भर्खरै

महासंघले लिड बल्ब र हाउस वायरिङ्गलाई पहिलो प्राथमिकता राख्नु पर्दछ 

  • प्रकाशित मिति : Thu-11-Jan-2018
  • - पोखरा इिलेक्ट्रिकल एशोसिएसन  महासचिव शिशिर मिश्र
title

विद्युत व्यवसायी महासंघको ८ औं साधारण सभा पोखरामा नै हुने हुदाँ सर्वप्रथम त महासंघ प्रति पोखरा विद्युतीय व्यवसायी संघ आभार प्रकट गर्दछ । नेपाल सरकारले लगाएको भ्याट ÷ट्याक्सलाई राम्रोसँग अवलम्बन गरि के गर्दा व्यवसायलाई सहज एवं सरल तरिकाले निरन्तरता दिन सकिन्छ भने सम्पूर्ण विद्युत व्यवसायीमा हुनु जरुरी रहेको छ । सरकारी स्तरबाट सुरुवात गरिएको लिड बल्ब र हाउस वायरिङ्गलाई नेपालका कुना–कुनामा जहाँ विद्युतीय सामग्रीको सर्वसुलभ व्यवस्था छैन त्यहाँ सम्म व्यवस्थापन गर्नुको साथै नेपाल भर नै एकरुपताका साथ महासंघले काम गर्नु पर्नेछ । नेपाल सरकारले हरेक वस्तु बिक्रि गर्दा व्यवसायीहरूलाई २० प्रतिशत नाफा लिएर वस्तु बेच्दा कालो बजारी नहुने भनिएको भएता पनि व्यवसायीहरूको लार्पवाहीले गर्दा विद्युतीय क्षेत्रमा असर परेको छ । कुन व्यवसायीले केको व्यवसायी गर्ने हो भन्ने कुरालाई नबुझ्दाँ नेपाल विद्युत व्यवसायी महासंघले सबै व्यवसायी संघ प्रति चेष्ठा जगाउनु आवश्यक रहेको छ । सबै विद्युतीय व्यवसायीहरू हातमा हात मिलाई अगाडी बढेमा उक्त व्यवसायले सफलता पाउन सकिन्छ तर व्यवसायी व्यवसायीहरू बीच खुट्टा तान्ने प्रवृत्तिले गर्दा नै व्यवसायमा विभिन्न किसिमका बाधा अवरोधहरू सिर्जना हुने गरेको पाइन्छ । यस्तो प्रवृत्तिले गर्दा विद्युतीय सामग्रीहरूमा प्रत्येक व्यवसायीहरू बीच को मूल्य फरक–फरक पर्न गई रहेको छ । यो अनेकतालाई एकतामा बदली सबै विद्युतीय सामानहरूमा मूल्य निर्धारणमा एकरुपता ल्याउनु महासंघको पहिलो आवश्यकता रहेको देखिन्छ । विद्युतीय व्यवसाय संघहरूलाई अझै विस्तार गरि अगाडी बढाएमा उत्तम रहने छ । व्यवसायीलाई मात्र नभई विद्युतीय क्षेत्रमा कार्य गर्ने इलेक्ट्रिसियनहरू लाई पनि महासंघको हरेक क्रियाकलापमा आवद्ध गराएर सँगै अगाडी बढाउँदा उत्तम हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago