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले  बताए । सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवद्र्धन गर्ने, अव्यवस्थित रुपमा रहेका केबुल, विद्युतका तार तथा पोलको व्यवस्थापन गर्ने, खानेपानीका पाइप व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापनसमेत गर्ने भएको छ ।

रत्नपार्कबाट शुरु भएको ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’ बागबजार, पुतलीसडक,डिल्लीबजार, मैतीदेवी हुँदै सिनामङ्गलसम्म पुगेर अन्त्य गरिएको थियो । कार्यक्रममा काठमाडाँै उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago