भर्खरै

ऊर्जा क्षेत्रको विकास नै समृद्ध राष्ट्रको पहिलो आधार

  • प्रकाशित मिति : Wed-06-Jun-2018
  • - प्रदिप श्रेष्ठ
title

नयाँ संविधान जारी भएपछिको पहिलो निर्वाचनमा वाम गठबन्धनले विजयी हासिल गरेको पनि १०० दिन पुरा भईसकेको छ । फागुन ३ देखि वाम गठबन्धले देशको राजकीय सत्ता सम्हाल्न थालेको हो । एक सय दिनको अवधिमा सरकारको आगामबी गति कस्तो हुन्छ भन्ने खाकाहरू देखिसकेको छ । हरेक कार्यको लागि लगनशिलता र तत्परता हुनुपर्छ,यी दुवै चीज भएमा कुनै पनि काम असम्भव भन्ने हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व सरकारले यस भन्दा अगाडि भएका सबै किसिमका कमी कमजोरीहरूलाई सुधार गरी नयाँ नेपालको विकासका खाकाहरू तयार गर्नु पर्दछ । चुनावीमाहोलमा र अन्य सभा सम्मेलनमा प्रधानमन्त्री,मन्त्री र सांसदहरूले जनताहरूको सामु देखाएका आशा अविलाशाहरूलाई भाषण र आश्वासनमा मात्र सीमित नगरी कार्यान्वयन गर्न जरुरी छ । दिन पछि रात्री र रात्री पछिको सुनौलो बिहानी आए जस्तै हाम्रो देशले पनि ठुलो संकट तथा संंक्रमणकालिन समय र परिस्थितीलाई पार गर्दै आइसकेकोले अब विकासले मुहार फेर्ने समय आएको छ । नयाँ सरकारको १०० दिनको अन्तरालमा धेरै सकारात्मक काम भएको छ भने अझै सरकारले गर्नुपर्ने कामहरू निकै नै रहेको छ । हाल सालै भएको एमाले माओवादी बीचको पार्टी एकताले पनि देशको विकासमा धेरै टेवा पुग्ने सम्भावना देखिन्छ । 
 प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालमा भएको सकारात्मक कार्यहरू ः
–    देशभर लोडसेडिङ्ग मुक्त घोषणा । 
–    औद्योगिक क्षेत्रमा हुने ३ घण्टा लोडसेडिङ्गको पनि अन्त्य ।
–    विभिन्न जिल्लाहरूमा हावा बाट बिजुली उत्पादन ।
–    यातायात व्यवसायीहरूको सिन्डीकेटको अन्त्य । 
–    अनलाइन बिजुली बिल भुक्तानी गर्ने प्रविधिको विकास । 
–    वायु प्रदुषण कम गर्नका लागि विद्युतीय गाडी आयात । 
–    जनतालाई सेवा दिने मनसायले सप्तकोशी नदीमा पानी जहाज सञ्चालन । 
–    हरेक किसिमका प्राविधिक र अप्राविधिक विद्युतीय चुहावटहरूको नियन्त्रण । 
–    विद्युतीय गाडीको चार्जिङ्ग स्टेशन निर्माण ।
–    विदेशी लगानी भित्रयाउन निजि क्षेत्रलाई प्रोत्साहन । 
–    नेपाल भारत बीच चिसिएको सम्बन्ध पुन ताजा गरिएको छ । 
ओली सरकारको दोस्रो कार्यकालको पहिलो सराहनीय कार्य भनेको लोड्सेडिङ्गको अन्त्य हो । नेपालमा हाल औपचारिक रुपमा नै पूर्ण रुपमा लोड्सेडिङ्ग मुक्त घोषणा भएको छ । लोड्सेडिङ्गको अन्त्य भए सँगै नेपाली जनताहरूमा थोरै मात्रामा खुसी थपिएको छ । सरकारको यस कदम प्रति नेपाली जनताहरू ह्दय देखि नै सलाम गर्दछ । अब भने देशले आर्थिक,सामाजिक,राजनैतिक र धार्मिक स्तरबाट पूर्णरुपमा विकास हुने लक्षण देखिएको छ । तिहारको भाईटिकाको दिनबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुख्य–मुख्य शहरहरू बाट लोड्सेडिङ्ग हटाउने अभियानको शुरुवात गरिएको थियो । त्यस बखतबाट शुरुवात भएको यो अभियानले हालसालै मात्र पूर्णता पाएको छ । हाल सरकारले ओद्यौगिक क्षेत्रमा हुने दैनिक ३ घण्टाको लोडसेडिङ्ग पनि मुक्त भएको छ । लोडसेडिङ्गलाई बिदाईको हात हल्लाउँदै अब सरकारले नेपालमा जति पनि उद्योग धन्दा कलकारखानाहरू सञ्चालन भईरहेको छ त्यो उद्योग कारखाना निरन्तर रुपमा सञ्चालन गरी रहन सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ । दैनिक रुपमा भोग्दै आएको लोडसेडिङ्ग समस्याको अन्त्य भएपछि उत्पादनमा तीव्र रुपमा बढाउन सकिन्छ । यसरी उद्योगहरू निरन्तर रुपमा चलाई रहन सकेमा नेपालमा नै धेरै युवावर्गहरूले रोजगारी पाउने छ ।
 देशको विकासका लागि ओली सरकारले चाल्नुपर्ने कदमहरू ः
– भारतसँगको बारम्बार हुने सीमा विवादको अन्त्य गर्नुपर्ने । 
– भन्सार दरमा एकरुपता ल्याउनुपर्ने । 
–    खुल्ला भन्सार नाकाबाट आयात हुने सामानहरूको नियन्त्रण गर्नुपर्ने ।
–    भ्रष्टाचार र घुसखोरी जस्ता समस्याहरूको निराकरण गर्नुपर्ने । 
–    हरेक घरहरूको वायरीङ्ग गर्दा अनिवार्य रुपमा इलेक्ट्रिसियन नक्साङ्कन लागु गर्नुपर्ने । 
–    
–    ओली सरकारको पहिलो पटकको सरकार नेतृत्व गरेको समयमा जनता सँग गरेको बाचाहरू सबै तुइन विस्थापित गरी पुल निर्माण गर्नुपर्ने । 
–    सबै किसिमका विद्युतीय सामानहरूमा गुणस्तर मापदण्ड कायम गर्नुपर्ने । 
–    सबै हाउस वायरिङ्ग केबलहरूमा नेपाल गुणस्तर चिन्ह अनिवार्य लागु गरेर मात्र बिक्री वितरण गर्न पाउने व्यवस्था गर्नुपर्ने । 
–    विद्युतीय क्षेत्रमा होस् या अन्य कुनै क्षेत्रमा काम गर्दा सुरक्षा लाई पहिलो प्राथमिकता दिई कार्य गर्नुपर्ने ,अन्यथा सो नअपनाएमा त्यो व्यक्ति उक्त कार्यबाट वन्चित हुने नियम लागु गर्नुपर्ने । 
–    भन्सार छली गर्ने र सरकारी कर छली गरी व्यापार 
व्यवसाय गर्ने कम्पनी तथा व्यवसायीहरू लाई तत्काल कानुनको दायरामा ल्याई उपयुक्त कानुनी कारर्वाहीको व्यवस्था गर्नुपर्ने । 
–    नेपालमा नै औद्योगिक क्षेत्रको वृहत विस्तार गरी स्वदेशमा नै रोजगार गर्नका लागि उपयुक्त वातावरणको सिर्जना गर्नुपर्ने । 
नेपालको राजनैतिक भएको यो ठूलो परिवर्तन देशको विकास र जनताको हक हितको लागि मात्र काम गरोस् भन्ने चाहनाहरू रहेको छ । देशको समृद्धिका लागि सबै नेता,राजनैतिक दल र जनताहरू एक ढिक्का भई लाग्नुपर्ने देखिन्छ । यसरी एक भई लागेमा देशको विकासका ढोकाहरू विस्तारै खुल्ने छ । नेपालमा हालसालै भएको लोडसेडिङ्ग मुक्त नेपाल र नेपालका दुई ठुला कम्युनिस्ट पार्टी बीच भएको वाम एकता ले नेपालको विकासले मुहार फेर्ने लक्षण देखिएको छ । अबको वाम एकता सरकारले नेपालमा रहेका हरेक किसिमका स–साना देखि ठुला समस्याहरू को जरै देखि उखेलेर फ्याक्न सक्नुपर्छ । तब मात्र देशको विकास हुन्छ र देशवासी जनताहरूले स्वदेशमा नै विभिन्न किसिमका स साना उद्योगहरू सञ्चालन गरी स्वरोजगार बन्न सकिन्छ ।

प्रतिक्रिया