भर्खरै

स्टेबलाईजर प्रोडक्सनमा  भि–गार्ड भारत को नै नम्बर एक कम्पनी हो 

  • प्रकाशित मिति : Thu-11-Jan-2018
  • - शिभकुमार विराधर एक्स्पोर्ट म्यानेजर ः भि गार्ड
title

४० वर्ष अघि देखि विभिन्न किसिमका विद्युतीय सामाग्रीहरूको उत्पादन गर्दै आएको भि–गार्ड कम्पनी अन्र्तराष्ट्रिय बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल भई सकेको अवस्थामा नेपाली बजारमा पनि  सुपरिचित कम्पनी सारदा ग्रुपको प्रिमियर ओभरसिज प्रा.लि.ले नेपालका लागि भि–गार्डका स्टेबलाइजर बजारमा ल्याएको छ । यसका विशेषत, यसका उत्पादन आदि सँग सम्बन्धित भई भि गार्ड कम्पनीमा नै लगातार १३ वर्ष देखि कार्य गर्दै आएका एक्स्पोर्ट म्यानेजर शिभकुमार विराधर सँग विद्युत संसारका भीमलाल श्रेष्ठले गरेको कुराकानीको केही अंश ः

भि गार्ड कम्पनीकोबारेमा बताईदिनुहोस् न । 

भिगार्ड कम्पनी सन् १९७७ मा भारतमा स्थापना भएको हो । यो कम्पनीले आफ्नो स्थापनाकाल देखि नै स्टेबलाईजर उत्पादन सुरु गरेको छ । भि–गार्ड कम्पनी भारतको नम्बर एक कम्पनी हो । भारतको केरेलामा मूख्य कार्यालय रहेको यो कम्पनीको ३२ वटा शाखा कार्यलयहरू रहेको छ । सानो लगानीबाट सञ्चालनमा आएको भिगार्ड कम्पनी हाल अन्तराष्ट्रिय बजारमा आफ्नो छुट्ै स्थान कायम गर्न सफल भई सकेको छ । हाम्रा प्रोडक्टहरू सार्क राष्ट्र बाहेक अफ्रिका, गल्फ राष्ट्र मा समेत निर्यात हुदै आएको छ । भि गार्ड कम्पनीले स्टेबलाईजर, ईन्भर्टर, मिक्स्चर, ग्राईन्डर, इन्डक्सन चुल्हे, वाटर पम्प, विद्युतीय स्विच, सर्किट ब्रेकर, फ्यान, डिजिटल युपिएस, सोलार वाटर हिटर तथा विद्युतीय तारहरू समेत उत्पादन गर्दै आएको छ । 

नेपालमा भि गार्ड कम्पनीका कुन कुन प्रोडक्टहरू बढी आयात हुने गरेको छ ?

नेपालमा भिगार्ड कम्पनीबाट उत्पादीत १२ वटा प्रोडक्टहरू नै आयात हँुदै आएको छ । पछिल्लो समयमा हामीले नेपालमा भिगार्ड कम्पनिका स्टेबलाईजर भित्राएका छौ । भिगार्ड कम्पनीको स्टेबलाईजर नेपाली बजारमा लामो समय देखि आएको भए पनि सारदा ग्रुप अन्र्तगत प्रिमियर ओभरसिज प्रा.ली मार्फत हामीले भर्खरै भित्राएका छौ । 
नेपालमा स्टेबलाईजरको बजार विस्तार भईनसकेको अवस्थामा भि गार्ड कम्पनीका स्टेबलाईजरको विस्तार गर्ने प्रमुख उद्धेश्यका साथ हामीले सारदा ग्रुप सँग सहकार्य गरी नेपाली बजारमा स्टेपलाईजर भित्राएका छौ । हामीले विद्युतीय सामग्री उत्पादन सुरु गरेको ४० वर्ष भई सक्यो । हाम्रा उत्पादनहरू गुणस्तरीय हुनका साथै टिकाउ पनि रहेको छन् । हाम्रो कम्पनीको गुणस्तरले गर्दा नै हाम्रो कम्पनीका प्रोडक्टहरू अन्तराष्ट्रिय बजारमा निर्यात हुने गरेको छ । भि गार्ड कम्पनीद्धारा उत्पादित स्टेबलाईजर गुणस्तर युक्त छन् यो प्रोडक्ट नेपालका हरेक कुनामा पुर्याउने हाम्रो लक्ष्य रहेको छ । 

कम्पनीले उत्पादन गर्दै आएको स्टेबलाईजर अरु भन्दा कसरी फरक छ ?

हाम्रो कम्पनीले उत्पादन गरेको स्टेबलाईजर टि.भि, फ्रिज, ए.सि र मेनलाईन गरी चार स्थानमा जडान गर्न मिल्छ । अरु भन्दा फरक किसिमका यि स्टेबलाईजरहरू आर्कषक डिजाईनमा उपल्बध छन् । हाल ७० भोल्ट देखि २ सय ९० भोल्ट सम्मका स्टेबलाईजर कम्पनीले उत्पादन गर्दै आएको छ । 

स्टेबलाईजरको मूल्यको अवस्था कस्तो रहेको छ ?

बजारमा पाईने कुनै पनि सामग्रीहरूको मूल्य त्यसको गुणस्तरमा निर्भर रहन्छ । सामग्रीहरू जति गुणस्तर युक्त हुन्छन् त्यको मूल्य उति नै महगो पर्न जान्छ । हामीले पनि स्टेबलाईजरको मूल्य त्यसको गुणस्तर हेरेर कायम गरेका छौ । बजारमा पाईने साधारण खालका स्टेबलाईजर भन्दा यो केही महगो रहेको छ । 

भि गार्ड कम्पनीका भावि योजनाहरू के के रहेका छन् ?

भारतको नै नम्बर एक कम्पनीका रुपमा परिचित भि गार्ड कम्पनीले नेपालमा रहेका सबै डिलरहरूलाई भेला गराई भि गार्डका प्रोडक्ट सम्बन्धी जानकारी दिने र नेपालका हरेक क्षेत्रमा भि गार्डको उत्पादन पुर्याउने प्रमुख योजना रहेको छ । भिगार्डका प्रोडक्ट, यसको फिचर, गुणस्तर टेक्निकल ट्रेनिङ्ग दिने पनि हाम्रो योजना 
रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago