भर्खरै

चट्याङ

  • प्रकाशित मिति : Wed-23-May-2018
  • - ओम कृष्ण श्रेष्ठ ब. अधिकृत मञ्च, गोरखा
title

चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमिनमा खस्ने एक प्रकारको विद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो । यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो । सबै चट्याङले विद्युतको लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन । यो वर्षा भएका ठाउँबाट १५ किलोमिटरभन्दा बढीसम्म पर्न सक्छ । त्यसैले चट्याङ परेका बेला अपनाउनुपर्ने र त्यसका लागि पूर्वतयारी गरेमा यसबाट हुने क्षतिको जोखिम कम गर्न सकिन्छ ।
चट्याङबाट बच्ने उपायः
–    बिजुली चम्केको बेला सतर्क रहनु पर्छ।
–    फोन, कम्प्युटर, गेम, रेडियो, टेलिभिजन जस्ता विद्युतीय सामग्री नचलाउने।
–    विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु नछुने।
–    बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा ननिस्कने।
–    सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने।
–    खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने, सम्भव नभए कडा छाना भएको कार, बस वा ट्रकभित्र बस्ने।
–    सकभर अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमिनमा नबस्ने।
–    धातुका ह्याण्डल, चेन भएका ब्याग, वा अन्य सामान नबोक्ने नछुने।
–    तारबार, पोखरी, ठूला रुख नजिक नबस्ने । 
नेपालमा भुँइचालो र बाढी पहिरोले भौतिक सम्पति मात्र होइन मानवीय सम्पति पनि क्षति धेरै गराएको छ । यस्तो किसिमका प्रकोपहरू कहाँ,कहिले र कति खेर आउँछ त्यो कसैलाई थाहा नै हुँदैन । प्रकृति बाहिरको मौसमको गतिविधि त हामी जान्न र बुझ्न सक्ने त कुरा नै भएन । पृथ्वी भित्रको चाप ,ताप र हलचलले भुकम्प आउँछ । यसले मानवीय शक्ति र भौतिक शक्तिको ठुलो क्षय गराउँछ । यसरी क्षय भई प्राकृतिक विपत्ति ल्याउने शक्ति मध्ये चट्याङ्ग पनि एक हो । प्रत्येक वर्ष 
चट्याङ्गबाट घर गोठ जल्ने र मानवीय क्षति हरू पनि भएको खबरहरू हामीले सुन्ने र पढ्ने गरेका छौ । तर त्यसको निराकरण गर्ने तर्फ हामी कसैको ध्यान गएको छैन । चट्याङ्ग पर्ने भनेको आकाशको बादल र समुन्द्रका बादलमा छुट्टा छुट्टै चार्ज हुन्छ । एक आपसमा आकर्षित भएर जुध्न गई हाई भोल्टको करेन्ट उत्पादन हुन्छ । यसरी निस्केको बिजुलीलाई नेपाली भाषामा लस त्वत भनिन्छ । यसरी निस्केको बिजुली एक पटकमा २० देखि २०० एम्पीयर करेन्ट उत्पन्न गर्दछ । बिजुली चम्कीदा उत्पन्न हुने करेन्ट ग्राउण्डी हुन खोज्छ । प्राय यो रुख बिरुवा नजिक हुने र सुचालक हुने भएकोले त्यसैमा सर्दछ । चट्याङ्ग परेको बेला रुख मुनि बसेको मानिस लाई सजिलै करेन्ट लाग्छ किनकी चट्याङ्ग पर्दा रुख र पोखरीहरूमा पर्ने गर्दछ । 
 नेपालले वर्षेनी चट्याङ्गबाट प्राकृतिक विपत्तिहरू भेगिरहनु परेको छ । गृहमन्त्रालयको तथ्याङ्क अनुसार प्रत्येक वर्ष करिब १३० जनाको मृत्यु हुने गरेको छ । सबै भन्दा चट्याङ्ग प्रभावित जिल्ला मकवानपुर हो र सिन्धुपालचोक,धादिङ र नुवाकोट भने उच्च जोखिममा रहेको छ । २,००० देखि ३,००० मिटर अग्लो उचाई भएको जिल्लाहरू लाई चट्याङ्गको जोखिम क्षेत्र मानिन्छ । यदा कदा ब्यारेक ,अस्पताल नजिक रहेका मानव बस्तीमा चट्याङ्ग परि घर चिरिनुका साथै विद्युतीय सामग्रीहरू पनि जलेर नष्ट भएका छन् । तसर्थ चट्याङ्ग कुन समय कहाँ पर्छ भन्ने थाहा हँुदैन । हाम्रो प्रत्येक मानव बस्तीहरू लाई चट्याङ्ग प्रतिरोधी बनाउनु आवश्यक देखिन्छ । २०७२ को महाभुकम्पले धेरै बस्ती,मठमन्दिर तथा ऐतिहासिक स्थलहरूको संरचना लडाएको छ । सरकारले अब त्यही घर भवन र ऐतिहासिक संरचनाहरूलाई भुकम्प प्रतिरोधात्मक बनाउन कार्य योजना हरू अघि सारेको छ । तसर्थ यो महान योजना सँगसगै घर भवन र ऐतिहासिक संरचनाहरू चट्याङ्ग प्रतिरोधी बनाउने नीति पनि ल्याउनुपर्दछ । वास्तवमा यो कुनै नयाँ विधि नभईकन हाम्रो अग्रजहरूले घर मठमन्दिर हरूको निर्माण गर्दा चट्याङ्ग बाट बच्न उच्च स्थानमा त्रिशुल या रबु राख्ने गरिन्छ । त्यसरी राख्नुको प्रमुख उद्धेश्य चट्याङ्गबाट बच्नलाई नै हो । घर या मन्दिरको उच्च स्थानमा राख्ने त्रिशुल तथा रबुमा तामाको तार जोडिएको हुन्छ । त्यसमा जोडिएको तामाको तार जमिनमा लगि तामाको पातामा जोडिन्न्छ । त्यसमा जोडिएको तामाको तार जमिनमा लगि तामाको पातामा जोडिन्छ । त्यसरी जोडिएको ठाँउमा फलाम चिप्स ,नुन राखिएको हुन्छ । व्यवस्थित रुपमा गाडिएको तारलाई अर्थिङ्ग पनि भनिन्छ । कुनै घरको विद्युत सर्ट भएमा करेन्ट सिधैं ग्राउण्डर भई मान्छेलाई करेन्ट लाग्न बाट जोगाउँछ । तर्सथ यस्तो मानव उपयोगी र सुरक्षाको दृष्टिकोणले यो महत्वपूर्ण प्रविधि रहेकोले ठाँउ अनुसार उपलब्ध घरेलु सामग्री प्रयोग गरेर पनि सुरक्षित रहन सकिन्छ । पाइप अर्थिङ्ग गरि नुन ,चिप्स, फलामको टुक्रा या रातोमाटो हालेर पनि ग्राउण्ड अर्थिङ्ग बनाउन सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago