भर्खरै

अनलाइन तथा इन्टरनेटको दुरुपयोग नगरौं 

  • प्रकाशित मिति : Wed-21-Feb-2018
  • - प्रदिप श्रेष्ठ
title

इन्टरनेट, कम्प्युटर विद्युतीय प्रविधि अन्र्तगत विकास भएको एक विश्वव्यापी सञ्जालहरूको समुह हो । यसको माध्यम बाट नै संसार भरि जुनसुकै ठाँउहरूमा पनि सुचना आदान प्रदान गर्न इन्टरनेट को प्रयोग गरिन्छ । अहिले सुचना प्रविधि २१ औं शताब्दी को सबभन्दा लोकप्रिय सम्पर्कको साधन बनेको छ । सुचना प्रविधि तथा इन्टरनेटको आविष्कर सन १९९५ मा आएर व्यवसायिकरण भई पूर्णरुपमा सञ्चालन गरिएको थियो । 
टिम बेर्नेर्स ली (क्ष्च त्ष्m द्यभचलभचक(ीभभ) ले यस सुचना प्रविधिको सामाजिक सञ्जालको सञ्चालन पहिलो पटक ल्याएका थिए । अहिलेको २१ औं शताब्दीमा सुचना प्रविधि तथा इन्टरनेटको पहुँच विश्वभर अत्याधिक मात्रामा बढिरहेको छ । इन्टरनेट आजको समयमा हामी मानव जीवनको आवश्यकता पूर्ति गर्ने पहिलो र बलियो आधार नैै बनिसकेको छ । यसकै माध्यमबाट घरमै बसि संसारभर भए गरेका सत्य तथ्य घटनाहरूको अनलाइन तथा जानकारी सुन्न र देख्न सक्ने एक मात्र माध्यम इन्टरनेट हो । इन्टरनेट विना कुनै पनि अफिसियल ,बैकिङ कारोवार जस्ता कार्यहरूको पुरा गर्न सकिदैन । नेपालमा पनि इन्टरनेटको पहुँच दिन प्रतिदिन बढ्दै गएकोले यस सुचना प्रविधिको प्रयोगकर्ताहरू पनि बढिरहेको छ । त्यसैले सुचना प्रविधिको विकासलाई सहि तरिका बाट प्रयोग गरी सदुपयोग गरौ यसको दुरुपयोग नगरौ र गर्नबाट रोकौं । 
 यस सुचना प्रविधिका लागि अनलाइन इन्टरनेटको प्रयोग बढे सँगै विभिन्न किसिमका सेवा सुविधाहरू उपभोक्ताहरूले उपभोग गरिरहन पाएका छन् । इन्टरनेटको सहि प्रयोग गरेमा यसबाट धेरै लाभ पनि लिन सकिन्छ । सहि सदुपयोग गर्न सके संसारका जुनसुकै ठाँउमा रहेर पनि विभिन्न किसिमका मानवको इच्छा र आवश्यकताहरू पुरा गर्न सकिन्छ । हाल फेसबुक, भाइबर, इमो, इन्स्टाग्राम, ट्वीट जस्ता थुप्रै सामाजिक सञ्जालहरूको विकास भईरहेको छ । यसकै माध्यमबाट विभिन्न ठाँउमा रहेको जुनसुकै ठाउँेको मानिसहरू सँग परिचयात्मक कार्य भई व्यापार व्यवसाय पनि गर्न सकिन्छ । यो सुचना प्रविधिको विकासले धेरै फाइदा पुगे युट्युबका माध्यबाट घरमानै  वसि आर्थिक आर्जन गर्न समेत सिकन्छ यद्यपी इन्टरनेटका माध्यमबाट साइबर क्राइम जस्ता ठुला अपराधिक क्रियाकलाप र विभिन्न किसिमका विकृति विसंगतिहरू पनि सँगै बढिरहेको पाइन्छ । यो सबै अनलाइन इन्टरनेटको दुरुपयोग हो । सेवा सुविधाको उपभोग गर्ने क्रममा इन्टरनेटको पहुँच अत्यधिक बढेसँगै यसको असर धेरै बालबालिकाहरू माथि पर्न गएको देखिन्छ । 
करिव ७३ प्रतिशत शहरी तथा पहाडी क्षेत्रका इन्टरनेटको पहँुच पुगेको ठाँउका बालबालिकामा यसको असर देखिएको छ । त्यसैले अनलाइन इन्टरनेट पुगेको ठाँउको बालबालिकाहरू उच्च जोखिममा परिरहेका छन् । ४१ प्रतिशत बालबालिकाले दिनमा ३० देखि कम्तीमा पनि ४ घण्टा अनलाइन इन्टरनेटमा समय बिताउछन् । 
विभिन्न किसिमका अश्लील फोटो तथा भिडियोहरू हेर्ने, अरुसँग माग्ने, पठाउने अनावश्यक भेट्न बोलाउने जस्ता दुव्र्यवहार बालबालिकाहरूले खेपिरहनु परेको देखिन्छ । संविधानको मौलिक हक अनुसार बालबालिका माथि हुने गरेको यो दुव्र्यवहार लाई सरकारले तत्कालै हटाउन कदम अगाडि बढाउनु पर्ने देखिन्छ । अनलाइन तथा इन्टरनेटको सहि सदुपयोग प्रयोग गर्न नजान्दा अपरिचित व्यक्तिबाट बालबालिका तथा युवायुवतीहरू यौन शोषण जस्ता जघन्य दुव्र्यवहारहरू खेप्ने गरेका छन् । इन्टरनेटकै माध्यम बाट विकृतिहरूको देखासिकी गर्ने एउटा माध्यम पनि बनेको छ । 
यसको मुख्य शिकार बढि मात्रामा यस्ता बालबालिकाहरू पर्ने गरेका छन् जुन बालबच्चाहरू जसलाइ आफ्नो कामकाजले बच्चालाई समय दिन या पु¥याउन सक्दैन । किनकी बेफुर्सदीको कारण बच्चालाई उनको चाहना अनुसारको मोबाइल, ट्याब र ल्यापटपजस्ता सामग्री किनिदिने गरेका हुन्छन् । 
तीनमा बालबालिकाहरूले गेम खेल्न, च्याट गर्न, गीत सुन्न स्कुलको गृहकार्य गर्न इन्टरनेट चलाउने जस्ता क्रियाकलाप गर्ने गर्दछ । तर ती सामग्रीको सदुपयोग वा दुरुपयोग गरेकोबारे अभिभावकले चासो नदिँदा उनीहरू अनलाइन यौनहिंसा जस्ता थुप्रै समस्याका शिकार बनिरहेको छ । यस्ता किसिमका क्राइम गर्ने व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउनु पर्दछ । त्यस्ता व्यक्तिलाई सक्दो छिटो कारवाही नगरे ठूला ठुला अपराधिक घटनाहरू बढ्न जान्छ । 
 यसरी बढ्दै गइरहेको विकृतिहरूलाई हटाउन सरकारले हाल सम्म कुनै पनि प्रकृयाहरू अपनाइएको पाइदैन । सरकारले यसरी भित्रिदै गइरहेको विकृति विसंगति प्रति मौन रहेकै कारण ठुला अपराधिक घटनाहरू घट्ने गरेको हो । त्यस्तै विद्युतीय कारोवार ऐन २०६३ अनुसार सामाजिक सञ्जालमा एक व्यक्तिको नाम र फोटोको प्रोफाइल बनाई गाली बेइज्जत गर्ने,दुख दिने ,इमेल मार्फत धम्काउने रकम माग गर्ने जस्ता अपराधिक क्रियाकलापमा संलग्न हुने लाई जरिवाना र आजिवन कैदको सजायको व्यवस्था गर्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ । स–साना बालबालिका लाई मोवाइल फोन तथा इन्टरनेटको सम्भवत प्रयोग नदिने व्यवस्था सरकारले गर्नुपर्दछ । तब मात्र इन्टरनेटको दुरुपयोग गर्न सकिदैन । अब बन्ने नयाँ सरकारले इन्टरनेटको माध्यम बाट हुने÷गर्ने गरेको यस्ता सबै किसिमका क्राइमहरूको अन्त्य गर्न सरकारले छुट्टै निती नियमको व्यवस्था गरी कडाइका साथ लागु गर्न तत्पर रहनु पर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 12 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 17 hours ago