भर्खरै

समुन्नत नेपाल ः आम नागरिकको चाहना 

  • प्रकाशित मिति : Wed-24-Oct-2018
  • - राम प्रसाद पौडेल
title

मुलुक संक्रमणकाल पार गर्दै अग्रगमनको यात्रामा बामे सरिरहेको छ । स्थानिय तह देखि केन्द्रिय निकायको निर्वाचन सम्पन्न भइसकेको छ । नयाँ नेपालको नयाँ इतिहास कोर्दै गणतन्त्र नेपालको संविधान कार्यान्वयनको प्रारम्भमा रहेको छ । राजनीतिक आन्दोलन बाट आक्रान्त भइसकेको यो मुलुकमा आर्थिक आन्दोलनको मार्ग खोज्न नेपाली जनताले आफूले चाहेको नेतृत्व चयन गरेर पठाइसकेका छन् । विगतमा पनि जनताले नेतृत्व चयन गरेर नै पठाएका थिए । तर जनआकांक्षा अनुसारको समृद्ध मूलूक आम नागरिकले हेर्न र अनुभव गर्न सकेका थिएनन् र छैनन् । भावी दिनहरूमा जनआकांक्षा अनुसारको समृद्ध मुलुक निमार्णको अपेक्षा लाई आगामी सरकारको मुल लक्ष्य रहोस् भन्ने चाहना आम नागरिकमा छचल्किएको छ । 
 मुलुकको नयाँ संविधान कार्यान्वयनमा जार्दै गर्दा नातावाद,कृपावादले आश्रय नपाओस । गरिब निमुखाको जीवनस्तर उठाउन सक्ने प्रकारको अर्थ व्यवस्था रहोस् । औद्योगिक विकासले गति लिन सकोस् । आम नागरिकको क्षमता अनुसार को लगानी र राज्यको लगानीमा उद्योगहरू सञ्चालन हुन सकुन । विद्युतीय उत्पादन वितरण र गुणस्तरीय सामाग्रीको प्रयोग दक्ष प्राविधिक उत्पादन र रोजगार मुलुक शिक्षा र व्यवसायको सार्थक उन्नति को द्रुत योजना र कार्यान्वयन जल,जंगल र जडिबुटीको संरक्षण प्रर्वधन र उपयोग जस्ता विषयमा स्पष्ट परिणममुखी नीति र कार्यान्वयनको आवश्यकता टड्कारो देखिन्छ । मुलुक निमार्णको आधारशिला तयार गरेर विधिको शासन अनुशासित जनता र समृद्ध मुलुक निमार्ण गर्नका लागि जस्ता सुकै अप्ठ्याराहरूको सामना गर्नुपरे पनि सम्पूर्ण राजनितिक दलहरू एक ठाँउमा एक भएर उभिन सक्नुपर्दछ । 
 वैज्ञानिक कृषि प्रणाली छोटो सजिलो र सरल प्रकृया बाट आम कृषकहरूसम्म पुग्न सक्ने गरि लागु गरिनु पर्दछ । कृषि र उद्योग पर्यटन विकास, विद्युत उत्पादन लगायतका गम्भीर विषयमा राज्य विना आग्रह पूर्वाग्रह निरन्तर क्रियाशिल हुन सके मुलुकको विकास सम्भव छ । भ्रष्ट कर्मचारीलाई प्रोत्साहन न्यायलय मा राजनीतिकरण र सुरक्षा निकायहरूमा राजनितीकरण गरियो भने मुलुक जर्जर भएर जाने छ । पार्टी पार्टी बीचको सहकार्य सहमति र एकताको मार्गमा मुलुकलाई डोर्याउन सबैले दत्तचित्त भएर समृद्ध नेपालको खाका कोर्नु पर्दछ । अन्यथा कुनै दल नेता वा व्यक्ति विशेष कसैलाई पनि इतिहासले माफी गर्ने छैन । मुलुक निमार्ण गर्न गरिएको राजनितीक आन्दोलन पुरा भईसकेकाले अब विकाश निमार्णको विकल्प छैन । विधि र पद्धति लाई मान्ने र मान्न बाँध्य बनाउने उपाय राज्यले अबलम्वन गर्नु पर्दछ । गैर जिम्मेवार नागरिक र गैर जिम्मेवार नेतृत्वको विकाश गरिनु हुदैन । समयमा मै कानुनको पालना र विधिको शासन लागु गर्न चुक्नु हुँदैन । 
 विभिन्न बादका नाममा मुलुक लाई बन्धक बनाईनु हुदैन । समाजवादी साम्यवाद वा समाजवादी प्रजातन्त्रवादको स्पष्ट व्याख्या इमानदारीताका साथ देखाउनु पर्ने बखत आईसकेको छ । परिवर्तनको नाममा नयाँ नेपाल निमार्ण गर्ने नाममा जनमतको दुरुपयोग पनि नहोस् । कुनै पनि एकल सिद्धान्त ,विचार वा दर्शन धाराले समृद्धि प्राप्त हुन बन्न सक्दैन । तर वृहत हित सहमती सहकार्य र एकता बाट मात्र मुलुक समृद्ध बन्न सक्दछ । 
सत्य अहिंसा कर्म र दिगो विकासका लागि इमान्दार शासकको टडकारो आवश्यकता देखिन्छ । मुलुक निमार्णको आधार मुलुकको यातायात,स्वास्थ्य,शिक्षा,संस्कृति जस्ता पक्षहरूको उन्नतिको लागि गरिने कार्यको उत्तरदायित्व सबेै पक्षले निर्वाह गरिनु पर्दछ । निसर्त विकास निमार्ण को खाका कोरिनु पर्दछ । मुलुक निमार्ण को लागि दुरदर्शिता स्पष्ट अडान गन्तव्यमुखी नेतृत्व र असल नागरिक र सक्षम जनशक्तिको आवश्यकता पर्दछ ।
 मुलुकलाई समृद्ध बनाउन सचेत र दक्ष नागरिकको आम भूमिका हुन्छ । सचेत र दक्ष नागरिक निमार्णको लागि प्राविधिक शिक्षा र व्यवसायिक तालिम लाई उच्च प्राथमिकता दिइनु पर्दछ । यहाँ छोटा अवधिको तालिमको नाममा विकृतिहरू मौलाउँदै गएको छ । इभेन्टले प्रदान गर्ने गरेको छोटो अवधिको तालिममा भएको कागजी उपलब्धिलाई तालिम प्राप्त दक्ष नागरिक मान्दै जाने हो भने झन जोखिम हुने खतरा बढ्दै गएको देखिन्छ । अदक्ष नागरिकहरू दक्षको प्रमाणपत्र ग्रहण गर्ने र मुठ्ठीभर व्यक्तिहरूको ढुकुटी भरिने तितो यथार्थ हाम्रो सामु छर्लङ्ग छ । झोलामा तीन महिने प्रमाण पत्र बिक्री गर्ने बिक्रेता हरू बाट राज्य सचेत भएन भने नयाँ नेपालको खाका कोर्न मुलुक असमर्थ हुनेछ । 
 दिगो विकास र आर्थिक उन्नतिको लागि आवश्यक पूर्वाधार भनेकै नितिगत निर्णय र कार्यान्वयनको दृढ इच्छा शक्ति हो । आम नागरिकले मुलुक निमार्णका लागि अतुलनिय योगदान गर्न आतुर रहेका छन् । मुलुकका शाषक वर्गले समयमै अवसर र चुनौती लाई सुवर्ण अवसरमा कार्यान्वयन गर्नु वर्तमानको अपरिहार्य आवश्यकता हो । राणाहरू ले पनि जनताकै नाममा शासन गरे । ३० वर्ष पञ्चायति प्रजातन्त्रको नाममा निरंकुश व्यवस्था जनताकै नाममा गरियो । त्यसपछि पनि नागरिक सन्तुष्ट हुन सकेन । जन आन्दोलन भयो जुन आन्दोलनले राजाका अधिकार कटौति गरि बहुदलीय प्रजातान्त्रीक व्यवस्था लागू भयो । यसमा पनि राजनितिक दल र नेतृत्वले मुलुकको हीतमा कार्य गर्न सफल भएन । दोश्रो जनआन्दोलन भएर लामो इतिहास बोकेको राजतन्त्र को पनि अन्त्य भयो र मुलुकमा गणतन्त्र स्थापना भयो । 
नयाँ संविधान सभा निमार्ण गर्यो । विभिन्न अप्ठ्याराहरूका बाबजुद संविधान जारी भई नयाँ निर्वाचन सम्पन्न भयो । अब राजनितिक आन्दोलन समाप्त भएको छ । सबै पार्टीहरू,दलहरू मिलेर मुलुक समृद्ध बनाउने वृहत्तर हीतमा लाग्दै सकारात्मक युग प्रारम्भ गर्नै पर्ने आवश्यकता भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 9 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago