भर्खरै

सरकारले व्यवसायीहरूलाई व्यवसायिक अभिवृद्धि सम्बन्धि तालिम दिनु आवश्यक छ 

  • प्रकाशित मिति : Thu-11-Jan-2018
  • - मोहन रत्न शाक्य संस्थापक अध्यक्ष,पोखरा इलेक्ट्रिकल एशोसिएसन
title

लामो समय देखि विद्युतीय व्यवसायमा आवद्ध रहदै आउनु भएका पोखरा इलेक्ट्रिकल एशोसियशनको संस्थापक अध्यक्ष मोहन रत्न शाक्य सँग पोखरा इलेक्ट्रिकल एशोसिएशनको स्थापना काल देखि हाल सम्मको अवस्था, संघले झेल्नुपरेको समस्या, संघ विस्तारका क्रममा भोग्नु परेको समस्या, विद्युत व्यवसायीहरूको अवस्था, महासंले गर्नु पर्ने कार्य आदिका सन्र्दभमा विद्युत संसारका भीमलाल श्रेष्ठले गरेको कुराकानीको केही अंश ः

पोखरा इलेक्ट्रिकल एसोसिएशनको स्थापना कहिले र कसरी गर्नुभयोे ? यसको बारे बताईदिनुहोस् न । 

पोखरामा वि.स २०२५ सालमा पहिलो पटक बिजुली आएको हो । त्यस समयमा यो नितान्त बेग्लै र नौलो विषय रहेको थियो । विद्युत आएपछि विद्युतीय सामाग्रीहरूको व्यापार व्यवसाय हुन थाल्यो जुन नेपाली समाजका लागि नयाँ व्यवसाय रहेको थियो । वि.स २०२८ सालमा आफ्नो अध्ययन पुरा गरी मैले नयाँ व्यवसायलाई प्राथमिकता दिदै विद्युतीय सामाग्रीहरूको व्यवसाय प्रारम्भ गरे । मैले अध्ययन गरेको विषय र व्यवसाय अलग भएका कारण विद्युतीय सामाग्रीहरू सँग सम्बन्धित विभिन्न पुस्तकहरूको स्वध्यान गरी यस विषयमा ज्ञान हासिल गरे । वि.स २०२९ साल सम्म पोखरामा विद्युतीय सामाग्रीहरूको आयात प्लेनबाट गर्ने गर्दथे । पछि २०३० सालमा काठमाण्डौ पोखरा जोड्ने कच्चि सडकको निर्माण भए पनि खासै प्रभावकारी हुन सकेको थिएन ।
वि.स २०५६ सालमा विद्युतीय व्यवसायी बढ्न थाल्यो । त्यस समय सम्म पोखरामा ७ जनाले विद्युती व्यवसाय सञ्चालन गरेको थियो । विद्युत व्यवसायीहरूको पनि संगठन हुनु पर्छ भन्ने उद्धेश्यका साथ मेरो अध्यक्षतामा वि.स २०५६ सालमा व्यवसायीहरू मिलि पोखरा इलेक्ट्रिकल एसोसिएशनको गठन गरेका हौ । स्थापना भएको लामो समय सम्म यस संस्थाले खासै प्रगति गर्न भने सकेन । संस्था स्थापना भएको लगभग ६, ७ वर्षको अवधिमा यस सँग सम्बन्धित व्यवसाय बढ्दै गयो र संस्थाको पनि प्रवद्र्धन हँुदै गयो । संस्था स्थापना भए देखि अहिले सम्मको अवस्थालाई हेर्ने हो भने धेरै परिर्वतन भईसकेको छ । 

विद्युतीय सामाग्रीहरूको व्यवसायमा पहिलो र अहिलेको अवस्थामा कस्तो अन्तर पाउनुहुन्छ ?

विद्युतीय सामाग्रीहरूको व्यवसायमा पहिलाको अवस्था र अहिलेको अवस्थामा हेर्ने हो भने धेरै नै अन्तर रहेको छ । विद्युत व्यवसायमा त्यस समयमा प्रतिस्पर्धा थिएन । यातायातको असुविधा भए पनि विद्युतीय सामाग्रीहरूको बजार राम्रो थियो । मुनाफा पनि राम्रो नै थियो तर अहिले बजार बढे सँगै व्यापार व्यवसाय खासै प्रभावकारी छैन । अहिले विद्युतीय सामाग्रीको बजारमा अस्वस्थ प्रतिस्पर्धा रहेको छ । विद्युतीय सामाग्रीहरूको ज्ञान नभएका सोझा साझा जनताहरूलाई बढी सामाग्रीमा बढी पैसा असुल्ने र थाहा पाएका ग्राहकहरूसँग कम मूल्यमा सामाग्रीहरू दिने जस्ता कुकृत्य पनि बढ्दै गएको छ । यस्ता व्यवहारको अन्त्य हुन जरुरी छ । जुन सामाग्रीको मूल्य जति हो त्यसको समान ढंगले बिक्री हुनु पर्दछ । त्यस्तै ग्राहकहरूलाई सधै गुणस्तर सामाग्री प्रदान गर्नु व्यवायीहरूको धर्म हो । व्यवसायीले ग्राहकहरूलाई कुनै पनि सामाग्रीको विस्तृत जानकारी दिनु पर्दछ ।

पोखरा इलेक्ट्रिकल एसोसिएशनलाई सरकारबाट कस्तो सहयोग आउने गरेको छ ?

हामी विद्युतीय व्यवसायीहरूलाई सरकारबाट त्यस्तो कुनै पनि सहयोग प्राप्त भएको छैन । हामी विद्युत व्यवसायीहरूको आर्थिक संकलनमा नै पोखरा इलेक्ट्रिकल एसोसिएशनको स्थापना गरेका हौँ । संघ स्थापनाका समयमा हामीलाई कार्यालय सञ्चालन गर्नका लागि विना शुल्क कोठा प्रदान गरिएको थियो भने काठमाण्डौबाट विद्युतीय सामाग्रीहरू पोखरामा आयात गर्दा ट्रान्सपोट सँग सहकार्य गरी प्रति कार्टुन पाँच रुपँैया दरले पोखरा विद्युतीय व्यवसायी संघलाई छुट्याउने गरेको थियो । यसरी केही विद्युतीय व्यवसायीहरूको सहकार्यमा सञ्चालन भएको विद्युतीय व्यवसायी संघ आजको यो स्थिति सम्म आईपुग्न सफल भएको छ । 

संघको प्रवद्र्धनका लागि के कस्ता कार्य गर्न आवश्यक देख्नु हुन्छ ?

हामी विद्युतीय व्यवसायीहरूको संयुक्त प्रयासमा स्थापना गरेको पोखरा इलेक्ट्रिकल एसोसिएशन सँग स्थापना काल देखि अहिले सम्म मेरो एउटै मात्र गुनासो रहेको छ, जुन अहिले सम्म पनि समाधान हुन सकेको छैन । एसोसिएशनमा आवद्ध सम्पूर्ण व्यवसायीहरूलाई वर्षको कम्तिमा दुई पटक व्यवसायिक प्रवद्र्धनका लागि साथै एसोसिएशनको स्तरोन्तीका लागि प्रशिक्षण तालिम प्रदान गर्नु पर्ने थियो तर हाल सम्म पुरा हुन सकेको छैन । यदि व्यवसायीहरूलाई संघ मार्फत तालिम प्रदान गर्ने हो भने व्यवसायीहरूको क्षमता अभिवृद्धि हुनका साथै संंघलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा व्यवसायीहरू सक्षम हुने थियो । 

व्यवसायी र इलेक्ट्रिसियनहरू बीच कस्तो सम्बन्ध हुनु पर्दछ ? यस सम्बन्धि यहाँको धारणा बताईदिनुहोस् न ।

व्यवसायी र इलेक्ट्रिसियन एक अर्काका परिपुरक जस्तै हुन् । विद्युतीय सामाग्री बिक्री गरी हामी उपभोक्तालाई सेवा दिने गर्दछौ भने विद्युतीय सामाग्रीहरूको जडान गरी उपभोक्तालाई सेवा दिने काम इलेक्ट्रिसियनहरूले गर्ने गर्दछ । तर कतिपय अस्वथामा इलेक्ट्रिसियनहरूले ग्राहकहरूलाई झुक्काएर सामानहरू बिक्री वितरण गर्ने, आवश्यक सामाग्री भन्दा बढी सामाग्रीको बिल गराई उपभोक्तालाई ठगी गर्ने जस्ता प्रवृत्तिहरू पनि पछिल्लो समयमा बढ्दै गएको छ । यसले गर्दा उपभोक्तामा इलेक्ट्रिसियनहरूको विश्वास घट्ने देखिन्छ तसर्थ यस प्रति इलेक्ट्रिसियनहरूले बेलैमा विचार पुर्याउनु पर्दछ । त्यस्तै इलेक्ट्रिसियनहरूले खपत गर्ने सामाग्रीहरूको सिफारीस व्यवसायीहरूले गरिदिनु पर्ने, सामाग्रीहरूको बिक्री गर्दा पनि ग्राहकहरूलाई भन्दा बढी इलेक्ट्रिसियनहरूलाई प्राथमिकता दिनु पर्ने जस्ता विषय भने त्यति चित्त बुझ्दो छ जस्तो मलाई लाग्दैन । 

व्यवसायीहरूको हक हितका लागि सरकारले के कस्ता कार्य गर्नु पर्ला ?

नेपालमा विद्युतीय समाग्रीहरूको व्यवसाय गर्ने व्यवसायीहरू कति छन् त्यसको रेकर्ड सरकार सँग छैन भने व्यवसायिक हक हितका लागि सरकारले खासै चासो समेत दिएको छैन । व्यवसायिक हकहितका लागि सरकारले सबै भन्दा पहिला टेक्निकल इन्टिच्युट स्थापना गरी व्यवसायीहरूलाई व्यवसायिक अभिवृद्धि सम्बन्धि तालिम दिनु आवश्यक छ । त्यस्तै नेपालमा विभिन्न मुलुकहरूबाट विद्युतीय सामाग्रीहरूको आयात हुने गर्दछ । नेपालमा आयात हुने जति पनि विद्युतीय सामाग्रीहरू छन् ति सबै सामाग्रीहरू गुणस्तरयुक्त हुन्छन् भन्ने छैन । यसका लागि सरकारले प्रयोगशालाको व्यवस्था गर्नु पर्दछ । 

नेपाल विद्युतीय व्यवसायी महासंघले जिल्ला संघहरूलाई कस्तो अभिभावकत्वको भूमिका निर्वाह गर्नु पर्छ जस्तो लाग्छ ?

नेपाल विद्युतीय व्यवसायी महासंघ सम्पूर्ण जिल्ला संघहरूको छाता संगठन हो । महासंघले कुनै एउटा जिल्ला संघलाई मात्र महत्व दिएर एउटा संघको लागि मात्र काम भने गर्नु हुदैन । सबै जिल्ला संघहरूलाई समान ढंगले व्यवहार गर्नु पर्दछ । त्यस्तै जिल्ला संघले गर्न नसकेका विषयहरूमा महासंघले साथ र सहयोग दिनु पर्दछ । अहिले बजारमा भईरहेको न्यूनविजिकरण, अधिक मूल्यमा सामाग्रीहरूको विक्रि गर्ने, सामानका मूल्यमा एकरुपता नहुनु जस्ता विषयमा महासंले ध्यान दिनु पर्दछ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्नु हुन्छ ?

व्यवसायीहरूले सामाग्रीको विक्रि वितरण गर्दा सधै गुणस्तरयुक्त सामाग्रीको बिक्री वितरण गर्नु पर्दछ । व्यवसायिले सम्पूर्ण उपभोक्ताहरूलाई समान व्यावहार गर्नुका साथै यर्थाथतालाई ध्यान दिन आग्रह गर्दछु । 

प्रतिक्रिया