भर्खरै

विद्युतीय सुरक्षा पहिलो प्राथमिकता

  • प्रकाशित मिति : Wed-25-Apr-2018
  • - रुपा तुलाधर
title

पछिल्लो समयमा नेपालमा विद्युतीय दुर्घटनाको जोखिम बढ्दै गएको छ । विद्युतीय दुर्घटनाबाट धेरै मानिसले आफ्नो घरबार गुमाएका छन् भने कतिपय मानिसले जीवन समेत गुमाई रहेका छन् । मानव जीवनका लागि आधारभूत आवश्यकता भित्र पर्दै गएको विद्युतको प्रयोग बारे पूर्ण ज्ञान नहुँदा,प्रयोग गर्न नजान्दा, गुणस्तरहिन सामग्रीहरूको प्रयोग गर्दा तथा हाई भोल्टेज लो भोल्टेज जस्ता कारणहरूले विद्युतीय दुर्घटना बढ्दै गएको हो । 
वर्तमान समयमा विद्युत विना कुनै कार्य प्राय ःअसम्भव जस्तै भईसकेको छ । विद्युतका कारण आज आम मानिस विश्व सँग जोडिन सफल भएको छ । जति पनि नयाँ प्रविधिहरूको विकास भएको छ, ति विद्युत बाट मात्र सञ्चालन सम्भव रहेको छ । विद्युतका कारण नै संसारले तीव्र गतिमा विकास प्राप्त गर्न सफल भएको छ । उद्योग धन्दा कलकारखाना लगायत हरेक कार्यमा विद्युतको भूमिका महत्वपूर्ण रहेको छ । यदि कुनै देशमा विद्युत क्षेत्रको विकास भएको छ भने देश विकसित तथा समृद्ध हुनका लागि लामो समय कुरिरहनु पर्दैन । विद्युतबाट नै हरेक विकास कार्य सम्भव हुने हुँदा विद्युतको महत्व आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । विद्युत विकासको संवाहक पनि हो । विद्युतको विकास भएका मूलुकहरू आज विकसित मुलुकका रुपमा परिचित छन् । 
प्राविधिक क्षेत्रको विकासका लागि विद्युत अपरिहार्य छ । विद्युतको महत्व र आवश्यकता बढ्दै गएको अहिलेको अवस्थामा विद्युतका कारण हुने दुर्घटनाहरू पनि बढ्दै गएको छ । पछिल्लो समयमा हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ । त्यस्तै विद्युतीय सामग्रीहरूको प्रयोग गर्न नजान्दा, कमसल खालका विद्युतीय सामग्रीहरूको प्रयोग, कमशल हाउस वायरीङ लगायतका कारणले पनि विद्युतीय दुर्घटना बढ्दै गएको छ । नेपालमा आयात हुने विद्युतीय सामग्रीहरूमा गुणस्तरको परीक्षण गर्ने व्यवस्था नहुँदा नेपालमा कम गुणस्तरका सामग्रीहरू भित्रने गरेको छ जसले गर्दा विद्युतीय दुर्घटना हुने गर्दछ । त्यस्तै विद्युत आपूर्ति हुँदा कहिले हाई भोल्टेज त कहिले लो भोल्टेज मा विद्युत वितरण हुदा विद्युत दुर्घटनाको जोखिम बढ्दै जाने गरेको छ । विद्युत चुहावट भई विद्युतीय दुर्घटना पनि हुने गरेको छ । विद्युत चुहावट भई आगालागी हुँदा गाउँ नै ध्वस्त समेत भएको पनि छ । विद्युतको आवश्यकता जति धेरै छ त्यति नै विद्युत जोखिम युक्त पनि रहेको छ । 
नेपालमा हाउस वायरीङ्ग गर्दा विद्युतीय क्षेत्रमा दक्षता हासिल गरेका तथा सम्बन्धित निकायबाट प्रमाण पत्र पाएका प्राविधिकहरूद्धारा हाउस वायरीङ्ग गर्ने प्रचलन रहेको छैन भने विद्युतीय इन्जिनियरहरूले बनाएका नक्शाका आधारमा हाउस वायरीङ्ग गर्ने प्रचलन पनि निकै न्यून मात्रामा रहेको छ । 
सरकारले घर तथा भवन निर्माण गर्दा नक्शाङ्कन अनिवार्य गराएको छ । तर विद्युत जडानका लागि भने सरकारले विद्युतीय नक्शाङ्कन अनिर्वाय गराएको छैन । विद्युत सम्वेनदशील हुन्छ, विद्युतीय जडानमा कुनै कमी कमजोरी भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउछ भन्ने जानकारी सरकारलाई हुँदा हुँदै पनि विद्युतीय नक्शाङ्कन अनिर्वाय रुपमा लागु गराउन नसक्नु सरकार कमजोर हुनु हो । विद्युतीय दुर्घटनाबाट वर्षेनी करिव ४÷५ जना प्राविधिक तथा सर्वसाधारण जनताहरूले ज्यान गुमाई रहेका छन् । यसबाट स्वयम सरकारलाई नै घाटा हुने गरेको छ । विद्युतीय दुर्घटनाका कारण प्राविधिक तथा सर्वसाधरणले ज्यान गुमाउदा लाखौँ रुपैयाँ क्षतिपूर्ति दिनु पर्ने हुँदा विद्युतीय दुर्घटनाका कारणले पनि नेपाल विद्युत प्राधिकरणले वर्षेनी घाटा बेहोर्नु परेको छ । प्राविधिकरुले आफ्नो कार्यक्षेत्रमा काम गर्दा सुरक्षाका साधनहरू प्रयोग नगर्दा पनि विद्युतीय दुर्घटना हुने गरेको छ । प्राधिकरणले विद्युतीय सुरक्षा दिवस वर्षेनी मनाउँदै आएको भए पनि व्यवहारिक रुपमा त्यसको प्रयोग भएको छैन । जसले गर्दा वर्षेनी विद्युतका कारण मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको छ । त्यस्तै जिर्ण पोल, लत्रिएका तार, एउटै पोलमा विद्युत इन्टरनेट, टेलिफोन लगायतका तारहरू प्रयोग गर्नु जस्ता विविधि कारणले गर्दा पनि विद्युतीय दुर्घटनाहरू हुने गरेको पाइन्छ । यसमा सम्बन्धित निकायको ध्यान बेलैमा जानु आवश्यक छ । जलविद्युतको प्रशस्त सम्भावना रहेको यस देशमा विद्युत क्षेत्रको मात्र विकास गर्ने हो भने पनि देश परिर्वतन हुनमा समय लाग्दैन । हामीले छोटो समयमा नै विकासको स्वाद चाख्न सक्छौ । विद्युतीय क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि सरकार लागि नपेरको होइन । सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने, विद्युत क्षेत्रमा लगानी बढाउने, विद्युत क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने लगायतका योजनाहरू सरकारले यस भन्दा अघि पनि नल्याएको होइन । यद्यपी यसको उचित कार्यान्वयन सरकारले गर्नुपर्दछ । सरकारले हरेक कार्यहरूलाई बोलीमा भन्दा व्यवहारमा आफ्ना कार्य योजना र एजेण्डाहरू पूरा गर्न सके साँच्चै नै जनताले आफ्ना प्रतिनिधिहरू प्रति विश्वास गर्ने थिए । 
विद्युतीय क्षेत्रको प्रवद्र्धन र विकासका लागि अहिले सरकारले जति पनि अवसर मिलेको छ त्यो अवसरलाई गुमाउन नदिई कार्यलाई अघि बढाएर त्यस कार्यमा आउने चुनौतीको पनि पूर्व तयारी गरेर काम गर्नुपर्ने समय आएको छ । सरकारको पहिलो प्राथमिकताको विषय विद्युतीय सुरक्षा नै बन्नु पर्दछ । सरकारले दीर्घकालीन योजनाहरू ल्याउनु पर्दछ । जसबाट आम नेपाली जनताले लामो समय सम्म फाइदा उपभोग गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago