भर्खरै

“गुणस्तरीय वस्तु र सेवा प्रदान गर्नुनै  यस प्रा.लि.को प्रमुख उद्देश्य हो” 

  • प्रकाशित मिति : Wed-21-Mar-2018
  • - योगराज ढुंगाना , म्यानेजर अपरेशन अमट्रेड प्रा.लि
title

नेपालभर जलविद्युतको पहुँच नपुगेको अहिलेको अवस्थामा यसको विकल्पका रुपमा सौर्य ऊर्जा निकै उपयोगी ऊर्जाका माध्यमका रुपमा रहेको छ । सौर्य ऊर्जाका लागि आवश्यक इन्भर्टर, ब्याटी« तथा सोलार प्यानलहरूको बिक्रि वितरण गर्दै आएको अमट्रेड प्रा.लि का म्यानेजर अपरेशन योगराज ढुंगाना सँग नेपालमा अमट्रेड प्रा.लि ले उपलब्ध गराउँदै आएको विभिन्न सामग्रीहरू र नेपालमा त्यसको माग को अवस्था, उपभोक्ता हीतका लागि गर्दै आएका कार्य, नीजि कम्पनीहरूलाई सरकारले गर्दै आएको सहयोग, प्रा.लि का भावि कार्य योजना आदि सँग सम्बन्धित भएर विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले गरेको कुराकानीको केही अंश ः 

 

अमट्रेड प्रा.लि का बारेमा बताईदिनु होस् न । 

 अमट्रेड प्रा.लि विगत ४ वर्ष देखि नेपाली बजारमा आफ्नो विशिष्ट स्थान कायम गर्न सफल भइसकेको कम्पनी हो । नेपालमा रहेको ऊर्जा संकट र त्यसको निवारणका लागि आवश्यक वैकल्पिक माध्यमहरू जस्तै इन्भर्टर, ब्याटी«, सोलार प्यानल जस्ता सामग्रीहरूको बिक्रि वितरण अमट्रेड प्रा.लि गर्दै आएको छ । गत वर्ष देखि काठमाण्डौ उपत्यका लगायत देशका मूख्य शहरहरूमा लोडसेडिङ्ग अन्त्य भएको भए पनि ग्रामीण क्षेत्रका कतिपय स्थानहरूमा विद्युतको पहुँच पुगेको छैन भने विद्युत सेवा पुगेका स्थानहरूमा पनि अझै सम्म लोडसेडिङ्गको समस्या रहेको छ । ती विकट ग्रामीण क्षेत्रमा विद्युतको समस्यालाई कसरी समाधान गर्ने, त्यसको विकल्पका रुपमा सौर्य ऊर्जा सम्बन्धि आवश्यक सामग्रीहरू ब्याटी«, सोलार प्यानल, लाई आम उपभोक्ता सम्म पुर्याउने उद्धेश्यका साथ हामीले त्यसको बिक्रि वितरण गर्दै आएका छौ । ऊर्जा विकास सम्बन्धी सरकारको नीतिलाई पनि सहयोग पुर्याउने उद्धेश्यका साथ बजारमा हामीले सोलार ब्याटी« इन्भर्टर जस्ता सामग्रीहरू उपलब्ध गराउदै आएका छौ । 

अम ट्रेड प्रा.लि ले उपभोक्ताहरूको हीतका लागि कस्ता कस्ता कार्यहरू गर्दै आएको छ ?

उपभोक्ताहरूलाई सामग्री बिक्रि वितरण गर्ने मात्र हाम्रो उद्धेश्य होइन उपभोक्तालाई उचित सुविधा दिनु हाम्रो प्रमुख उद्धेश्य हो । उपभोक्ताहरूको माग अनुसार बजारमा सामग्रीहरू आउने गर्दछ । बजारमा आएका सामग्रीहरू पनि त्यसको गुणस्तर र त्यसले सुविधाका आधारमा चल्ने हो । बजारमा आएका सबै सामग्रीहरू गुणस्तर युक्त हुन्छ भन्ने छैन । त्यस्तै ब्याटी«, इन्भर्टर प्राविधिक तथा जोखिमपूर्ण विषय भएकाले सबै उपभोक्तामा यसको प्रयोग ज्ञान हुँदैन । यसको प्रयोग गर्दा सुरक्षित ढंगले प्रयोग गर्नु पर्दछ भने, यसको मर्मत संभारमा पनि विशेष ध्यान दिन जरुरी छ । हामीले हाम्रो प्रडक्टहरू प्रयोग गर्ने उपभोक्ताहरूलाई यस सम्बन्धी थप जानकारी दिँदै आएका छौ साथै यदि ब्याटी«, इन्भर्टर बिग्रेको खण्डमा मर्मतको सेवा पनि दिँदै आएका छौ । हामीले हाम्रो कम्पनीको इन्भर्टर तथा ब्याटी«हरू प्रयोग गर्ने उपभोक्ताहरूलाई मात्र नभई अन्य ब्राण्डका इन्र्भटर तथा ब्याट्रीहरू प्रयोग गर्ने उपभोक्ताहरूलाई समेत मर्मतको सुविधा दिदै आएका छौ ।
 
अमट्रेड प्रा .लि ले कुन कुन सामग्रीहरू बजारमा ल्याएको छ ?

अमट्रेड प्रा .लि ले नेपाली बजारमा लुमिनस ब्राण्डका,ब्याट्री तथा पावर ब्याकअप सिस्टम, सोलार ब्याटी«, सोलार चार्ज कन्ट्रोलर, सोलार प्यानल जस्ता सामग्रीहरू हाल बजारमा ल्याएको छ । आगामी दिनमा यस प्रा.लि मार्फत अन्य विद्युतीय सामग्रीहरू ल्याउने तयारी भई रहेको छ । हामी सँग साझेदारी गरी कार्य गर्दै आएका व्यवसायीहरूको आवश्यकता लाई मध्यनजर गर्दै हामीले अन्य सौर्य उर्जा मैत्रीसामग्रीहरू बजारमा ल्याउने तयारी गर्दै छौ । 

यस प्रा.लि ले ल्याएका सामग्रीहरू गुणस्तर युक्त छन् भनि विश्वास गर्ने आधारहरू के–के रहेका छन् ?

हामीले नेपाली बजारको माग र आवश्यकता लाई मध्यनजर गर्दै भारतको प्रतिष्ठित लुमिनस ब्राण्डका सामग्रीहरू आयात गर्दै आएका छौ । लुमिनस ब्राण्ड विश्वस्तरमा नै 
आफ्नो ख्याति कमाउन सफल स्नाइडर कम्पनीको पूर्ण स्वामित्वमा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा स्थापित यो कम्पनी कुनै पनि सामग्रीहरू उत्पादनको चरणमा नै गुणस्तरको परीक्षण हुने गर्दछ । यसो हुँदा लुमिनस ब्राण्डका सामग्रीहरूको गुणस्तर प्रति कुनै शंका गर्नु पर्ने स्थिति रहेको छैन । त्यस्तै यस ब्राण्डले भारत तथा नेपालमा सर्वाधिक ख्याति कमाएको छ । 

लोडसेडिङ्ग हुँदा र लोडसेडिङ्ग अन्त्य पछि बजारमा सामग्रीहरूको मागको अवस्था कस्तो रहेको छ ?

लोडसेडिङ्ग हुँदा र लोडसेडिङ्ग अन्त्य पछि अहिलेको बजारको अवस्थालाई हेर्ने हो भने बजारमा इन्भर्टर, ब्याटी«को माग बजारमा ५० प्रतिशतले घटेको छ । लोडसेडिङ्ग का समयमा इन्भर्टर र ब्याटी«को माग चरम रुपमा थियो जुन अहिले छैन । तर नेपालमा अहिले सम्म पूर्णरुपमा लोडसेडिङ्ग अन्त्य नभएका कारण यसको माग भने रहि नैै रहेको छ । अहिले विद्युत दैनिक आधारभुत आवश्यकता बनि सकेको छ । विद्युत विना कुनै पनि कामहरू सम्पादन गर्न नसकिने अवस्था रहेको छ । यसो हुँदा पावर ब्याकअप सिस्टमको माग अहिले सम्म बजारमा रहेको छ । घोषित लोडसेडिङ्ग अन्त्य पूर्व धेरै परिमाणमा ठूला ठूला क्षमताका इन्भर्टर, ब्याट्रीको माग रहेको थियो भने अहिले कम क्षमताका सिस्टमकोे माग बजारमा रहिरहेको छ । नेपालभर पूर्ण रुपमा लोडसेडिङ्ग अन्त्य नभएका कारण तथा सबै ठाउँमा विद्युत नपुगेका कारण विद्युत पूर्तीका लागि पावर ब्याकअप लागि इन्भर्टर आवश्यक छ । जब सम्म पूर्ण रुपमा लोडसेडिङ अन्त्य हुँदैन तब सम्म यसको माग रहिरहन्छ ।

सरकारले वैकल्पिक ऊर्जा क्षेत्रको विकासका लागि तथा तपाईहरूको जस्तो कम्पनीहरूका लागि कस्तो किसिमको सहयोग गर्नु पर्ला ?

 वैकल्पिक ऊर्जा क्षेत्रमा सरकारले गरेका कार्यहरू प्रशंसनिय छ । उपभोक्ताहरूलाई अनुदान पनि प्रदान गर्दै आइरहेको छ । यद्यपी सरकारले वैकल्पिक ऊर्जाका क्षेत्रको प्रर्वद्धनका लागि प्रदान गर्ने अनुदान समयमा नै उपलब्ध नगराउँदा उपभोक्ताहरू समस्यामा पर्ने गरेका छन् । वैकल्पिक ऊर्जा क्षेत्रको प्रवद्र्धनका लागि सरकारले समयमा नै उपभोक्ताहरूलाई अनुदान रकम प्रदान गर्नुपर्दछ । त्यस्तै हामी जस्ता कम्पनीहरूका हक मा भने सरकारले अहिले दोहोरो नीति अपनाएको देखिन्छ । एकातिर सरकारले सौर्य ऊर्जा प्रवद्र्धन गर्नु पर्नेमा जोड दिएको छ भने सौर्य ऊर्जाका सामग्रीहरूको आयात गर्दा भन्सार शुल्क नलाग्ने गरेको भए पनि अहिले भन्सार शुल्क लिने गरेको छ । यो सरकारको दोहोरो नीति जस्तो देखिएको छ । 

अमट्रेड प्रा.लि ले प्राविधिकहरूका लागि कस्ता कस्ता तालिमको व्यवस्था गर्दै आएको छ ?

हामीले हाम्रा कम्पनीसँग जोडिएका प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई वर्षेनी प्रशिक्षण तथा तालिम प्रदान गर्दै आएका छौ । प्राविधिकहरूलाई तालिम प्रदान गर्नु वार्षिक कार्ययोजना अन्र्तगत पर्दछ । हामीले प्राविधिकहरूलाई मात्र होइन हाम्रो कम्पनी सँग जोडिएका व्यवसायिक साझेदारहरूलार्ई पनि समय समयमा विभिन्न किसिमका व्यवसायिक प्रवद्र्धनका लागि प्रशिक्षण प्रदान गर्दै आएका छौ । त्यस्तै हामीले हाम्रा व्यवसायिक साझेदारहरूलाई लुमिनस ब्राण्डका आयातित सामग्रीहरू कसरी उत्पादन हुन्छ, कसरी गुणस्तर निर्धारण हुन्छ भन्ने जस्ता विषयहरूको जानकारी का लागि फ्याक्ट्रि भ्रमण गराउने कार्यक्रमहरू पनि गर्दै आएका छौ । हामीले यो वर्ष व्यवसायिक साझेदारहरूलाई मात्र नभई प्राविधिकहरूलाई पनि फ्याक्ट्रि भ्रमणका लागि लैजाने हामीले हाम्रो वार्षिक कार्ययोजना बनाएका छौ । 

अमट्रेड कम्पनीका भावि योजनाका बारेमा बताइ दिनुहोस् न । 

पछिल्लो समयमा हामीले हाम्रो वितरण प्रणालीलाई केही फरक ढंगबाट सञ्चालन गर्दै उपभोक्ता माझ हाम्रो प्रडक्टहरूको विस्तार गर्ने योजना रहेका छौ । त्यस्तै हामीले नेपाल इलेक्ट्रिसियन संघको साझेदारीमा प्राविधिकहरूसँग सहकार्य गर्दै जाने योजनामा रहेका छौ । प्राविधिकहरूसँगको सहकार्यबाट गुणस्तरीय वस्तु र गुणस्तरीय सेवा प्रदान गर्दै जाने हाम्रो प्रमुख उद्धेश्य रहेको छ । देशैभरी अमट्रेड प्रा.लि को सेवा विस्तार गर्दै जाने हाम्रो योजना रहेको छ । आम उपभोक्तालाई उर्जाको अभाव हुन नदिन नविनतम प्रविधिमा आधारित ऊर्जा सामग्रीहरूको आयात तथा बिक्रि वितरणको माध्यमबाट उर्जा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने लक्ष्यको साथमा हामी काम गर्दैछौँ। 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

सौर्य ऊर्जा का लागि आवश्यक विभिन्न उपकरणहरू उपलब्ध गराउँदै आएको अम ट्रेड प्रा.लि विभिन्न संघ संस्था तथा साझेदारी व्यवसायीहरू सँग सहकार्य गर्दै अघि बढ्दै आइरहेको छ । हामी हाम्रा उपभोक्ताको सन्तुष्टिको लागी काम गर्दछौँ। राज्यले निर्धारण गरेको नीति भित्र रहेर उपभोक्ताको आवश्यकताहरूको उचित र भरपर्दो परिपुर्ती गर्ने हाम्रो एकमात्र उद्देश्य हो। अझै यस प्रा.लि को विस्तारका लागि हामीले विभिन्न योजनाहरू ल्याएका छौ र सोही अनुसार कम्पनीलाई अघि बढाउदै लैजाने योजना रहेको छ । 

प्रतिक्रिया