भर्खरै

 जिल्ला संघको विस्तार हुनु पर्दछ

  • प्रकाशित मिति : Thu-11-Jan-2018
  • - प्रकाश चन्द्र पाण्डेय अध्यक्षः रुपन्देही विद्युतीय व्यवसायी संघ, वुटवल
title

हाल सम्म १९ ओटा जिल्लाहरूका विद्युत व्यवसायी संघहरूको संयुक्त संगठन विद्युतीय व्यवसायी महासंघ, विद्युत व्यवसायीहरूको हक हितका लागि कार्य गर्दै आएको नेपालको एक मात्र संघ हो । नेपालमा विद्युत व्यवसायीहरूको अवस्था, व्यवसायीहरूको माग, आवश्यकतालाई मध्यनजर गर्दै व्यवसायीहरूको हक अधिकारका पक्षमा आवाज उठाउने कार्य महासंघले गर्दै आएको छ । 
विद्युत व्यवसायीहरूको व्यवसायिक प्रर्वद्धन, विकास, विद्युतीय सामाग्रीहरूको गुणस्तर, उपभोक्ताको माग लगायतका क्षेत्रमा महासंघले कार्य गर्दै आएको छ । विद्युतीय व्यवसायीहरूको आवाज सरकार सम्म पुर्याउने एक माध्यम महासंघ हो । महासंघ आफैमा एउटा प्रतिष्ठित संस्था हुँदा हुँदै पनि यस संस्थाका केही कमजोर पक्षहरू रहेका छन् । जसले गर्दा व्यवसायीहरूमा आफ्नो हक अधिकारको संरक्षण उचित ढंगले हुननसेको हो कि भन्ने भान पर्न गएको छ । काठमाण्डौँ जिल्लामा कार्यालय रहेको महासंघ, नेपालभरका सबै जिल्लामा पुग्न सकेको छैन, महासंघ नितान्त काठमाण्डौमा मात्र केन्दित भएको देखिन्छ । महासंघका जति पनि गतिविधिहरू छन् ति सबै प्राय काठमाण्डौमा र केहि महासंघमा आबद्ध जिल्ला संघ तथा नगर संघमा सीमित भएको देखिन्छ । त्यसैले उपत्यका बाहिर जिल्लाका व्यवसायीहरू पछि पर्दै गएका छन् । त्यस्तै महासंघमा हाल सम्म देशभरका १९ जिल्ला तथा नगर संघहरू मात्र आबद्ध रहेका छन् । यसले गर्दा व्यवसायीहरूका लागि महासंघले के कस्ता कार्य गर्यो भन्ने कुराका निर्णयहरू सम्पूर्ण जिल्लाका व्यवसायीहरू सम्म नपुग्ने हुँदा व्यवसायीहरू मारमा पर्ने गरेका छन् तसर्थ महासंघले जिल्ला तथा नगर संघ सदस्यता बढाउनु पर्ने देखिन्छ । महासंघले प्रतिनिधि शुल्क बढाएर ३०० रुपैयाँ कायम गरेको जिल्ला संघ र नगर संघलाई पत्रमा जानकारी गराइएको छ । तर नेपाल विद्युतीय व्यवसायी महासंघको विधानको परिछेदन ३÷६,क मा उल्लेख भए अनुसार महासंघको नवीकरण तोकिए बमोजिम हुने छ भनिएता पनि कार्यसमितिले तोकिएको कुनै पनि एजेण्डा साधारण सभा बाट अनुमोदन गर्नु पर्ने देखिन्छ ।। अब का दिनमा पनि विधान बमोजिम नै सदस्यता शुल्क बढाएर काम गर्नु पर्ने आवश्यक देखिन्छ । यो शुल्क बढाउनु आवश्यकता त हो तर यो साधारण सभाबाट पारीत गराएर बढाउँदा उपयुक्त हुने थियो । त्यस्तै महासंघले नेपालमा गुणस्तर चिन्ह कायम भएका आईएसओ,सिई प्राप्त गरेका विद्युतीय सामाग्रीको आयात तथा बजार विस्तारमा जोड दिनु आवश्यक देखिन्छ । जस्तैः विद्युतीय सामाग्री मध्ये तारमा प्रत्येक मिटरमा मिटरीनर कम्पनीको नाम, नेपालमा उत्पादित सामानमा कम्पनीको नाम उल्लेख गर्न कम्पनीहरूलाई विशेष जोड दिनु पर्ने देखिन्छ । साथै अन्डर बिलिन को जुन समस्या रहेको छ यसको समाधानमा पनि महासंघले विशेष जोड दिनु पर्दछ । साथै पूर्व मेचि देखि पश्तिम महाकाली सम्म बोर्डर साईडको व्यवसायीको पनि हक हितका लागि भन्सार चुहावट रोक्नका लागि महासंघबाट जिल्ला संघ तथा नगर संघलाई पनि विशेष ध्यान दिनु पर्ने देखिन्छ । नेपाल विद्युतीय व्यवसायी महासंघको पोखरामा हुँदै गरेको आठौ वार्षिक साधारण सभा भव्य र सभ्य रुपमा सफल होस यो नै हाम्रो रुपन्देही विद्युतीय व्यवसायी संघ तथा मेरो व्यक्ति गत तर्फबाट हार्दिक अग्रिम शुभकामना व्यक्त गर्दछु । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago