भर्खरै

अनलाइन प्रणालीमा सुधारको माग

  • प्रकाशित मिति : Mon-26-Nov-2018
  • - Admin
title

 
काठमाडौँ,  मङ्सिर  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोवार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै शेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन् । 
 
शेयर लगानीकर्ताले आज नेप्सेको कार्यालय परिसरमा भेला भएर अनलाइन कारोवार प्रणालीमा तत्काल सुधारका साथै व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराउनुपर्ने माग गरेका थिए । शेयर लगानीकर्ताले हाल यस क्षेत्रका ब्रोकर ९दलाल० मार्फत कारोवार गर्दै आएका छन् । 
 
स्टक एक्सचेञ्जले गत कात्तिक २० गतेदेखि ‘नेप्से अनलाइन कारोवार प्रणाली’ सञ्चालनमा ल्याएको हो । आइतबार शेयर कारोवार भइरहेको समयमा प्रणालीमा प्राविधिक समस्या आएपछि एक्कासी अवरोध भएको भन्दै लगानीकर्ताहरुले आक्रोस पोखेका थिए । 
 
नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता सङ्घ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता सङ्घ र नेपाल पूँजी बजार सङ्घको आह्वानमा लगानीकर्ताले पूँजी बजार सुधार तथा विस्तारका रणनीतिक काम गर्न समेत माग गरेका छन् । 
 
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोवार प्रणालीमा शुरुमा केही प्राविधिक समस्या आए पनि सुधार हँुदै गएको बताउनुभयो । उहाँले लगानीकर्ता नयाँ प्रणालीमा अभ्यस्त भएपछि छिट्टै सम्पूर्ण लगानीकर्तालाई व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराइने जानकारी दिनुभयो ।  रासस

प्रतिक्रिया