भर्खरै

“सरकारले नेपालमा नै शिक्षा लिने  वातावरण तयार गरिदिनु पर्दछ” 

  • प्रकाशित मिति : Wed-24-Jan-2018
  • - यम नारायण घिमिरे  शिक्षा मन्त्रालयका उपसचिव
title

लामो समय देखि शिक्षा पेशामा आवद्ध रहि विद्ययालय निरिक्षक सेवा बाट प्रवेश गरी शिक्षा मन्त्रालयका उपसचिव हुनु भएका श्री यम नारायण घिमिरे सँग नेपालमा शिक्षाको अवस्था, वैदेशिक शिक्षा प्रति विद्यार्थीको आर्कषण, प्राविधिक शिक्षाको अवस्था लगायतका विषयमा विद्युत संसार साप्ताहिकका प्रधान सम्पादक राम प्रसाद पौडेलले गरेको कुराकानीको केही अंश ः


नेपालबाट वार्षिक कति प्रतिशत विद्यार्थीहरू अध्ययनका लागि विदेशिने गर्दछन् ?

पछिल्लो समयमा वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूको संख्या तीव्र रुपमा बढ्दै गएको छ । आर्थिक वर्ष २०६९÷७० सालको तथ्याङकलाई हेर्ने हो भने वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूको संख्या १६ हजार ५ सय ४ जना रहेका थिए भने आ.व २०७३÷७४ मा वैदेशिक अध्ययनमा जाने विद्यायार्थीहरू संख्या बढेर ५० हजार ६ सय ५० जनाले आवेदन दिएका छन् । पाँच वर्षको अन्तरालमा वैदेशीक अध्ययनका लागि जाने विद्यार्थीहरूको संख्या निकै बढ्दै गएको छ । 

अध्ययनका लागि विद्यार्थीहरूको मूख्य आर्कषण कुन देशमा रहेको छ ?

 वि.स. २०७४ वैशाख १ गते देखि हाल सम्मको तथ्याङ्कलाई हेर्दा विद्ययार्थीहरूको अध्ययनको मूख्य आकर्षण अष्ट्रेलिया रहेको छ । वैशाख देखि हाल सम्म अष्ट्रेलिया जान चाहने विद्यार्थीको संख्या १९ हजार ७ सय ७७ जना, जापान जान चाहेन ६ हजार २ सय ८९ जना, अमेरिका जान चाहने २ हजार २ सय ९९ जना, भारत जान चाहने १३ सय ५६ जना, चीन १३ सय ५५ जना, पोल्याण्ड १ हजार ९५ जना , क्यानडा ७ सय ५५ जना, दक्षिण कोरिया ७ सय १ जना, साइप्रस ५ सय ५२ जना र जर्मन जान चाहने ४ सय ९४ जना विद्यार्थीहरूले अवेदन दिएका छन् तर आवेदन दिएका सबै विद्यार्थीहरू अध्ययनका लागि गएका छन् भन्ने चाँहीनहुन सक्छ । 

विद्यार्थीहरू विदेश गएर युनिर्भसिटि परिर्वतन गर्ने र नेपालमा नो अब्जेक्सन लेटर लिन आउने परम्परा प्रति तपाईको कस्तो धारणा रहेको छ ?

नेपालबाट अध्ययनका लागि विदेशीने धेरै जसो विद्ययार्थीहरू आफ्नो अध्ययनसँगै रोजगारीलाई पनि निरन्तरता दिन चाहन्छन् । विद्यर्थीहरू रोजगारीको शिलसिलामा बसाई सर्ने, युनिर्भसिट परिर्वन गर्ने गर्दछन् । हामीले उनीहरूको चाहना अनुसार नै युनिर्भसिटि पविर्तन गरे पनि युनिर्भसिटिको आई – २० आधारमा अनुमति पत्र प्रदान गर्दै आएका छौ । 

विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूको संख्या वर्षेनी वृद्धि हुनुको प्रमुख कारण के होला ?

पछिल्लो समयमा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूको संख्यात्मक वृद्धि हुदै गएको छ । विदेशमा रोजगारीको अवसर प्राप्त हुनुका साथै नेपालमा भन्दा गुणस्तरीय अध्ययन विदेशमा हुन्छ भन्ने धारणाका कारण विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूको संख्यामा वृद्धि भएको हो । यसरी वर्षेनी विद्यार्थीहरू विदेशीने संख्यामा वृद्धि हुनु प्रति शैक्षिक युनिर्भसिट, शिक्षा मन्त्रालयले विशेष ध्यान पुर्याउनु पर्दछ । तर नेपालमा अध्ययनरत विद्यार्थीहरूको तुलनामा विदेशिने विद्यार्थीहरूको संख्या भने निकै न्यून रहेको छ । 

संघिय संरचना अनुसार देशमा शिक्षा मन्त्रालय रहदैन भन्ने सुनिएको छ, के यो सत्य हो ?

देशको नयाँ संरचना अनुसार शिक्षा मन्त्रालय रहदैन भन्ने विषयमा पटक पटक कुरा उठ्दै आएको हो । नयाँ संरचना अनुसार शिक्षा मन्त्रालय नरहे पनि शैक्षिक व्यवस्थापनका लागि सञ्चार मन्त्रालयमा शिक्षा लाई आवद्ध गराउने कुराहरू पनि उठ्दै आएको छ । हरेक प्रदेशमा शिक्षा मन्त्रालय नरहे पनि सामाजिक कार्य गर्ने विभिन्न मन्त्रालय तथा संघमा शिक्षालाई आवद्ध गराई शिक्षा सम्बन्धी कार्य गर्ने योजना रहेको छ । त्यस्तै माध्यमिक तह सम्मको शिक्षा स्थानिय तहबाट नै प्रदान गरे पनि उच्च शिक्षाका लागि भने केन्द्रिय निकायबाट नै पहल गर्नु पर्दछ । 

अध्ययनका लागि विदेशीने विद्यार्थीहरू नेपाल फर्किएका छन् त ?

नेपाल बाट विदेशीने विद्यार्थीहरूको संख्याको तथ्याङक शिक्षा मन्त्रालयले राख्ने गरेको भए पनि विदेशबाट अध्ययन पछि नेपाल फर्किने विद्यार्थीहरूको तथ्याङक मन्त्रालयले राख्ने गरेको छैन तर अहिले सम्मको अवस्थालाई हेर्ने हो भने नेपालमा आफुले लिएको शिक्षा अनुसार रोजगारीको प्रबन्ध नभएको हुदा तथा उच्च शिक्षाको व्यवस्था नभएको हुदाँ विदेश अध्ययनका लागि जाने जति पनि विद्यर्थीहरू छन् कम मात्रामा नेपाल फर्किने गर्दछन् । अध्ययनका लागि गएका विद्यार्थीहरू थप अध्ययनका लागि तथा रोजगारीका लागि अनुमतिपत्र लिन आउने गर्दछन् । 

मन्त्रालयमा अनुमति पत्र लिन आउने विद्यार्थीहरू कत्तिको अनुसाशित देख्नु हुन्छ ?

स्वभावैले विद्यार्थीहरू अनुसाशित नै हुन्छन् । एकाधले कागजाज नपुगेको अवस्थामा हामीले अनुमति पत्र प्रदान नगर्दा उदण्ड व्यवहार पनि प्रस्तुत गर्ने गर्दछन् । तर हाल सम्म खासै विद्यार्थीहरू अनुमति पत्र लिन आउँदा अनुशासन हिन भएको देखिदैन ।

अनुमति पत्र दिने क्रममा राजनीतिक दबाब कत्तिको आउने गर्दछ ?

अनुमति पत्र लिने क्रममा कतिपय कागजातहरू नपुगेको अवस्थामा शिक्षा संगठन, विद्यार्थी संगठन बाट अनुरोध आउने गर्दछ । हामीले गर्न सक्ने, हुन सक्ने काम हामीले गर्छौ तर नियम कानुन भन्दा बाहिर गएर हामीले कुनै कार्य गरेका छैनौ । हामीले गर्न नसक्ने काम का बारेमा सुझाव सल्लाह दिने गरेका छौ । 

प्राविधिक शिक्षा प्रति विद्यार्थीहरूको आर्कषण कत्तिको रहेको छ ?

प्राविधिक शिक्षा प्रति विद्यार्थीको आर्कषण बढ्दो नै रहेको छ । नर्सिङ, इन्जिनियरीङ, कृषि जस्ता प्राविधिक विषयमा अध्ययन गर्न जाने विद्यर्थीहरूको संख्या बढी रहेको छ । अष्टे«लिय, बङ्गलादेश, फिलिपिन्स, युरोप, अमेिरका आदि देशहरूमा प्राविधिक शिक्षा लिन विद्यार्थीहरू जाने गर्दछन् । प्राविधिक शिक्षा पढ्न इच्छुक विद्यार्थीहरूलाई नेपालमा नै सरकारले प्राविधिक शिक्षाको वातावरण तयार गर्न सके अझै बढी प्रभावकारी हुने थियो । 

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

हाल नेपाल बाट वैदेशीक अध्ययनका लागि जाने विद्यार्थीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यसरी वर्षै पिच्छे नेपालका जनशक्तिहरू बाहिर जाने हो भने नेपालले विकासको गति प्राप्त गर्न सक्दैन तसर्थ जुन सुकै विधामा शिक्षा लिन चाहने विद्यार्थीहरूका लागि नेपाल सरकारले नेपालमा नै शिक्षा लिने वातावरण तयार गर्नु पर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago