भर्खरै

घर घरमा बिजुली जनजनमा शेयरः मुख्य मन्त्री गुरुङ्ग (फोटो फिचर)

  • प्रकाशित मिति : Mon-26-Nov-2018
  • - Admin
title
शिखर श्रेष्ठ/ विद्युत संसार संवाददाता
 
साना ठूला जलविद्युत आयोजना निमार्ण गरि घर घरमा बिजुली जनजनमा शेयर योजनाका साथ चार नं प्रदेशलाई विकासको बाटोमा डोर्याउने चार नं प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्वा गुरुङ्गले बताए छन्  ।
गत बुधबार गण्डकी गाँउपालिका वडा नं ८ घ्याल्चोक बेनिगाउँको प्रथम मुन्थला धार्मिक तथा पर्यटक महोत्सवको समुद्धघाटन गर्दै मन्त्री गुरुङ्गले चार नम्बर प्रदेशलाई कृषि, जलविद्युत सँगै पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिदैँ विकासका योजना अगाडी बढाउने बताए । 
 
 
 
 
 
 
विकासको हिसावले नै चार नम्बर प्रदेशलाई सात प्रदेश मध्य उत्कृष्ट प्रदेशको रुपमा चिनाउने बताउँदै मन्त्री गुरुङ्गले भने “कृषि, जलविद्युत, पर्यटन क्षेत्रलाई बढी प्रथामिकता दिदैँ गाउँ गाउँमा विकासका योजना लाने छौ ।” 
महोत्सवमा सम्बोधन गर्दै प्रदेश नम्बर चारका भौतिक योजना मन्त्री रामशरण बस्नेतले गाउँ गाउँमा विकासका योजना आएकोले स्थानीय उत्पादन लाई जोड दिई बजारीकरण गर्न आग्रह गरे । गाउँमा आम्दानी तथा आय स्रोत बढाउने योजनाका लागि सरकारले आफ्नो ठाउँबाट आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । 
 
 
 
 
 
कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर रानामगरले गण्डकी गाउँपालिकाको प्रमुख आधारको रुपमा कृिष र पर्यटन नै भएको बताउँदै गाउँपालिकामा नै पहिलो पटक भएको प्रथम मुन्थला धार्मिक तथा पर्यटक महोत्सवले अझ पर्यटन क्षेत्रमा सहयोग पुग्ने बताए । 
पृथ्वी राजमार्गबाट करिव १२  मिटरको उचाईमा पर्ने गण्डकी गाउँपालिका वडा नं. ८ बेनिगाउँमा अवस्थित मुन्थला मन्दिर धार्मिक तथा साँस्कृितक रुपमा मात्र नभई पर्यटकीय क्षेत्रको प्रचुर सम्भावनाको रुपमा रहेको छ ।  
 
 
 
होमस्टे उद्घाटन
प्रथम मुन्थला धार्मिक तथा पर्यटन महोत्सवको अवसरमा जनजाति समुदायको बाहुल्यता रहेको गोरखाको गण्डकी गाउँ पालिका वडा नं. ८ बेनिगाउँमा होमस्टे उद्घाटन भएको छ । एक घरमा तीन जना बस्न मिल्ने गरि हालको लागि १० घरमा सञ्चालनमा ल्याईएको छ । 
उद्घाटन गर्ने क्रममा मूख्य मन्त्री गुरुङ्गले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखि पर्यटकको मन लोभ्याउने योजनाका साथ अगाडी बढ्न स्थानीयलाई सुझाव दिदै उनले भने “हामेस्टेको लागि प्रदेश सरकारले छुटै योजना बनाउँदै छौ तपाईहरुलाई सहयोग गर्न तयार छौ ।”
 
 
महोत्सवमा स्थानीय उत्पादनलाई जोड
 
गत बुधबार र विहिवार दुई दिन सम्म चलेको महोत्सवमा स्थानिय उत्पादनको प्रर्दशनी साथै साँस्कृितक झल्को दिने झाँकी, घाटु, कौरा, चुड्का नाच, लाखे नाचको प्रस्तुती समेत रहेकोे थियो । 
 
 
 
 
 
महोत्सवलाई मनोरञ्जनात्मक प्रदान गर्न म्याराथुन दौडका सँगै नृत्य प्रतियोगिता समेत भएको थियो । साथै राष्टिय स्तरका कलाकारहरुको बजोड प्रस्तुतीमा महोत्सव सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago