भर्खरै

बिजुली, विल्डिङ्ग ईलेक्ट्रिसियनको महत्व अवसर र चुनौती 

  • प्रकाशित मिति : Wed-28-Feb-2018
  • - केदारनाथ नेपाल (निश्चल)
title

पानीको बहावमा रहेको गति शक्तिलाई प्रयोग गरि उत्पादन गरिने विद्युतलाई जलविद्युत भनिन्छ। नेपालमा वि. स १९६८ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पहलमा बेलायतको सहयोगमा ५०० किलोवाटको फर्पिङ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन थालिएपछि विद्युत उत्पादन तथा विकासको क्रमले तिव्रता पाएको हो । विद्युतीय शक्तिको उत्पादनले सर्वसाधारणको जीवनलाई सहज बनाएको छ । तर, उत्पादित बिजुलीलाई सबैले प्रयोग गर्नसक्ने गरी सर्वसाधारणको घर, हाउजिङ र ठुलाठुला अपार्टमेन्टहरूमा बितरण गरी सुरक्षित तरिकाले प्रयोग गर्न सक्ने पनि बनाउन सक्नुपर्छ । त्यसको लागि बिजुली मेकानिक को आवश्यकता पर्छ जसलाई हामी ईलेक्ट्रिसियन भन्छौ ।


महत्व ः
आजको युगमा बिजुलीको एकदमै महत्व छ । सायद आजको आधुनिक युगमा बिजुली विनाको संसारको कल्पना पनी गर्न सकिदैन । संसारका वैज्ञानिक तवरबाट निर्माण गरिएका आधुनिक भनिएका जति पनि उपकरण छन् ति सबै बिजुलीको सहयोग बाटै चल्ने गर्छन् । जसको कारण सर्वसाधारणको दैनिकी पनि सहज भएको छ । आजका आम मानिसले दैनिक जीवनमा विद्युत शक्तिको उपयोग गर्ने गरेको कारण, विद्युतसँग सम्बन्धित सामान्य ज्ञान सबैले राख्नुपर्ने महत्व पनि उत्तिकै देख्न सकिन्छ । सामान्यतया सबैलाई विद्युतको ज्ञान पनि हुँदैन । विद्युतको सामान्य ज्ञान नहुँदा कुनै ठाउँमा विद्युत दुर्घटना हुनपुग्यो भने घटना स्थलमा तत्काल थप घटना हुन नदिन सबैलाई विद्युत सम्बन्धी सामान्य ज्ञान दिनुपर्ने मात्र होईन, एक टोल एक ईलेक्ट्रिसियनको अवधारणा अब आम मानिसको आवश्यकताको विषय नै बनिसकेको छ । त्यतिमात्र होइन बढ्दो सहरीकरणलाई व्यवस्थित बनाउदै आम मानिसका विद्युत उपयोग सम्बन्धी आवश्यकता पुरा गराउन पनि ईलेक्ट्रिसियन पेशाको ठुलो महत्व रहेको छ । र समाज जति आधुनिक र सुविधाभोगी बन्दै जान्छ ईलेक्ट्रिसियन पेशाको महत्व पनि त्यति नै बढ्दै जान्छ ।

अवसरः
कुनैपनि पेशा वा व्यवसायमा संलग्न भैसकेपछी अवसर तथा चुनौती दुवै सामना गरेर अघि बढ्न सक्नुपर्छ । चुनौतीको सामना गरेर अघि बढ्नु नै वास्तविक जीवन हो । नेपालको सन्दर्भमा ईलेक्ट्रिसियन पेशामा आवद्व व्यक्तिहरूलाई चुनौतीका बाबजुत अवसर पनि प्रशस्तै रहेको देखिन्छ । सीमीत व्यक्तिहरू मात्र दक्ष रहेको अवस्थामा विल्डिङ ईलेक्ट्रिसियनहरूलाई रोजगारीको ठुलो सम्भावना समेत रहेको छ । सरकारले ईलेक्ट्रिसियनहरूको लागि कुनै निती नियम नल्याएको अवस्थामा ईलेक्ट्रिसियनहरू संगठित भई पेशागत हकहित र सुरक्षाको लागि पेशागत संस्था सरकारी निकायमा दर्ता गरी वैधानिक तवरबाट आफ्नो संगठनमा आवद्ध व्यक्तिहरूलाई दक्ष बनाउने देखी लिएर संघ बाट इजाजत लिएका व्यक्तिहरूले मात्र हाउस वायरिङ्ग गर्न पाउने व्यवस्थाको साथै उनीहरूले गरेको कामको निश्चित समयको लागि बिमा समेत गराएर उपभोक्तालाई सुरक्षाको आभाष दिलाएर ईलेक्ट्रिसियनहरूले पनि राम्रो पारिश्रमिक हात पार्न सक्नुको साथै सबैको विश्वास जित्न सक्ने प्रचुर सम्भावना समेत औल्याउन सकिन्छ । त्यतिमात्र होईन संगठनकै माध्यमबाट निश्चित नियम बनाई त्यसकै आधारमा न्युनतम पारिश्रमिक तोकि आफ्नो भविष्यलाई ईलेक्ट्रिसियन पेशाकै माध्यमबाट सुरक्षित गर्न पनि सक्ने अवसर छ । बढ्दो सहरिकरण, अपार्टमेंट र हाउजिङ कम्पनी निर्माणले गर्दा बिल्डिङ्ग ईलेक्ट्रिसियन हरूलाई भविष्यमा रोजगारीको ठुलो अवसर छ ।

चुनौती ः 
 ईलेक्ट्रिसियन पेशामा जति अवसर छ त्यति नै चुनौती पनि रहेको छ । उनिहरूलाई सरकारी नितिकै कारण यस पेशामा बढि चुनौती रहेको देखिन्छ । सरकारी ऐन नबन्दा ईलेक्ट्रिसियनहरू मारमा परेका छन् । न्युनतम् पारिश्रमिक तोक्नको लागि ऐनको व्यवस्था नहुनु , श्रमिक बिमाको व्यवस्था नहुनु , स्किल टेस्ट नभएकाहरूले पनि काम गरी पेशाप्रतिको आम जनविश्वालाई धरापमा पार्ने कार्य गर्नु जस्ता समस्याहरू यस पेशामा रहेका छन् ।

पेशागत आचरण ः
कुनैपनि पेशामा आवद्ध भैसकेपछी पेशामा आवद्ध सबै व्यक्तिले आफ्नो पेशाको इज्जत र प्रतिष्ठा राख्नको लागि पेशागत आचरण कायम राख्नै पर्छ । अझ ईलेक्ट्रिसियन जस्तो जटिल र महत्वपूर्ण पेशा अपनाउने व्यक्तिले त पेशागत आचरणलाई उच्चतम् रुपमा व्यवहारमा लागु गर्नुपर्छ । ईलेक्ट्रिसियनहरूले आफुले निर्माण गरेको संगठन मार्फत आफ्ना सदस्यहरूलाई (अयमभ या अयलमगअत) आचारसंहिता निर्माण गरी लागु गराउन सक्नुपर्छ ।

पेशाको भविष्य
हाल नेपालमा उर्जाको माग १२०० ( १५०० मेगावाट रहेको छ । केहि विद्युतगृहबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लाईनमा थप हुदाँ अबको ५ वर्ष पछि ३२०० को हाराहारीमा बिजुली उत्पादन हुने सरकारी निकायको अनुमान छ । त्यस पश्चात् विद्युत उत्पादन क्रमशः बढ्दै जान्छ । नेपाल विकासोन्मुख राष्ट्र भएको कारण र अब बन्ने नेतृत्वको स्थायी सरकारले देशमा ठुला उद्योग धन्दाको स्थापना गर्ने आम जनविश्वास पनि रहेको छ । त्यतिमात्र होइन देशका मुख्य शहरहरूमा अपार्टमेंट निर्माण हुनेक्रम पनि तीव्ररुपमा बढिरहेको छ । बढ्दो शहरीकरण, उर्जा उत्पादन, युवाहरूको विदेश मोह लगायत कुराहरूले नेपालमा रहेर कामगर्ने ईलेक्ट्रिसियन हरूलाई रोजगारीको भविष्य उज्ज्वल रहेको देखाउँछ ।

प्रतिक्रिया