भर्खरै

 “हामीले जति गुणस्तरयुक्त सामग्रीहरु दिन सक्छौ  त्यति नै उपभोक्ताहरु हाम्रो प्रडक्ट प्रति विश्वास बढ्दछ”

  • प्रकाशित मिति : Wed-28-Feb-2018
  • - दिवाकर नगरकोटी सी.जी इलेक्ट्रोनिक्स प्रा.लि (ब्राण्ड म्यानेजर)
title

छोटो समयमा नै नेपालको औद्योगिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल चौधरी ग्रुप नेपालमा रहेका नीजि क्षेत्रका कम्पनीहरू मध्ये सबै भन्दा ठूलो कम्पनी हो । यस कम्पनी मार्फत घरायसी प्रयोजनका लागि प्रयोग गरिने विद्युतीय सामग्रीहरू, खाद्यान्न लगायत सिमेन्ट पनि उत्पादन गर्दै आएको छ । नेपालको नै प्रतिष्ठित कम्पनीका रुपमा रहेको यस कम्पनीले उत्पादन गर्दै आएका फ्रिज, राइसकुकर, पंखा, आइरन, माइक्रोओभन, वासिङ्ग मेसिन, टि.भि लगायतका आम उपभोक्ता माझ चितपरिचित रहेको छ । यसै सन्र्दभमा सि.जी. इलेक्ट्रोनिक्स प्रा.लिका  ब्राण्ड म्यानेजर दिवाकर नगरकोटी सँग नेपालमा सि.जी.  का प्रडक्टहरूको अवस्था, यसको गुणस्तर, नेपाल सरकारले नीजि क्षेत्रका कम्पनीहरूको लागि गर्नु पर्ने कार्य , सि.जी. ब्राण्डको भावी योजना लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः 


सि.जी ब्राण्डको बारेमा बताईदिनुहोस् न । 

नेपालको नै प्रमुख उद्योगका रुपमा रहेको सि.जी. ब्राण्डको स्थापना सन् १९८२ मा भएको हो । नेपाल र नेपाली बजारका लागि आवश्यक विभिन्न किसिमका प्रडक्टहरू यो ब्राण्डले बजारमा ल्याएको छ । होम अप्लायन्सका सम्पूर्ण सामग्रीहरू यस कम्पनीले उत्पादन गर्दै आएको छ । हाम्रा सम्पूर्ण प्रडक्टहरू विदेशी नभई स्वदेशी नै हुन् । हामीले नेपाली बजारको माग र आवश्यकतालाई मध्यनजर गर्दै हाम्रा प्रडक्टहरूको विस्तार गरिरहेका छौ । हाम्रो कम्पनी मार्फत विद्युतीय सामग्रीहरू उत्पादन गर्दै आएका छौ । सि जी ब्राण्ड नेपालको पुरानो र प्रतिष्ठित कम्पनी हो । 

सि.जी ब्राण्डले उत्पादन गर्दै आएका प्रडक्टहरूको बारेमा बताइदिनु होस् न ।

सि.जी ब्राण्डले घरायसी प्रयोजनका लागि प्रयोग हुने फ्रिज, राइसकुकर, पंखा, आइरन, माक्रोओभन,वासिङ्ग मेसिन, टि.भि जस्ता साना तथा ठूला घरायसी सामग्रीहरू उत्पादन गर्दै आएको छ । आफ्ना प्रडक्टहरू उत्पादनका समयमा नै सम्पूर्ण उपभोक्ताहरूको मन जित्न सफल भइसकेको सि.जी ब्राण्डले हालै टि.भीमा तीन वर्ष सम्मको वारेन्टी दिएको छ । जुन नेपालका अरु कुनै कम्पनीका टि.भी मा तीन वर्ष सम्मको वारेन्टी रहेको छैन । त्यस्तै हाम्रा अन्य प्रडक्टहरूमा भने न्यूनतम एक वर्ष देखि दुई वर्ष सम्मको वारेन्टी रहेको छ । हामीले हाम्रा प्रडक्टहरूमा केही वर्ष भित्र नै पाँच वर्ष सम्म वारेन्टी पुर्याउने हाम्रो लक्ष्य रहेको छ । 

नेपाल भर सि.जी ब्राण्डको डिलरको अवस्था कस्तो रहेको छ ?

नेपालभर पूर्व मेची देखि पश्चिम महाकाली सम्म हाम्रो चार सय भन्दा बढी डिलरहरू रहेका छन् । हामीले हाम्रो प्रडक्ट विस्तारका लागि सि.जी ब्राण्डका प्रडक्टहरू मात्र पाउने पसलहरूको पनि विस्तार गर्ने क्रममा छौ । हाम्रा प्रडक्टहरू मात्र पाउने पसलहरू हाल सम्म काठमाण्डौ को त्रिपुरेश्वर, सुर्खेत, धनगढी र तुल्सिपुर मा रहेको छ । हामीले आगामी दिनमा अझै हाम्रा डिलरहरू र पसलहरू अझै विस्तार गर्दै जाने योजनामा छौ । 

अहिलेको प्रतिस्पर्धि बजारमा आफ्ना प्रडक्टहरूको विस्तार कसरी गर्ने योजनामा हुनुहुन्छ ?

हामीले उपभोक्ताहरूलाई जति गुणस्तरयुक्त सामाग्रीहरू दिन सक्छौ त्यति नै हाम्रो उपभोक्ताहरू बढ्ने हो । हामीले अहिले सम्म उपभोक्ताहरूलाई गुणस्तरीय प्रडक्टहरू प्रदान गरेकै कारण हाम्रो कम्पनी प्रति उपभोक्ताको विश्वास बढ्दो रहेको छ । अहिलेको प्रतिस्पर्धि बजारमा हाम्रा जस्तो प्रडक्टहरू उत्पादन गर्ने कम्पनीहरू प्रशस्तै रहेका छन् । अहिलेको प्रतिस्पर्धि बजारमा आफ्ना प्रडक्टहरू दीर्घकाल सम्म उपभोक्ता माझ स्थापित गराई राख्न निकै कठिन रहेको छ । सस्तो मूल्यमा गुणस्तरहिन सामग्रीहरू बिक्री वितरण गर्नु केही क्षणका लागि बजार ओगट्नु मात्र हो । आफ्ना प्रडक्टहरूलाई दीर्घकाल सम्म टिकाई राख्नका लागि गुणस्तरयुक्त सामग्रीहरू उपभोक्ता माझ पु्र्याउनु पर्दछ । हामीले गुणस्तरयुक्त प्रडक्टहरू उपभोक्तालाई प्रदान गर्दै आएका छौ । यदि हाम्रा प्रडक्टहरू बिग्रिएको खण्डमा हामीले उपभोक्तालाई होम सर्भिस पनि प्रदान गर्दै आएका छौ । त्यस्तै हामीले समय समयमा विभिन्न कार्यक्रमहरू गर्दै आएका छौ भने विभिन्न दैनिक पत्रपत्रिकाहरूमा विज्ञापन प्रदान गर्ने, हाम्रो आफ्नै अनलाईन माफर्त पनि सि.जि ब्राण्डको प्रोमसन गर्ने, होडिङ्ग बोर्ड लगाउने ,रोड सो कार्यक्रमहरू गर्ने एटिएल, विटिएल, टिटिएल, विभिन्न स्किमहरूको व्यवस्था, गर्ने जस्ता कार्यहरू पनि गर्दै आएका छौ । 

नीजि कम्पनीहरूको प्रगतिका लागि सरकारले कस्तो नीतिको व्यवस्था गरिनु पर्दछ ?

नेपालमा नीजि लगानीका कम्पनीहरू पछिल्लो समयमा बढ्दै गएको छ । जति धेरै कम्पनीहरू खुल्दै जान्छन् सरकारलाई त्यति नै फाईदा हुन्छ । यसो हुँदा सरकारले नीजि क्षेत्रका कम्पनीहरूलाई प्रोत्साहित गर्नु आवश्यक छ । कम्पनीहरूका समस्याको सम्बोधन गर्ने, कम्पनीका लागि आवश्यक सहयोग जुटाउन मदत गर्ने, उचित भन्सार दरको व्यवस्था गर्ने, नेपालमा नै उत्पादित प्रडक्टहरू लाई सरकारले प्रोत्साहन गर्ने जस्ता कार्यहरू सरकारले व्यवस्था गरिदिएको खण्डमा नीजि कम्पनीहरूको प्रवद्र्धन हुने थियो । 

यहाँको विचारमा उपभोक्ताले सि.जी ब्राण्डका प्रडक्टहरू नै किन प्रयोग गर्नुपर्ला ?

 उपभोक्ताले कुनै पनि सामग्रीहरू प्रयोग गर्दा सबै भन्दा पहिला गुणस्तरलाई ध्यान दिनु पर्दछ । हाम्रो कम्पनीद्धारा उत्पादित सम्पूर्ण सामग्रीहरू गुणस्तरयुक्त हुनुका साथै हाम्रो प्रडक्टहरूको मूल्य पनि नेपाली बजारमा अनुकुल रहेको छ । त्यस्तै हाम्रो जति पनि प्रडक्टहरू रहेका छन् ती प्रडक्टहरूको वारेन्टी पनि अन्य कम्पनीहरूको भन्दा बढी नै रहेको छ भने कुनै पनि सामग्रीहरू बिग्रिएको खण्डमा होम सर्भिसको व्यवस्था समेत रहेकोले उपभोक्ताहरूले सि.जी ब्राण्डकै प्रडक्ट प्रयोग गर्नुपर्ने जस्तो लाग्छ । त्यसैले उपभोक्ताले एक पटक हाम्रो कम्पनीका प्रडक्टहरू प्रयोग गरे पछि हाम्रै कम्पनीको प्रडक्टहरू मात्र प्रयोग गर्ने गर्दछन् । 

सि.जी ब्राण्डले आवश्यक कच्चा पदार्थहरू बढी मात्रामा कुन देशबाट आयात गर्ने गर्दछ ?

हामीले हाम्रो कम्पनीका लागि आवश्यक कच्चा पदार्थहरू बढीमा चीन र भारत बाट आयात गर्दै आएका छौ । चीनबाट कच्चा पदार्थ आयात गर्दा न्यून गुणस्तरको कच्चापदार्थहरू आयात हुन्छ भन्ने मान्याता आम उपभोक्ताको रहि आएको छ । तर चीन बाट आयात गरिने सम्पूर्ण सामग्रीहरू न्यून गुणस्तरको हुदैन । चीनमा एउटै कम्पनीका सामग्रीहरू पनि मूल्य हेरी गुणस्तर फरक हुने गर्दछ । हामीले कच्चा पदार्थ आयात गर्दा गुणस्तरयुक्त कच्चा पदार्थहरू नै आयात गर्दै आएका छौ । जसले गर्दा स्थापनाको लामो समय सम्म पनि हामीले उपभोक्ताको विश्वास जित्न सफल भएका छौ । 

 प्राविधिकहरूलाई सि.जी ब्राण्डले तालिमको व्यवस्था गरेको छ या छैन ?

 सि.जी ब्राण्डले आफ्ना प्राविधिकहरूलाई आवश्यकता अनुसार विभिन्न समय तालिम प्रदान गर्दै आएको छ । प्राविधिक तालिमका लागि हाम्रो छुट्टै एच. आर डिपार्ट रहेको छ । यस डिपार्ट मार्फत साना लेवलका प्राविधिक देखि ठूला लेवलका प्राविधिकहरूलाई तालिम प्रदान गर्ने गर्दछ । हाम्रो कार्ययोजना अनुसार प्राविधिकहरूलाई वर्षमा कति पटक तालिम प्रदान गर्नु पर्ने हो, सोही अनुसार तालिम सञ्चालन हुँदै आएको छ । 

विभिन्न मुलुक बाट सामग्रीहरू आयात गर्दा आयातित सामग्रीहरूमा विमाको व्यवस्था कस्तो रहेको छ ?

हामीले जति पनि सामग्रीहरू आयात गर्छाै ती सबै सामग्रीहरूमा विमा गरेका हुन्छौँ । हामीले उपभोक्ता सम्म आफ्ना प्रडक्टहरू पुर्याउदा त्यस सामग्रीको वारेन्टीको व्यवस्था गरेका हुन्छौ । यदि सामग्रीहरू वारेन्टी दिएको समय भन्दा अगाडि नै बिग्रिएको खण्डमा हामीले अर्को नयाँ सामग्री दिने गर्दछौ । 

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

सि.जी ब्राण्ड नेपालीको लगानीमा नेपालीहरूले नै निर्माण गरेका सामग्रीहरू बिक्रि वितरण गर्दै आएको छ । यसका प्रडक्टहरू गुणस्तरीय हुनुका साथै नेपाली पना पनि झल्कने गर्दछ । उपभोक्ताहरूले हाम्रा प्रडक्टहरूको गुणस्तर हेरेर नै प्रयोग गर्दै आएका छन् । यस पत्रिका मार्फत आम नेपाली उपभोक्ताहरू आफ्नै नेपाली प्रडक्टको प्रयोग गरी नेपाली प्रडक्टलाई प्रोत्साहन गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया