नेविप्रामा कर्मचारी सरुवा र अबको कार्ययोजना

  • प्रकाशित मिति : Thu-01-Feb-2018
  • - रुपा तुलाधर
title


विगत लामो समय देखि दैनिक १३ घण्टासम्म लोडसेडिङको मार खेप्दै आएका काठमाण्डौवासीले लोडसेडिङ समस्याले आजित हुदै आएका थिए । लोडसेडिनको मारले  पर्न गएको असर कतै कसैबाट छिपेको विर्सेका छैनन् । 
हरेक उद्योग धन्दा, कलकारखाना लगायत व्यवसायिक क्षेत्रले  लोडसेडिड्डका कारण घाटामा चल्न बाध्य भएको पाइन्थ्यो भने, यता लागत मुल्य बढ्न गइ उपभोक्तामा मुल्य बढि पर्न गएको थियो ।
तर अहिले करिब ४ महिना देखि काठमाण्डौ लोडसेडिड्ड मुक्त रहेको छ । सामान्य सेवाग्राही देखि उद्योग कलकारखाना पनि सुचारु रुपले चल्न पाएका छन् । 
लोडसेडिड्डको अन्त्यले हरेक क्षेत्रमा फाइदा पु¥याई रहेको छ । सरह नै झिलिमिलि बनाएको छ । सरकारले गरेको  यस प्रकारको जनता मुखी कामलाई सबैले स्वागत गरेका छन् भलै केही विपरित राजनितिक आस्था राख्ने समुह संस्थाले विभिन्न प्रोपोगाण्डा चलाएको किन नहोस ।
सरकारको यस कार्यप्रति सम्पूर्ण काठमाण्डौ वासीहरुले मुक्तकण्ठाले प्रशंसा गर्नै पर्दछ । गरेका छन् ।  सरकारले लोडसेडिड्ड न्युनिकरण कार्यक्रम अघि सारी रहदा  उल्टै प्राधिकरणका कर्मचारीहरु विद्युत चोरी तथा मिटर रिडड्ड  विगारेर  भ्रष्ट काम गरेको  घटनाले सबैलाई आश्चर्यमा पारेको छ । 
 मिटर विगार्ने, डाईरेक्ट हुकिङ गर्ने, मिटर रिडिङ गर्न नदिने जस्ता प्रकृयाहरु अपनाई विद्युत चोरी गर्ने गरेका छन् । प्राधिकरणकै कर्मचारीहरु व्यवसायीहरुसँग कमिसन लिएर विद्युत खपत गरेको घटनासँगै हजारौँ सङख्यामा कर्मचारीहरुको सरुवा प्राधिकरणले गरेको छ । कर्मचारीे सरुवाको सम्वन्धमा प्राधिकरणले वर्षेनी गरीने नियामित कार्य भनि उल्लेख गरीएको छ ।
पछिल्लो समय प्रााधिकरणले सयौँ कर्मचारीहरुको सरुवा  गरेको छ । तर यस यसले विद्युत चोरी तथा कमिसन खाने प्रविद्धिमा कमि आउला त आम चासोको विषय रहेको छ । 
  विद्युत चोरीमा संलग्न कर्मचारी तथा व्यावसायीहरु पक्राउमा पर्लान् त ? यो जनताको चासोको विषय रहेको छ । आम जनताका सामु प्राधिकरणले आफ्नो विश्वास गुमाई रहेको छ । प्राधिकरणकै कर्मचारी भ्रष्ट र घुसखोरी हुन लज्जास्पद विषय रहेको छ । प्राधिकरणमा मात्र होइन धेरै जसो सरकारी तथा गैरसरकारी निकायहरुमा भ्रष्टार यथावत रहेको छ ।
 प्रधिकरणले सयौँ सङख्यामा कर्मचारी सरुवा गरेपछि के अबका दिनहरुमा विद्युत चोरी नहोला त ? नेपाल विद्युत प्राधिकरणले कर्मचारी सरुवा गरेपछि कर्मचारी व्याबस्थापनका कारण देखाउदै यदि मिटर रिडिङ गर्न ढिलाई भएमा उपभोक्ता आफै मिटरमा उठेको अंक टिपोट गरी आफै महसुल बुझाउन जानु कत्तिको उपयुतm रहेको छ ? 
वर्तमान समयमा हरेक साना देखि ठुला निकायमा दिन प्रतिदिन भ्रष्टचार बढ्दै गईरहेको छ । नेपालमा अहिले भ्रष्टाचारले चरम रुप लिएको छ । अझ भ्रष्टचार गर्नेहरुलाई पनि विभिन्न राजनैति दल तथा संघ संगठनहरुले प्रश्रय दिएको पाईन्छ । यस्तो अनियमित कार्यलाई प्रसय दिदा भ्रष्टचार गर्नेहरुको मनोवल बढ्ने देखिन्छ । जसले गर्दा नेपाल भ्रष्टचार गर्ने प्रथम मुलुकको रुपमा नआउला भन्न सकिन्न । तसर्थ समयमा नै यस्ता भ्रष्ट कार्यहरुको अन्त्यका लागि सरकारले कडा कानुनको व्यावस्था गर्न जरुरी रहेको छ ।
एकै पटक २४ सय भन्दा धेरै कर्मचारी सरुवा गर्दा अनियमितता हट्ने योजना लिएको छ तर यसले प्राधिकरणको 
दैनिकी काम कार्यमा पनि असर पर्ने देखिन्छ । किनकी हालै मिटर रिडिङमा समस्या आएपछि प्राकिरणले सर्बसाधरणलाई आफै मिटर 
रिडिङ गरी विद्युत महसुल तिर्न आग्रह गरेको छ यो कक्तिको उपयुक्त हुन सक्छ । के सबै घरवालाहरुले प्राधिकरणले भने झै महसुल बुझाउन आउलान् 
त ? विभिन्न कारण वस् आउन नपाएका सर्बसाधारणको महसुल पछि तिर्दा के उनिहरु कार्वाहिमा पर्ने हुन् त ? यसैले जनता माझ प्राधिकरण विभिन्न आधार लिएर जानु आवश्यक देखिन्छ । यस सम्वन्धमा  सरकारी निकायबाट नै उचित नियमको तर्जुमा गर्नुपर्ने 
देखिन्छ । हाल प्राधिकरणका कर्मचारीहरुले गरेको अनियमितताका कारण प्राधिकरण मात्र होइन विश्व सामु 
नेपालको इज्जतमाथि नै धब्बा लागेको छ । प्राधिकरणमा मात्र भ्रष्टाचार बढेको होइन अन्य निकायहरुमा पनि भ्रष्टाचारीहरु रहेको हुन सक्ने सम्भाव्यता बढी रहेको छ तसर्थ भ्रष्ट कार्य उन्मुलन गर्नका लागि सरकारले विशेष कदम चाल्न जरुरी देखिन्छ ।कर्मचारी सरुवा मात्र होइन प्राधिकरण भित्र हुने माफिया भ्रष्टचार र कमिसन खोरहरुको सार्वजनिक रुपमा हतोत्साही बनाउन जरुरी छ ।  जसलाई नियमकानुनको समान्य जरिबानाले मात्र पुग्दैन । 
आज सम्म व्यवस्थापन गर्नै नसक्ने र लोडसेडिनको तलिका मात्र दिएर बस्ने हाकिम देखि कर्मचारीले समेत स्पष्ट रुपमा जनतालाई जबाफ दिनु आवश्यक छ । र आगामी दिनमा देशको समग्र विद्युतीकरण विकाका लागि बलियो निति को स्थापना गर्न जरुरी देखिन्छ । कुर्सीमा जोसुकै आए पनि जनताको पक्षमा काम हुन सकोस । 

प्रतिक्रिया