भर्खरै

महासंघको आफ्नै जग्गामा कार्यालय निर्माण गर्नु आजको आवश्यकता

  • प्रकाशित मिति : Thu-11-Jan-2018
  • - प्रकाश मान प्रधान पूर्व अध्यक्ष, नेईए
title

महासंघले ंस्थापना काल देखि आफ्ना कार्यहरूलाई निरन्तरता दिदैं आएकोछ । पछिल्लो समयमा संस्थाले गरेका क्रियाकलाप र कार्य पनि निरन्तर अगाडी बढ्दै जांदा संस्थाको आफ्नै शैलीमा फड्को मारेको अनुभव भएकोछ । आगामी दिनहरूमा यसले व्यापक रुपमा आफ्नो कार्यक्रम एवंम क्रियाकलापलाई अगाडी बढाएर लैजानु महासंघको दायित्व भित्र पर्दछ । विद्युतीय व्यवसायीहरूको बाक्लो सहभागिता गराउँदै जिल्ला–जिल्लामा कार्यक्रमहरूको तयार गरि अगाडी बढ्दाँ राम्रो हुनेछ । 
सानो कुरामा उच्च जोखिम उत्पन्न हुने हुंदा व्यवसायीहरूका लागि जोखिमको सामना गर्नु पर्ने क्षमता हुनु आवश्यक रहेको छ । गुणस्तरीय सामान लगायत विद्युतीय व्यवसायीहरूको कुरा उठिरहंदा त्यसलाई सहज ढङ्गले अगाडी बढाउनु महासंघको कर्तव्य भित्र पर्दछ । जिल्लाका कुना–कुना गई के हो ? विद्युतीय व्यवसायी महासंघ र यसले के कार्य गर्दै आएको छ भन्ने विषयमा सर्वसाधारणलाई जनचेतना जगाई प्रत्येक जिल्लामा संघको विस्तार गर्नु पर्ने देखिन्छ । इलेक्ट्रोटेकलाई निरन्तरता दिइ ल्यागसीप  ( Flagship) प्रोजेक्टको रुपमा अगाडी बढाएर लैजानु पर्ने देखिन्छ । 
महासंघले आफ्नो संस्थाका लागि आफ्नै जग्गामा भवन बनाइ कार्यालय राख्नु पर्ने नितान्त आवश्यक देख्दछुं ।आजसम्मको महासंघले चालेका कार्यहरू राम्रोै रहेको छ र आगामी दिनहरूमा पनि महासंघका हरेक कार्यहरूले तीव्र गतिका साथ अगाडी बढ्छ भन्ने आशाका साथ सम्पूर्ण महासंघका आबद्ध व्यक्तिहरूमा उहाँहरूको कार्यका लागि शुभकार्यमा निरन्तरता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु । 

प्रतिक्रिया