भर्खरै

“वायो ग्यासको माध्यमबाट स्वच्छ ऊर्जा प्रदान गर्नु संघको मूख्य लक्ष्य हो” 

  • प्रकाशित मिति : Wed-14-Mar-2018
  • - प्रकाश चन्द्र सुवेदी  सञ्चालकः प्रगति वायो इनर्जी प्रा .लि. तथा उपाध्यक्षः नेपाल वायो ग्यास प्रवद्र्धन संघ
title

प्रयोग गर्न सहज तथा मानव स्वास्थ्यका लागि स्वस्थबर्धक बायो ग्यास मानव उपयोगि ऊर्जा स्रोतको माध्यम हो । नेपालमा हाल सम्म करिव ४ लाख भन्दा बढी बायो ग्यास प्लाण्टहरू निर्माण भईसकेका छन् भने करिव एक करोड बराबर कार्वन व्यापार भई सकेको छ । यसै सन्र्दभमा नेपालमा बायो ग्यासको सम्भाव्यता, बायो ग्यास प्लाण्ट निर्माणमा सरकाले दिएको सुविधा,े वायो ग्यास प्रति उपभोक्ताको रुचि तथा नेपाल वायो ग्यास प्रवद्र्धन संघले वायो ग्यास प्रवद्र्धनमा पुर्याएको सहयोग, वायो ग्यास प्लाण्ट विस्तारका लागि संघले गरेको सहयोग आदिका विषयमा नेपाल वायो ग्यास प्रवद्र्धन संघका नवर्निवाचित उपाध्यक्ष तथा प्रगति वायो इनर्जी प्रा .लि का सञ्चालक प्रकाश चन्द्र सुवेदी सँग विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठलवे गरेको कुराकानीको केही अंश ः

 

प्रगति वायो इनर्जी प्रा.लि का बारेमा बताई दिनुहोस् न । 

प्रगति वायो इनर्जि प्रा.लि नवीकरणीय ऊर्जाको क्षेत्रमा कार्य गर्ने संस्था हो । वि.स २०५० सालमा स्थापना भएको यस प्रा.लि को पोखरामा कार्यालय रहेको छ । यस प्रा.लि मार्फत हाल सम्म देश भर २० हजार भन्दा बढी वायो ग्यास प्लाण्ट निर्माण गरिसकेको छ भने लघु जलविद्युत, सौर्य ऊर्जा लगायत नवीकरणीय ऊर्जा सँग सम्बन्धि कार्य पनि गर्दै आएको छ । 

नेपाल वायो ग्यास प्रवद्र्धन संघ को उपाध्यक्ष पदमा भर्खरै निर्वाचित हुनु भएको छ, यसलाई कसरी लिनु हुन्छ ?

नेपाल वायो ग्यास प्रवद्र्धन संघको विधान अनुसार यो निर्वाचन भएको हो । प्रजातान्त्रिक मूल्य मान्यता अनुसार भएको यो निर्वाचनमा देशभरका विभिन्न वायो ग्यास कम्पनीहरूका प्रतिनिधिहरूको अमूल्य मतले म उपाध्यक्ष पदमा निर्वाचित भएको छु । ५० प्रतिशत बढी अत्याधिक बहुमतले मलाई उपाध्यक्ष पदका लागि जिताउन मत दिनुहुने सबैलाई धन्यावाद दिन चाहन्छु । यो मेरो लागि एक सुनौलो अवसर हो । 

वायो ऊर्जा प्रवद्र्धन संघलाई आगामी दिनमा कसरी अगाडी बढाउने योजनामा हुनुहुन्छ ?

नेपाल वायो ग्यास ऊर्जा प्रवद्र्धन संघ स्थापित कम्पनीहरू द्धारा निर्माण गरिएको संघ हो । यसको स्थापना वि.स २०५१ सालमा भएको हो । यस संघको आफ्नै इतिहास रहेको छ । नेपाल भरका दुर्गम एवं पिछडिएका वर्ग तथा समुदायलाई लक्षित गरी त्यहाँका उपभोक्ताहरूलाई वायो ग्यासको माध्यमबाट स्वच्छ ऊर्जा प्रदान गर्नु यसको मूख्य लक्ष्य रहेको छ । उपभोक्ता तथा कम्पनीहरूलाई परेका समस्याहरूका विषयमा सरकार सँग समन्वय गर्ने, सरकारले उपभोक्ताहरू लाई प्रदान गर्दै आएको अनुदान रकमलाई निरन्तरता दिई राख्ने जस्ता विषयहरूमा अहिलेको नवर्निवाचित कमिटि लागि पर्ने छौ । वायो ऊर्जा सम्बन्धि उपभोक्ताको आवश्यकता, उनिहरूका हक अधिकारका विषयमा वकालत गर्ने छौ । 

वि.स २०७२ सालको भूकम्पले वायो ग्यास क्षेत्रमा कस्तो किसिमको असरहरू पुर्याएका छन् त ?

२०७२ सालको भूकम्पले भूकम्प प्रभावित जिल्लाका करिव ५० हजार भन्दा बढी निर्माणाधिन तथा निर्माण सम्पन्न प्लाण्टहरूमा क्षति पुर्याएको थियो । ती प्लाण्टहरू पूननिर्माणका लागि सरकार सँग हामीले लविङ गरी डबल अनुदान प्रदान गरेका छौ । त्यस्तै हामीले भूकम्प प्रभावित जिल्लाहरूमा वायोग्यास प्लाण्ट सहित भूकम्प प्रभावित घरहरू निर्माणका लागि सरकार सँग पैरवी गरिरहेका छौ । 

नेपाल वायो ग्यास प्रवद्र्धन संघको मूख्य भावी योजनाहरू के के रहेका छन् ?

नेपाल वायो ग्यास प्रवद्र्धन संघ ग्रामिण तथा दुर्गम क्षेत्रमा वायो ग्यासको पहुँच पुर्याउने उद्धेश्यका साथ स्थापना भएको हो । यस संघले उपभोक्ता तथा कम्पनीहरूको हक हितका लागि सरकारसँग पैरवी गर्ने, उपभोक्ताहरूका माग लाई सम्बोधन गर्ने, गुणस्तरयुक्त प्लाण्ट निर्माणका लागि पहल गर्ने, दातृ निकायहरूलाई पनि नेपालमा प्लाण्ट निर्माणका लागि अनुदान प्रदान गर्नका लाग पहल गर्ने र नेपालमा रहेको सम्भावित वायो ग्यास प्लाण्ट निर्माणमा जोड दिने जस्ता कार्यहरू गर्ने यस संघको भावी योजना रहेको छ । 

वायो ग्यास प्लाण्ट निर्माण सम्बन्धमा उपभोक्ताहरूलाई कसरी जानकारी प्रदान गरिदै आएको छ ?

 वायो ग्यास प्लाण्ट निर्माण सम्बन्धमा हामीले उपभोक्ताहरूलाइ दुई प्रकारबाट जानकारी प्रदान गर्दै आएका छौ । एउटा हाम्रो वार्षिक कार्ययोजना अनुरुप जिल्ला स्तरमा विभिन्न लाइन एजेन्सिहरूलाई मोटिभेसन तालिमहरू प्रदान गर्ने, त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन संघबाट विभिन्न सञ्चार माध्यबाट जानकारीहरू प्रदान गर्दै आएका छौ । भूकम्प प्रभावित क्षेत्रहरूमा पनि विभिन्न एजेन्सी मार्फत जानकारी दिने, दातृ निकायहरूका मार्फत पनि जानकारी दिने तथा कम्पनी आफैँले भूकम्प प्रभावित जिल्ला तथा अन्य जिल्लाहरूमा वायो ग्यास प्लाण्ट निर्माणका क्रममा सरकारले दिने अनुदानका सम्बन्धमा घर घरमा जानकारी दिने गरेका छाँै । 

वायो ग्यास प्लाण्ट निर्माण गर्दा निर्माण सामग्रीहरू गुणस्तरहिन हुन्छ भन्ने सुनिन्छ, यस सम्बन्धमा तपाई के भन्नु हुन्छ ?

वायो ग्यास प्लाण्ट निर्माणका क्रममा प्रयोग गरिने प्लाण्ट फिटिङका लागि आवश्यक सामग्रीहरू नेपाल वायोग्यास प्रवद्र्धन संघ अन्र्तगत भगिनि संस्था ले उपलब्ध गराउने गर्दछ । भगिनि ले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले स्वीकृति दिएको तथा रेटस् पास गरेका सामग्रीहरू मात्र प्रदान गर्ने गर्दछ । भगिनि ले प्रदान गरेका सामग्रीहरू हामीले कम्पनीहरूलाई वितरण गर्ने गर्दछौ । प्लाण्ट फिटिङका सामग्रीहरू गुणस्तरहिन हुँदैन । यदि वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले स्वीकृत नगरेका सामग्रीहरू फिटिङका लागि कुनै कम्पनीले प्रयोग गरेको पाइएमा कम्पनीलाई कारवाही हुन्छ । वायो ग्यासका लागि नेपाल क्वालिटि कन्ट्रोल सिस्टम, थर्ड पार्टी सिस्टम, प्लाण्ड संरचना सिस्टम गुणस्तर युक्त रहेको छ । 

कार्वन बिक्री गरेर पनि आम्दानी गरिदै आएको छ भन्ने सुनिन्छ, यसमा तपाई के भन्नु हुन्छ ?

कार्वन बिक्रि सम्बन्धि परियोजना नेपालमा वायो ग्यास प्लाण्टबाट नै सुरु भएको हो । नेपाल सरकारले हाल वायो ग्यासका माध्यमबाट करिव एक अर्ब बराबरको कार्वन बिक्रि गरि सकेको छ । निकट भविष्यमा पनि यो योजनाहरू निरन्तर रहिरहन्छ ।

वायो ग्यास प्रवद्र्धनका लागि नेपाल सरकारले संघलाई कस्ता कस्ता सहयोग गर्नु पर्ला ?

वायो ग्यासलाई आम उपभोक्ता माझ सरल, शुलभ एवं पारर्दशी ढंगबाट सेवा पुर्याउनका लागि सरकारी निकायहरू सँग छलफल गर्ने, सरकारका तर्फबाट जुन किसिमको अनुदान प्रदान गरिदै आएको छ, त्यस सम्बन्धमा जुन किसिमको ढिला सुस्ति हुने गरेको छ, त्यसको अन्त्य हुनु पर्दछ । यदि सरकारले अनुदान रकमहरू उपभोक्ताहरूलाई समयमा नै प्रदान गर्ने हो भने काम गर्न अझै सहज हुने थियो । 

अहिलेको संघीय संरचना अनुसार वायो ग्यास कसरी प्रवद्र्धन गर्ने सोचमा हुनुहुन्छ ?

देश अहिले संघीय संरचनामा गई सकेको अवस्थामा सातै ओटा प्रदेशहरूमा प्रदेश कार्यालयको स्थापना गरी कार्य समितिको गठन गर्ने र कार्य समितिहरू द्वारा नै वायो ग्यास प्रवद्र्धन गर्ने योजनामा हामी छौ । 

अन्त्यमा के भन्नु हुन्छ ?

वायो ग्यासका प्लाण्ट निर्माणका क्रममा आएका विभिन्न समस्याहरूको समाधान गर्दै, कम्पनीका समस्या तथा उपभोक्ताहरूको आवश्यकतालाई सम्बोधन गर्दै जाने छौ । 

प्रतिक्रिया