जिल्ला संघलाई समान  ढंगले समेट्नु पर्दछ

  • प्रकाशित मिति : Thu-11-Jan-2018
  • - शशिधर जैसि लामिछाने अध्यक्ष, विद्युत व्यवसायी संघ  चितवन
title

 नेपाल विद्युतीय व्यवसायी महासंघ नेपाल भरि रहेका विद्युत व्यवसायीहरूको छाता संगठनको रुपमा स्थापित संस्था हो । नेपाल भरि छरिएर रहेका विद्युत व्यवसायीहरू गोलबद्व हँुदै अगाडि बढिरहेको यस संस्था नगर , जिल्ला संघ संस्था र एशोसिएट सदस्यहरू सम्मिलित संघहरू मिलेर बनेको संस्था हो । विद्युतीय व्यवसायी महासंघ मार्फत नेपाल भरिका विद्युत व्यवसायीहरू आफुलाई पर्ने समस्या, हक अधिकारहरू आफ्नो नगर जिल्ला हँुदै महासंघ मार्फत खोज्ने गरेको पाईन्छ । 
यद्यपि महासंघले व्यवसायीहरूले सोचे जस्तो नीति निर्माण को तहमा होस या राज्य सँग गरिने अन्य सर– सल्लाह एवम् विद्युत क्षेत्र सँग सम्बन्धित व्यवसायीहरूलाई आईपर्ने अप्ठ्यारोहरू को बारेमा सधै उत्तरदायि भएको पाईदैन । हाम्रो जस्तो अल्प विकसित देशमा जहाँ सबै ठाउँमा विद्युतिकरण भईसकेको छैन । विद्युत पुगेको स्थानमा पनि विद्युत व्यवसाय व्यवस्थित ढंगबाट सञ्चालन भएको छैन । व्यवसायीहरूको हकहितको लागि खोलिएका संघ संस्थाहरू व्यवसाय गर्ने व्यवसायीहरू एवम् संवद्व सबै पक्ष सबल र सक्षम हुँदा हुँदै पनि विभिन्न समस्याहरू झेल्नु पर्ने बाध्यता रहेको पाईन्छ । संसार प्राविधिक क्षेत्रमा द्रुत गतिमा अगाडि दौडि रहेको अवस्थामा हामी व्यवसायीहरू पनि सकि नसकि आधुनिक जमाना तिर घिस्रने प्रयास गर्दैछौ र यसका बीच अनेकौं समस्या सँग जुध्नु परेको छ । जस्तैः राजस्वको समस्या, घर वहालको समस्या, चन्दाको समस्या, न्यून बिजकिकरणको समस्या, मुल्यमा एक रुपताको समस्या, समान आयातमा समस्या, उत्पादनमा समस्या, लोडसेडिङको समस्या, यातायातको समस्या लगायतका अनगिन्ती समस्या सँग जुहारि खेल्दै सामानहरूको आपूर्ति उत्पादन बिक्रि वितरण गरि रहेका छौ । यी सबै समस्याहरू नगर, जिल्ला सबै बाट समाधान गर्न नसकिए पनि धेरै समस्याहरू नीतिगत रुपमै सुधार गर्नु पर्ने देखिन्छ ।
 विभिन्न नगर जिल्ला सबै मिलेर बनेको नेपाल विद्युतीय व्यवसायी महासंघले नेपाल भरि छरिएर रहेको विद्युत व्यवसायीहरूको हितमा अनेकौं प्रयास गर्दै आईरहेको पाईन्छ जस्तै विद्युतीय तारहरूमा नेपाल गुणस्तर चिन्ह् प्रदान गर्न पहल गर्नु, गुणस्तरीय समानमा जोड दिनु, विद्युतिय उपकरणहरू नाप्ने यन्त्रशाला, लिड बल्ब, विद्युतीय सामानहरूको मुल्यांकन सम्बन्धमा सल्लाह लगायतका कामहरू गर्दै अगाडि बढेको पाईन्छ । विभिन्न समस्या चुनाती र सम्भावनाहरूको बीच यहि मिति २०७४–०९–२२ गते शनिबार महासंघको आठौ साधारणसभा कास्की जिल्लाको पोखरामा हुन गइरहेको छ । नेपाल भरका सबै विद्युतीय व्यवसायीहरू एकै ठाउँमा जम्मा हुने उक्त साधारण सभामा कार्यक्रममा सकारात्मक सोचाईका साथ सबै व्यवसायीहरूको हितका लागि निर्णय हुन जरुरी देखिन्छ । जस्तै विद्युतीय तार लगायत विद्युतीय सामानहरूको मुल्य मा एकरुपता न्यून बिजकिकरण को बारेमा सबै पक्ष सँग छलफल गरि सकारात्मक निर्णय गरि कार्यान्वयन गर्नु जरुरी देखिन्छ । 
 महासंघ बढि काठमाडौमा मात्र केन्द्रित नभई सम्पूर्ण जिल्ला नगर तथा संघहरूलाई समान ढंगले समेट्दै संघका हितमा कार्य गर्नु पर्र्नेे देखिन्छ । साथै निर्वाचन प्रणालीलाई पनि सुधार गरि सबै जिल्लाको प्रतिनिधित्व गरि प्राथमिकता दिने, महासंघको बैठक सबै जिल्लामा पालैपालो बस्ने उपाध्यक्ष स्वतह अध्यक्ष हुने लगायतका निर्णय गर्ने, संघिय संरचना अनुसार आफुलाई ढाल्दै अगाडि बढ्नु पर्ने चुनौती पनि रहेको छ । अन्तमा जिल्लाका सम्पूर्ण व्यवसायीहरू संलग्न भई पोखरामा हुन गईरहेको महासंघको साधरण सभाले राम्रो र दीर्घकालिन रुपमा प्रभाव पार्ने निर्णयहरू व्यवसायीहरूको पक्षमा रहन सकियोस् भन्ने कामना गर्दछौ । 

प्रतिक्रिया