भर्खरै

महासंघले निरन्तर व्यवसायिक हितका लागि कार्य गर्दै आएको छ

  • प्रकाशित मिति : Thu-11-Jan-2018
  • - तेजनारायण खरेल अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ  
title

विद्युतीय सामाग्रीहरूको उत्पादन, बिक्री वितरण गर्ने व्यवसायी एवं उद्यमीहरू बीच आपसी समन्वय र सहयोगको स्थापना गरी व्यवसायिक हकको संरक्षण, उपभोक्ताहरूको हित एवं बजार मूल्यमा समेत एकरुपता ल्याउने उद्धेश्यका साथ अघि बढ्दै आएको नेपााल विद्युतीय व्यवसायी महासंघको आठौँ साधारण सभा कार्यक्रम हामीले यो वर्ष पोखरामा आयोजना गरेका छौ । 
हामीले व्यवसायीहरूको समस्या, आवश्यकता लगायतका विषय उपर सुझाव संकलन गर्ने र व्यवसायीहरूको सुझाव अनुसार महासंघलाई अगाडि बढाउने मूख्य उद्धेश्यका साथ साधारण सभा कार्यक्रम आयोजना गरेका हौँ । महासंघमा मेरो यो तीन वर्षे कार्यकालमा उत्पादक, आयातकर्ता, बिक्रेता, उपभोक्ता र सरकार सबै पक्षलाई समेट्ने गरी कार्र्य गर्दै जाने उद्धेश्य लिएको छु । स्थापनाकाल देखि नै छरिएर रहेका व्यवसायीहरूलाई एकबद्ध गराउन महासंघ निरन्तर लागि पर्दै आएको छ । महासंघमा हाल सम्म १९ ओटा जिल्ला संघहरू आवद्ध रहेका छन् भने ६५ ओटा एसोसिएट सदस्यहरू रहेको छ । महासंघमा जिल्ला संघ र एसोसिएट सदस्यहरू थपिदै जाने क्रम जारी रहेको छ । हामीले महासंघको विस्तारका लागि विभिन्न जिल्लाहरूमा भ्रमण गर्ने, जिल्ला तथा नगर संघहरू गठन गर्ने, विभिन्न जिल्लाहरूमा गई भेला गर्ने जस्ता कार्यहरू गर्दै आएको छौ साथै महासंघले प्रत्येक दुई दुई वर्षमा विद्युतीय सामाग्रीको अन्तराष्ट्रिय प्रर्दशनी गर्ने, राष्ट्रिय भेला कार्यक्रम, एसोसिएट भेला जस्ता कार्यक्रमहरू पनि गर्दै आएका छौ । हामीलले व्यवसायिक हकहित, गुणस्तरीय सामाग्री बिक्री वितरणको वातावरण मिलाउने, व्यवसायीमा परेका अन्योलको समाधान गर्नका लागि सरकार र सम्बन्धित निकायसँग सहकार्य गर्दै आएका छौ । यो वर्ष स्थानीय तथा प्रादेशिक चुनावले गर्दा हाम्रो लक्ष्य अनुरुप सबै जिल्लाहरूमा पुग्न नसकेको भए पनि हामीले नौ ओटा जिल्लामा जिल्ला भ्रमण गर्यौँ र व्यवसायीहरूको अवस्था, आवश्यकता लगायतका विषयमा छलफल गर्यौँ । हामी काठमाण्डौमा मात्र होईन देशभर जाने प्रयास गरिरहेका छौ । यसका लागि महासंघ निरन्तर कार्यकार्य गर्दै जाने छ । हामीले व्यवसायिक एकरुपताका लागि पनि विभिन्न कार्यक्रमहरू गर्दै आएका छौ । पोखरा विद्युतीय व्यवसायी संघले हाउस वायरीङ्ग तारको मूल्यमा एकरुपता ल्याउने विषय गरेको कुरा लाई संबन्धन गर्दै देश भर यसको लागु गर्ने योजनामा छौ । 
हाल पोखरा, चितवन लगायत विभिन्न जिल्लामा हाउस वायरीङ्ग तारको मूल्यमा एकरुपता कायम भईसकेको छ । त्यस्तै अन्य विद्युतीय सामाग्रीहरूको मूल्यमा एकरुपता ल्याउने विषयमा पनि हामी छलफल गर्ने छौ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago