भर्खरै

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

  • प्रकाशित मिति : Sun-25-Nov-2018
  • - Admin
title


काठमाडौँ, मंसिर । नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । 

सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ । 

बैंकले रु २५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयाघात, मिर्गाैला खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, हेपाटाइसिस, एप्लास्टिक एनीमिया, गम्भीर कोरोनरी धमनी रोग, उच्च रक्तचाप, प्रमुख अङ्ग एवं बोनम्यारो प्रत्यारोपणजस्ता घातक रोगको उपचारार्थ रु तीन लाख बराबरको बीमा गरेको हो । 

ती रोगमध्ये कुनै पनि एक घातक रोग लागेको निवेदनउपर निदानसहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा बीमा रकम तुरुन्त भुक्तानी हुनेछ । बचतकर्ता अन्य कारणले निधन भएमा रु ७५ हजारको बीमाङ्क रकमसमेत सो योजनाले सुरक्षित गरेको छ । घातक रोग लागेर निधन भएमा रु तीन लाख ७५ हजार बरारको सुरक्षण हुनेछ । बैंकले सो आयोजनाअन्तर्गत शनिबारसम्म रु २५ हजार वा सोभन्दा बढी मौज्दात रहेका आफ्ना सम्पूर्ण व्यक्तिगत बचत खातामा आवद्ध भएकाको बीमा गरिसकिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिनुभयो । 

व्यक्तिगत बचत खातावालाले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनै पनि महीनाको पहिलो कार्य दिनबाट सो महीनाको मसमान्तसम्म तोकिएको मौज्दात कायम राखी योजनामा सामेल हुन सकिनेछ । ती ग्राहकको हकमा घातक रोग बीमा र मृत्यु बीमा योजनामा सामेल भएको मितिबाट लागू हुने शाहको भनाइ छ । 

उक्त योजनामा १६ वर्षदेखि ६४ वर्षसम्मका नागरिक सहभागी हुनसक्छन् । प्रमुख कार्यकारी अधिकृत शाहले पछिल्लो दिनमा अर्वुद्ध, कलेजो, हृदयघातजस्ता घातक रोग दिनप्रतिदिन बढ्दो क्रममा रहेको र उपचार अत्यन्त महङ्गो रहेका कारण केही सहजताका लागि यस्तो योजना ल्याइएको बताउनुभयो । 

बैंकका हाल पाँच लाख खातावाला छन् । ती मध्ये १६ देखि ६४ वर्षको उमेर समूहका ग्राहकको सङ्ख्या तीन लाख बढी छ । ती सबै खातावाला स्वास्थ्य बीमाको उक्त कार्यक्रममा समेटिएका छन् । बीमाका लागि आवश्यक पर्ने प्रिमियम बैंकले तिर्ने गरी व्यवस्था मिलाइएको छ । 

बैंकको ७४ शाखा सञ्जाल, ११८ वटा एटिएम र एक हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टका साथ देशव्यापी रुपमा सञ्जाल छ । यस्तै मेटलाइफका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले स्वास्थ्य बीमालाई थप सहज बनाउने लक्ष्यका साथ उक्त योजना अगाडि सारिएको बताउनुभयो । बीमा व्यवसायमा १५० वर्षको इतिहास रहेको मेटलाइफले नेपालमा कारोवार शुरु गरेको १७ वर्ष भएको जानकारी दिँदै उहाँले दक्षिण एशियाभर नै स्वास्थ्य बीमालाई केन्द्रमा राखेर कार्यक्रम लागू गरिएको उल्लेख गर्नुभयो । रासस
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago