भर्खरै

“हाई भोल्टेज र लो भोल्टेजका समस्याको  न्यूनिकरण आवश्यक छ” 

  • प्रकाशित मिति : Wed-18-Apr-2018
  • - सचिन गुप्ता,गोयन्का ग्रुप, रिलेशन म्यानेजर
title

विगत लामो समय देखि नेपाली बजारमा आफ्नो छुटै पहिचान कायम गर्न सफल भईसकेको गोयन्का ग्रुपले खाद्यन्न, सिमेन्ट, स्टिल लगायत विद्युतीय सामाग्रीहरू नेपाली बजारमा ल्याएको छ । गुणस्तरयुक्त सामाग्रीहरूका कारण उपभोक्ताको मन जित्न सफल यस ग्रुपका प्रडक्टहरू नेपाल भर सर्वत्र प्राप्त गर्न सकिन्छ । यसै वीच गोयन्का ग्रुपका रिलेशन म्यानेजर सचिन गुप्ता सँग गोयन्का ग्रुपले नेपाली बजारमा ल्याएका सामाग्रीहरू, यसको गुणस्तर, उपभोक्ताको रोजाई, गोयन्का ग्रुपका भावि योजना लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पदित अंश ः

गोयन्का ग्रुपका बारेमा बताई दिनुहोस् न । 

गोयन्का ग्रुप को स्थापना करीव ५ दशक भन्दा अगाडि भैरहवामा भएको हो । गोयन्का ग्रुपले स्थापनाका समयमा खाद्यन्न लाई प्राथमिकता दिएको भए पनि पछि यस ग्रपु मार्फत देश विकासका लागि आवश्यक विकासका पूर्वाधारहरू स्टिल, सिमेन्ट पनि उत्पादन गर्न थालेको छ । यस ग्रुप मार्फत भैरहवामा नै सन् २००८ देखि स्टिल र सन् २०१० सिमेन्ट उत्पादन गर्न थालेको हो । अहिले हाम्रो यस ग्रुपबाट उत्पादित सिमेन्ट तथा स्टिल सर्वत्र बजारमा उपलब्ध छ । त्यस्तै हामीले सन् २०१६ देखि विद्युतीय सामाग्रीहरू पनि बजारमा ल्याएका छौ । 
हामीले भारतको एक प्रतिष्ठित ब्राण्डको सेलो एयर कुलर तथा सुर्य ब्राण्डको पंखा र एपलाइन्सेस बाट विद्युतीय सामग्री नेपाली बजारमा ल्याएका हौ, त्यस पछि हामीले आफ्नो ब्राण्डमा पनि विद्युतीय सामग्रीहरू बजारमा ल्याउनु पर्छ भन्ने उद्धेश्यका साथ हामीले ह्वाईट एपलाइन्सेस, रेफ्रिजेनेरेटर, वासिङ मेसिन, आइरन, मिक्सचर,ग्राइन्डर लगायतका विद्युतीय सामग्रीहरू बजारमा ल्याएका छौ । अहिले बजारको अवस्थालाई हेर्ने हो भने विद्युतीय सामाग्रीहरूको बजारमा प्रतिष्र्पधा बढ्दै गएको छ यद्यपि प्रतिष्पर्धाका बीच पनि हामीले छोटो समयमा नै उपभोक्ताको मन जित्न सफल भएका छौ । 
अहिले हाम्रो विद्युतीय सामाग्री का २ सय भन्दा बढी डिलरहरू रहेका छन् भने अन्य सामाग्रीहरूको ५ सय भन्दा बढी डिलरहरू रहेका छन् । हाम्रो ग्रुपका सामाग्रीहरूको उत्पादन तराईमा हुने हँुदा हाम्रो बजार पनि धेरै जसो तराई मा नै केन्द्रित रहेको छ । 

यस ग्रुप अन्र्तगत सेलो ब्राण्डका कुलर का बारेमा बताई दिनु होस् न ।

भारतको सर्बोत्कृष्ट सेलो कम्पनि बाट हामीले सेलो ब्राण्डका कुलरहरू नेपालमा आयात गर्ने गरेका छौ । भारतको प्रतिष्ठित सेलो कम्पनीका कुलर उच्च गुणस्तर युक्त छन् । यसमा रहेका मोरट तथा कभर को गुणस्तर पनि उच्च रहेको छ । त्यस्तै यसले विद्युत खपत निकै नै कम गर्दछ । हामीले इन्र्भटरबाट पनि सेले कुलर सञ्चालन गर्न सकिन्छ । हामीले यसको गुणस्तर र उपयोगितालाई हेरेर नै हामीले नेपालमा सेलो कुलर आयात गर्ने गरेका हौ । 
कुलर गर्मि समयमा बढि प्रयोग हुन्छ । यो गर्मि समयमा प्रयोग हुने भएका ले यसको माग र बजार तराई क्षेत्रमा बढी हुने गर्दछ । हालै बजारमा गोयन्का ग्रुप अन्र्तगतका विन्डो कुलर, टावर कुलर,मिनि डेजर्ड कुलर, डेजर्ड कुलर लगायत १४ वटा मोडलमा कुलरहरू बजारमा उपलब्ध गराएका छौ । १५ लिटर, २२ लिटर, ३० लिटर , ५० लिटर, ६० लिटर र ७५ लिटर सम्मका कुलरहरू हामील बजारमा ल्याएका छौ ।

कुलरको क्षमता अनुसार विद्युत खपतमा कत्तिको फरक पर्दछ ?

कुलरको क्षमता अनुसार विद्युत खपतमा फरक पर्दछ । कुलरको पानीको क्षमता अनुसार विद्युत खपत धेरै थोरै हुने गर्दछ । हामीले बजारमा उपलब्ध गराएका १४ वटै मोडलका कुलरहरूको विद्युत खपत क्षमता फरक फरक रहेने गर्दछ । जस्तो १५ लिटरको कुलर र ७५ लिटरको कुलरमा विद्युत खपतको अन्तर हुने गर्दछ । १५ लिटर को टावर कुलर हो र ७५ लिटरको आर्टिक कुलर हो यि दुइले खपत गर्ने विद्युतमा अन्तर हुन्छ । कुलर मुख्यतः फ्यान र ब्लर गरी दुई किसिमका हुन्छन् । कुलर पंखाबाट चलिरहेको छ कि ब्लरबाट चलिरहेको छ त्यसको आधारमा विद्युत खपत घटि बढि हुने गर्दछ । पंखा बाट चल्ने कुलरले बढी विद्युत खपत गर्दछ भने ब्लर बाट चल्ने कुलरले कम विद्युत खपत गर्दछ ।

गोयन्का ग्रुप अन्र्तगतका विद्युतीय सामाग्रीहरूको डिलरको अवस्था कस्तो रहेको छ ?

हामीले हाम्रो ग्रुप मार्फत विद्युतीय सामग्रीहरू बजारमा ल्याएको धेरै समय भएको छैन । विद्युत सम्बन्धित प्राय सबै सामग्रीहरू अहिले हामीले बजारमा ल्याएका छौ । हाम्रा विद्युतीय प्रडक्टहरू पूर्व देखि पश्चिम सम्म पुगिसकेको छ । हाल विद्युतीय सामाग्रीहरूको डिलर मात्र दुई सय भन्दा बढी रहेको छ ।

अहिलेको प्रतिस्पर्धि बजारमा आफ्ना प्रडक्टहरू स्थापित गराउन गोयन्का ग्रुपले कस्ता कार्य गर्दै आएको छ ?

वर्तमान समयमा बजारमा निकै प्रतिष्पर्धा बढ्दै गएको छ । यहि प्रतिष्पर्धा सँगै हामी पनि अघि बढ्दै गएका छौ । बजारमा उपभोक्ताको माग र आवश्यकतालाई मध्यनजर गर्दै हामीले विद्युतीय सामाग्रीहरू बजारमा ल्याएका छौ । गुणस्तरीय सामग्री र रिजनेवल प्राईस भएमा नै बजारमा सामाग्रीहरूको माग बढ्ने हो । हामीले बजारमा ल्याएका जति पनि सामाग्रीहरू छन् ति सबै गुणस्तर हुनका साथै रिजनेवल प्राईसमा उपलब्ध छ । त्यस्तैे वारेन्टि प्रदान गरिएका सामाग्रीहरूको समयमा नै उपभोक्तालाई सर्भिस प्रदान गर्ने गरेका छौ । जसले गर्दा छोटो समयमा नै हाम्रा डिलरहरूको विस्तार हुनुका साथै विद्युतीय प्रडक्टहरू पनि उपभोक्ताले बढी रुचाएका हुन् । 

हाल सम्म गोयन्का ग्रुपका कति प्रकारका सामग्रीहरू बजारमा उपलब्ध छ ? 

गोयन्का ग्रुप अन्र्तगतका १७ वटा विद्युतीय प्रडक्टहरू बजारमा आएका छन् । हामीले मूख्य गरी सूर्य ब्राण्ड र सेलो ब्राण्डका सामाग्रीहरू बजारमा ल्याएका छौ । गोयन्का ग्रुप अन्र्तगत उत्पादनमा गोयन्का सिमेन्ट प्रा.ली, गोयन्का स्टिल प्रा.ली, टे«डिङ अन्र्तगत दर्श इन्टरनेशल प्रा.ली, सुभ एभरेस्ट मार्केटिङ, गोयन्का प्रा.ली, केपि एम एजुकेसन स्कुल आदि रहेका छन् । आगामी दिनमा गोयन्का ग्रुप अन्र्तगतका उद्योगहरू सञ्चालनमा ल्याउने छौ । 

नेपाल सरकारले व्यवसायिक हितका लागि कस्ता कार्य गर्नु पर्ला ?

 नेपालमा विद्युतीय प्रशारण लाइनहरूमा हाइ भोल्टेज तथा लो भोल्टेज को समस्या अत्यधिक मात्रामा रहेको छ । विद्युतीय सामग्रीहरूको गुणस्तर नभएर मात्र सामग्रीहरू विग्रने होइन, विद्युतीय सामग्रीहरू गुणस्तर युक्त भए पनि प्रशारण लाईनमा आएको हाई भोल्टेज र लो भोल्टेजका कारण पनि विद्युतीय सामग्रीहरू विग्रने गर्दछ । 
तसर्थ नेपाल सरकारले व्यवसायिक तथा उपभोक्ताहरूको हितका लागि भोल्टेजको समस्या न्युनिकरण गर्नु आवश्यक छ । यसमा सरकारका सम्वन्धित निकायले समयमानै ध्यान पुययन आवश्यक देखिन्छ । 

गोयन्का ग्रुपमा हाल सम्म कति जना रोजगार रहेका छन् ?

गोयन्का ग्रुपले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै जना मानिसहरूलाई रोजगार प्रदान गरेको छ । यसको विस्तार नेपालभर भएका कारण धेरैले रोजगारी प्राप्त गरेका छन् । गोयन्का ग्रुपमा मात्र हाल सम्म दुई सय जना कर्मचारीहरू आवद्ध रहेका छन् । अझै यो बढ्ने क्रममा रहेको छ । 

गोयन्का ग्रुप का प्रडक्टहरू गुणस्तरयुक्त छ भनि उपभोक्ताले विश्वास गर्ने आधारहरू के के रहेका छन् ?

हामीले कुनै पनि सामाग्रीहरू बजारमा ल्याउनु पूर्व त्यसको गुणस्तर परीक्षण गरेर मात्र हामीले सामाग्रीहरू बजारमा ल्याउने गर्दछौ । समाग्रीको गुणस्तर, त्यसको टिकाउपना तथा उपभोक्तालाई दिने सर्भिस निकै राम्रो रहेको छ । त्यस्तै गोयन्का ग्रुपबाट उत्पादित स्टिल तथा सिमेन्ट पनि गुणस्तर युक्त रहेका छन् । गुणस्तर विभागले पटक पटक परीक्षण गर्दा पनि हाम्रो उत्पादनमा कुनै कमिकमजोरी नभेटे पछि हामीलाई गुणस्तर विभागले सम्मान समेत गरेको छ । तसर्थ हाम्रा प्रडक्टहरू हामी दावा का साथ भन्न सक्छौ कि गुणस्तरयुक्त छ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?

हामीले उपभोक्ताको आवश्यकता लाई मध्यनजर गर्दै बजारमा विभिन्न विभिन्न किसिमका प्रडक्टहरू ल्याएका छौ । हामीले ल्याएका प्रडक्टहरू गुणस्तर युक्त छन् । छोटो समयमा नै हाम्रा प्रडक्टहरू ले उपभोक्ताको मन जित्न सफल भइसकेको छ । उपभोक्ताहरूले गुणस्तरीय सामग्रीको पहिचान गरी गुणस्तर युक्त सामग्री मात्र प्रयोग गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया