भर्खरै

मोदी भ्रमण ः रणनीतिक कि तिर्थाटन ?

  • प्रकाशित मिति : Wed-16-May-2018
  • - रामप्रसाद पौडेल
title

नेपाल र भारतको छिमेकी नीति अत्यन्त सरल छ । भाषा,संस्कृति,परम्परा र रहनसहनमा धेरै जसो एकरुपता छ । सार्वभौम दुई मित्र राष्ट्रहरुले आपसमा सम्बन्ध लाई सुधार गर्दै लैजानु अर्थात् घनिभुत बनाउनु सकारात्मक सन्देश मान्नु पर्दछ । भारतले नेपाललाई हेर्ने आँखामा परिवर्तनको जरुरी देखिन्छ । भुकम्पले थलिएका नेपालीहरु माथि नाकाबन्दी सम्मको चरम अपराध गरेको भारतले त्यो गल्ती थियो भनेर स्वीकार गरेजस्तो देखिन्छ । तर स्पष्ट हुन सकेन । 
मुलुकको बागडोर सम्हाले पश्चात प्रधानमन्त्री ओलीले आफुलाई जिम्मेवारी प्रधानमन्त्रीको रुपमा उभ्याएको नमुना नेपालमा मोदी भ्रमण हो भनेर भन्ने हरुको कमि छैन । बिग्रिएको सम्बन्धलाई युद्ध,वाकयुद्धको रुपमा नभई भाइचाराको सम्बन्ध स्थापित हुन मद्धत पु¥याएको भान आम नेपालीले गरिरहेका छन् । हुन त हरेक अप्ट्यारो अवस्थामा भारतले नेपाललाई हस्तक्षेपकारी भुमिका नखेलेको होइन । इतिहासको मुल्याङ्कन गर्ने हो भने पनि नेपाल र नेपालीलाई भारतले कुदृष्टिले हेर्ने गरेको तथ्य हाम्रो सामु विद्यमान छदैछ तथापी सानो र गरिब मुलुक भएको नाताले सकारात्मक सम्बन्ध विकास गर्नु थप बुद्धिमानी देखिन्छ । 
तसर्थ हामी नेपालीहरुमा कता कता असहज अवस्थामा सिर्जना भएको भान हुन गएको छ । स्पष्ट रुपमा नेपालले विगतमा भएका सन्धीको नयाँस्वरुप र सम्झौताको कार्यान्वयन,सीमा विवाद, घोषित सहयोग र भाषणमा गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्न अनुरोध त गर्न सक्यो नेपालले । नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सक्दो सकारात्मक चाकडी पनि गर्यो । 
भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा सिधैँ पुग्दा एक मधेश एक प्रदेश भन्ने र सोच्नेहरु लाई नकारात्मक बल पुगेको अनुभुति जनकपुरका मेयरले दिएको अभिव्यक्ति बाट प्रष्ट हुन्छ । मुलुलको मर्यादा, आफ्नो सार्वभौमिक रुपमा राष्ट्रको निर्वाचित प्रतिनिधि राष्ट्र कै विरुद्धमा विना प्रसंगको सवाल उठाउन पुग्छन् भने राज्य भित्रको कानुन किन चुप बस्दछ ? यो गम्भीर प्रश्न आम नागरिकहरुले गरिरहेका छन् । उता भारतका सत्तारुढ दल कै संसदको नाजायज कपोल्कपित ट्वीटले आम नेपालीलाई ठेस पु¥याएको छ । त्यसको हिसाब किताब राज्यले राख्नु पर्दछ । दुई मुलुक बीचको मित्रतामा खलल पु¥याउने यस्ता प्रकारका व्यक्तिहरु लाई सम्बन्धित् मुलुकले किन कारर्वाही गर्दैन ? यसमा नेपालले गम्भीर प्रश्न उठाउन पर्छ कि पर्दैन ? हाम्रो मुलुकले किन प्रश्न गर्न सक्दैन ? परराष्ट्रका जिम्मेवार निकायले आम नागरिकलाई जवाफ दिनु पर्दछ । 
दुई देश बीचमा अरुण तेस्रोको चर्चा निकै चल्यो । लामो समय देखि यसको बहस भयो । अरुण तेस्रोको उद्द्याटन धेरै समय अघि भएर सायद कार्य सम्पन्न पनि भइसक्थ्यो होला । तत्कालिन अवस्थामा अरुण तेस्रो को सिलान्यास हुन सकेको थिएन त्यसको इतिहास समयले बाहिर ल्याउने नै छ । 
छिमेकी सँग राष्ट्रिय लाभको लागि सन्तुलित सम्बन्ध राख्न चाहन्छौ भनि प्र.म ओलीले संसदमा बोल्नु भएको छ । मुलुकले कति समय भित्र के–के लाभ लिदैछन् ? लाटा लाई पापा ला भने जस्तो गर्दै आएको भारतले कुनै ठोस उपलब्धि हुने तरिकाले नेपाललाई लाभ हुने गरि गरिएका सन्धि सम्झौताहरु के–के हुन् ? र कति–कति समय सीमा भित्र शुरु भई सम्पन्न हुने हो ? त्यो हेर्न बाँकी छ । हिड्दै छ पाइला मेट्दै छ को युक्तीलाई सार्थक नबनाइयोस् भन्ने आम धारणा रहेको छ । 
भारतीय प्रधानमन्त्री मोदीले जनकपुर,पशुपतिनाथ,र मुक्तिनाथको दर्शन गरि हिन्दु धर्मका शक्तिपिठ मा पुजाआरधना गरेर हामी दुई मुलुक बीचको बिग्रिएको सम्बन्ध सुधार गर्न खोजिएको हो त? कि हिमाल ,पहाड र तराई लाई सम्मान गर्छौ भनेर गरिएको हो ? यो विस्तारै भारतीय व्यवहारले पुष्टि गर्ने छ । भारतीय प्र.म मोदीले नेपालको भ्रमण गरेर दुई देश बीचको मित्रताको सकारात्मक सन्देश दिन खोजेको भन्ने प्रष्ट हुन्छ । आम नेपालीहरुले भएका र गरिएका सम्झौताको सकारात्मक कार्य थालनीको अपेक्षा गरिरहेका छन् । समग्रमा भारतीय प्रधानमन्त्री मोदी को भ्रमण राजनितिक सम्बन्धको सुधार र धार्मिक पर्यटकहरुको वृद्धि हुन सक्ने सकारात्मक सन्देश प्रवाह गरेको छ । तटबन्धनका कारण नेपाली भुमीको डुबान पटक पटक सीमा स्तम्भ साटिनु –नेपाली भुमी मिच्नु) हुलाकी मार्ग निर्माण भुकम्प पिडितलाई सहयोग घोषणा बमोजिम नआउनु,पशुपतिनाथ मन्दिरलाई घोषणा गरिएको रकम नदिनु जस्ता दर्जनौ उधारो कार्यहरु उधारै रहने हुन कि भन्ने आशंका रहने प्रशस्त ठाउँहरु हुँदा हुदै पनि सकारात्मक सोच र विश्वासका साथ भारतीय प्रधानमन्त्री मोदी को आश्वासनलाई कार्यारम्भ को प्रतिक्षामा उनको राजनितिक र धार्मिक दुवै प्रकारको मिश्रित भ्रमण सफल भएको भनिए पनि भविष्यले निर्धारण गर्ने छ । समग्रमा असल छिमेकी नीति निर्माण गरि नेपाल र नेपालीको मनमा भएको पिडा र नाकाबन्दीको चोट लाई मलम पट््टी लगाउन यो भ्रमण कोशे ढुङ्गा सावित होस् । नेपाल र भारत दुवै देशको हितमा सहमति सहकार्य र पञ्चशिलका आधारमा परराष्ट्र सम्बन्ध कायम रहन सकोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago