भर्खरै

 नेपाल लोडसेडिङ्ग मुक्त राष्ट्र घोषणा अनावश्यक विद्युत खपत नगरौँ र विद्युतको महत्व बुझौँ ।

  • प्रकाशित मिति : Thu-31-May-2018
  • - राकेश खड्की
title

 
 अन्धकारलाई चिरेर उज्यालो ज्योती तर्फ लैजान प्रकाशको ठूलो भूमिका हुन्छ । प्रकाश सौैर्य शक्ति र कृत्रिम साधनको मद्धतबाट प्राप्त गर्न सकिन्छ । विश्व बजार नै सौर्य प्रकाश र कृत्रिम प्रकाश जस्तै जल विद्युत , हवाई विद्युत , सौर्य ऊर्जाको माध्यमबाट अन्धकार हट्दै गई रहेको छ । तर बिडम्वना भन्नुपर्छ नेपालमा अझै कति दुर्गम ग्रामिण बस्ती हरूमा विद्युत पुग्न सकेका छैनन् भने कतिपयले विद्युत बाल्दा बल्ने प्रकाश देख्न समेत पाएको छैन । 
      नेपाल विश्वकै जलश्रोतको दोश्रो धनि देश भनि सर्व विदितै छ । नेपालमा जल विद्युतको मात्रै सम्भाव्यता ८३ हजार ६ सय मेगावाट रहेको छ । तर जलविद्युत उत्पादनका लागि निकै ठूलो पुँजी र पूर्वाधार आवश्यक पर्ने भएकाले नेपालले जलविद्युतको क्षेत्रमा सम्भाव्यता बोक्दा बोक्दै पनि आशातित जलविद्युत उत्पादन भने गर्न सकेको छैन । नेपालमा हालसम्म जतिपति ठूलो विद्युत परियोजनाहरू रहेको छ र निर्माणाधिन विद्युत परियोजनाहरू दातृराष्ट्र भारत, चिन, फ्रान्स, जापान लगायत एडिबि, विश्व बैंकको आर्थिक सहयोगबाट उत्पादन भईरहेको छ । नेपालमा हाल १५ सय मेगावाट विद्युतको माग रहेता पनि माग अनुसारको विद्युत भने उत्पादन गर्न सकिरहेको छैन । नेपालले हाल वर्षामा बढिमा ८ सय देखि ९ सय मेगावाट र हिउँदमा ४ सय देखि ६ सय मेगावाट विद्युत उत्पादन गर्न गरिरहेको नेपाल विद्युत प्राधिकरणको तथ्यांंङ्कमा रहेको छ भने बाँकी विद्युत भारतका विभिन्न शहरबाट आयात गर्नु परिरहेको छ । विगतमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीको लापरर्वाही , अनियमितता ,कमिसन खोरी , विद्युत चुहावट र व्यवस्थापन गर्न नसक्नाले त्यसको परिणाम स्वरुप नेपाली जनताले लामो समय दैनिक १८ घण्टा सम्म लोडसेडिङ्गको भार थेग्न बाध्य तुल्यायो । 
        तर हरेक रात्रि पछि सुनौलो बिहानीको उदय हुन्छ भने जस्तै नेपालको ऊर्जा वितरण गर्ने एक मात्र संस्था नेपाल विद्युत प्राधिकरणका प्रमुखमा कुलमान घिसिङ्गको कार्य कौशलता , विद्युत व्यवस्थापन र छिमेकी राष्ट्र भारतका विभिन्न ठाउँबाट विद्युत आयात गर्नाले हाल नेपाल लोडसेडिङ्ग मुक्त राष्ट्र घोषण भएको छ । नेपालमा हाल केहि सय मेगावाट विद्युत मात्र उत्पादन भईरहेको भएतापनि चिलिमे जल विद्युत आयोजना , माथिल्लो तामाकोशी , बुढीगण्डकी,पश्चिम सेती,सुन्दरीजल जस्ता बहुप्रतिक्षीत जलविद्युत आयोजनाहरू रहेका छन् । नेपालमा पर्याप्त मात्रामा विद्युत उत्पादन गर्न सक्यौँ भने विद्युतबाट चल्ने विद्युतीय सवारी साधनहरू जस्तैः ट्रली बस ,केबलकार , बाईक ,कार,स्कुटर आदिको प्रयोग गरेर पेट्रोलियम पदार्थलाई विस्थापन गर्न सक्छौ र जसका कारण नेपालको अर्थतन्त्रमा केही टेवा पुग्न गई अरबौँ रुपैँया बराबरको पेट्रोलियम पदार्थ आयातमा कमी आउँछ । त्यस्तै भारतबाट हाल सम्म महङ्गो दरमा आयात गरिएको विद्युतको पनि विस्थापन गर्न सकिन्छ । नेपाललाई आवश्यक पर्ने विद्युत उत्पादन गर्न सकेमा हरेक उत्पादनमा उत्पादकत्वमा वृद्धि गर्न सकिन्छ । विद्युत उत्पादन वृद्धिले नेपालमा उद्योगधन्दा, कलकारखानाको वृद्धि हुन जान्छ जसको परिणाम स्वरुप नेपालमा विदेशीहरू लगानी गर्न आकर्षित हुन्छ भने यहाँका युवाहरूले आफ्नै देशमा रोजगारी प्राप्त गरेर विदेशीनु पर्ने बाध्यताको अन्त्य हुन्छ । विदेशीनु पर्ने बाध्यताको अन्त्य भएमा नेपाली युवावर्गहरूले आफ्नो मातृभुमी मा नै हिरा फलाउन सक्षम हुन्छन् । 
      विद्युत् आयोजना निर्माण भएर नेपाल उज्यालो हुने र हरेक जनताका घरमा २४ सै घण्टा बिजुलीले उज्यालो हुने सपनाहरू नेपाली जनताहरूले बुनिरहेका छन् । अब नेपाललाई पूर्ण रुपमा लोडसेडिङ्ग मुक्त घोषणा गरेको छ । तर कतिपय नेपालीको पहुँचमा अहिले पनि बिजुली भएतापनि (घरमाथिबाट बिजुलीको तार जान्छ वा नजिकै बिजुलीको लट्ठा छ) तिनको घर अँध्यारै । घरसम्म बिजुलीको तार तान्न र मिटर किन्न गच्छेले पुग्दैन र न हुन्छ विद्युत् महसुल तिर्ने हैसियत । जबसम्म बिजुली जहाँ उत्पादन हुन्छ त्यहीँ उद्योगधन्दा सञ्चालन गरेर स्थानीय बासिन्दालाई रोजगारी दिइन्न, तिनको घरमा बिजुली बत्ती बाल्नु “ल्हासामा सुन छ, कान मेरो बुच्चैँको विरोधाभासपूर्ण स्थितिले निरन्तरता पाउँछ । नेपालमा हाल सम्म ६० प्रतिशतका जनताका घरमा मात्र विद्युत पुगेको दाबी गरिएको छ । अब यी विद्युतको सेवा बाट वन्चित भएका जनताका घरमा पनि ५ वर्षभित्र शतप्रतिशत जनताको घरमा बिजुलीको पहुँच पुग्ने बताइएको छ । जुन सकारात्मक कार्य हो । 
 व्यापक मात्रामा विद्युत उत्पादन गर्नाले नेपालको विद्युत दक्षिण एशियाका सबै राष्ट्र देखि लिएर थाईल्याण्ड , म्यानमार सम्म र उत्तरमा मंगोलिया सम्म विद्युत निर्यात गरेर देशको आर्थिक मेरुदण्ड बलियो पार्न सकिन्छ । नेपाल जलविद्युतको क्षेत्रमा धेरै सम्भाव्यता बोकेको राष्ट्र हो त्यसैले केबल यहाँको राजनितिक स्थायित्व , विदेशी लगानीको वातावरण , विद्युत चुहावटको नियन्त्रण , जनतामा जनचेतनाको अभिवृद्धि र ,वितरण प्रणालीमा ध्यान दिन सकेमात्रै पनि नेपालले चाडँै विकासोन्मूख राष्ट्र बाट विकाशिल राष्ट्रमा पुग्न सकिन्छ जसले गर्दा नेपालको स्वरुप र जनताको जिडिपी उकास्न समेत ठूलो मद्धत पुग्दछ । त्यसैले हामी जनताहरूले पनि लोडसेडिङ्ग मुक्तलाई दिगो समयसम्म कायम गरी राख्न अनावश्यक विद्युत खपत नगरौँ,विद्युतको महत्व बुझौँ र नेपाललाई सदा सदाका निम्ती लोडसेडिङ्ग मुक्त राष्ट्र कायम गर्न आ–आफ्नो ठाउँबाट पनि योगदान दिउँ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago