भर्खरै

“सरकारले लोडसेडिङ अन्त्य घोषणा गरेपनि वीरगञ्जमा २ घण्टा लोडसेडिङ ” 

  • प्रकाशित मिति : Wed-06-Jun-2018
  • - कृष्ण पटेलअध्यक्ष, पर्सा विद्युतीय व्यवसायी संघ तथा  गुड आइडिय ट्रेर्डस का सञ्चालक  
title

विद्युत सम्बन्धि सम्पूर्ण कार्यहरू काठमाण्डौ, पोखरा लगायतका मुख्य शहरी क्षेत्रमा केन्द्रित मात्र भएको छ । विद्युतीय क्षेत्रका समस्या, विद्युत व्यवसायीहरूको अवस्था आदिका बारेमा सरकार मूख्य शहरमा मात्र केन्द्रित भएको अवस्थामा पर्सा विद्युतीय व्यवसायी संघ का अध्यक्ष कृष्ण पटेल सँग विरगञ्जमा विद्युतको अवस्था, सरकारले विद्युत क्षेत्रमा पु¥याएको सहयोग, व्यवसायीहरूको अवस्था, भन्सारको अवस्था, त्यस्तै नेपाल विद्युतीय व्यवसायी महासंघले आफ्ना जिल्ला संघहरूका लागि गरेका कार्य लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः 

पर्सा विद्युतीय व्यवसायी संघको स्थापना कहिले भयो ? यसका बारेमा बताई दिनुहोस् न । 

विद्युतीय व्यवसायीहरूको हक हित र अधिकारलाई मध्यनजर गर्दै वि.स २०६७ सालमा पर्सा विद्युतीय व्यवसायी संघ पर्सा जिल्लामा दर्ता भएको हो । तर संघको दर्ता हुनु भन्दा पहिले वि.स २०५७ साल देखि नै नेपाल इलेक्ट्रिक एशोसिएसन को शाखाका रुपमा काम गर्दै आएको थियो । 

पर्सा विद्युतीय व्यवसायी संघमा सदस्यता लिनका लागि के के आधारहरू आवश्यक पर्दछ ?

यस संघमा सदस्यता लिनका लागि विद्युत व्यवसाय गर्दै आएका व्यवसायी हुनु पर्ने, प्यान बिलको फोटो कपी, नागरिकताको फोटोकपी आवश्यक पर्दछ । पहिलो पटक सघंमा सदस्यता लिदा एक हजार एक रुपैयाँ र सदस्यता नवीकरण गर्दा प्रत्येक वर्ष को पाँच सय एक रुपैयाँ लिने गरेका छौ । 

यस संघलाई आगामी दिनमा कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ ?

मेरो दुई वर्षे कार्यकालमा यस संघलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्ने, साधारण सभा कार्यक्रम प्रत्येक वर्ष गर्ने, सदस्य व्यवसायीहरूलाई समय समयमा सामग्रीहरूको गुणस्तर भ्याट सम्बन्धि तालिमहरू प्रदान गर्ने, व्यवसायी–व्यवसायी बीचको सम्बन्ध सुमधुर कायम राख्नका लागि पहल गर्ने व्यवसायी र उपभोक्ता बीच कस्तो सम्बन्ध हुनु पर्दछ सो का बारेमा व्यवसायीहरूलाई जानकारी गराउने योजनामा छौ । यो नाफा मूलक नभई सेवा मूलक हो तसर्थ यो संस्था व्यवसायीहरूको मात्र नभई सबैको साझा हो भन्ने धारणाको विकास गर्दै सामाजिक सेवाका कार्यलाई विस्तार गर्दै लैजाने हाम्रो उद्धेश्य रहेको छ । म यस संघको अध्यक्ष भएको करिव दुई महिना भयो यस संघको अध्यक्ष भइसके पछि मैले हाल नारायणी क्षेत्रीय अस्पतालमा पर्सा संघको तर्फबाट हेल्प डेक्स सञ्चालनमा ल्याएका छौ । त्यस्तै वृद्धाश्रम, बाल आश्रम लगायत सामाजिक क्षेत्रको सेवा गर्ने पनि हाम्रो योजना रहेको छ । 

पर्सा विद्युतीय व्यवसायी संघ र नेपाल विद्युतीय व्यवसायी महासंघ बीचको सम्बन्धमा केहि तिक्तता आएको छ भन्ने सुनिएको थियो, के यो सत्य हो ?

नेपाल विद्युतीय व्यवसायी महासंघ हामी विद्युतीय व्यवसायी संघहरूको छाता संगठन हो । व्यावसायिक हकहितका लागि नै महासंघको स्थापना भएको हो । महासंघ र हामी संघ भनेको एउटै परिवारका सदस्यहरू हौँ । कतिपय अवस्थामा महासंघले गरेका कार्यहरू तथा निर्णयहरू चित्तबुझ्दो नहुँदा त्यस प्रति असर्मथ भएका हौ । महासंघ सँग हाम्रो सम्बन्धमा तिक्तता आएको भने होइन । 

महासंघले आगामी डिसेम्बरमा इलेक्ट्रो टेक २०१८ कार्यक्रमको आयोजना गर्ने भएको छ, यसमा तपाईहरूको सहभागिता कस्तो रहन्छ ?

महासंघले हरेक दुई वर्षको अन्तरालमा विद्युत व्यवसायीहरूलाई लक्षित गर्दै इलेक्ट्रो टेक २०१८ कार्यक्रमको आयोजना गर्ने गरेको छ । इलेक्ट्रो टेक मेलामा उपभोक्ताहरूलाई बजारमा आएका नयाँ प्रडक्टहरूका बारेमा जानकारी दिने गरिन्छ । हामीे इलेक्ट्रो टेक मेला हुँदा पहिला पनि सहभागी थियौँ र यो पटक पनि सहभागी हुन्छौ । मेलाका लागि हाम्रो संघ बाट गर्नुपर्ने कार्यहरूमा हामी सक्दो सहयोग गर्दछौ । इलेक्ट्रो टेक मेलालाई मध्यनजर गर्दै सो विषयमा छलफल गर्न महासंघ सँग भेटघाट गर्ने योजना बनाएका छौ । 

वीरगञ्ज नाका बाट नेपालमा सामग्री आयात गर्ने एजेन्सीहरूले संघलाई कस्तो किसिमको सहयोग गर्दै आएको छ ?

वीरगञ्ज नाका अन्र्तगत नेपालमा विद्युतीय सामग्रीहरू आयात गर्ने एजेन्सीहरू प्रशस्त रहेका छन् । तर ती एजेन्सीहरू मार्फत हाम्रो संघलाई कुनै पनि किसिमको सहयोग भएको छैन । कम्पनीहरूले व्यापार बढाउनका लागि वीरगञ्जमा आयात एजेन्सीहरू सञ्चालनमा ल्याएका छन् । ती नाफामूखी हुन्छन् । यस्ता एजेन्सीहरूले हाम्रो जस्तो संघलाई संघले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहयोग गरिदिए अझै प्रभावकारी हुने थियो । त्यस्तै सामाजिक कार्यमा पनि एजेन्सीहरूले सहयोग गर्नु आवश्यक छ । 

भारतबाट विद्युतीय सामग्रीहरू आयात गर्दा भन्सारमा दुख दिने गरेको छ भन्ने सुनिन्छ नि यसमा तपाई के भन्नु हुन्छ ?

 वीरगञ्ज भन्सार नेपालको सबै भन्दा पुरानो र बढी सामग्रीहरू आयात हुने नाका हो । सामग्रीहरू आयात गर्दा व्यवसायीहरूले दुःख पाउने गरेका छन् । एउटै सामग्रीको भन्सार मूल्य पनि फरक–फरक हुने गर्दछ । भन्सारमा यसरी अनियमितता हुनु सरकारको कमजोरी हो । भन्सार कार्यालयका कर्मचारीहरूले नै आफुलाई जुन समयमा जस्तो उपयुक्त लाग्दछ त्यसै ढंगबाट मनोमानि रुपमा भन्सार शुल्क लिने गर्दछन् । 

भन्सार शुल्कमा एकरुपता ल्याउनका लागि संघ तथा महासंघले कस्तो किसिमको पहल गर्नुपर्ला ?

 एउटै सामग्री आयात गर्दा भन्सारमा फरक–फरक मूल्य लिने गर्दछ । यसबाट व्यवसायीहरू हैरान भएका छन् । भन्सार दरमा एकरुपता कायम गर्नका लागि हामी महासंघलाई पटक पटक सुझाव दिदै आएका छौ । तर महासंघले यस सम्बन्धमा ध्त्तयान पु¥याउन सकिरहेको छैन । यस्ता कार्याहरु प्रतिथ महासंघ डटेर लाग्नुपर्ने देखिन्छ ।

यहाँको विचारमा सरकारले विद्युत व्यवसायीहरूलाई कस्तो खालको सहयोग गर्नुपर्ला ? बताई दिनुहोस् त ।

सरकारले विद्युत व्यवसाय सँग सम्बन्धि नीति नियम बनाउनु परेको खण्डमा व्यवसायीहरू सँग जोडिएका सेवा मुलक संघ संस्था सँग समन्वय गरेर नीति नियम बनाउनु पर्दछ । जसबाट व्यवसायीहरूलाई सहयोग पुग्दछ । व्यवसाय सँग सम्बन्धित कार्यनीति निर्माण गर्न परेको खण्डमा उद्योग वाणिज्य संघ,महासंघ आदि सँग समन्वय गर्नुपर्दछ । तर सरकारले नीति नियम निर्माण गर्दा को सँग समन्वय गर्दछ त्यस बारेमा भने हामीलाई थाहा छैन । यसले गर्दा व्यवसायीलाई  मात्र होइन सरकारलाई समेत घाटा पुग्ने गरेको छ । 

यहाँको विचारमा व्यवसायी र इलेक्ट्रिसियन बीच कस्तो सम्बन्ध हुनुपर्दछ ?

व्यवसायी र इलेक्ट्रिसियन बीच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । इलेक्ट्रिसियनहरूले नै उपभोक्ता सम्म विभिन्न किसिमका विद्युतीय सामग्रीहरू पु¥याउने हो । तर पर्सा जिल्लामा इलेक्ट्रिसियनहरूको छुटै संघ स्थापना भएको छैन । यसले गर्दा इलेक्ट्रिसियनहरू संगठित भएका छैनन् । इलेक्ट्रिसियनहरू आफ्नो मन लागि ढंगले शुल्क लिन,े जुनसुकै ब्राण्डका सामग्रीहरूको प्रयोग गर्ने गर्दछन् । कुन सामग्री कस्तो प्रकारको हो, गुणस्तरयुक्त छ या छैन त्यसका बारेमा समेत इलेक्ट्रिसियनहरू अनविज्ञ छन् । तसर्थ इलेक्ट्रिसियनहरूलाई तालिम प्रदान गर्न, गुणस्तरीय सामग्रीहरूको पहिचान र त्यसको प्रयोग गर्नका लागि जिल्लामा इलेक्ट्रिसियन संघ खोल्नु पर्ने आवश्यकता रहेको छ ।
 
वीरगञ्ज महानगरपालिका भित्रका सबै स्थानमा विद्युतको पहुँच पुगेको छ त ?

यस वीरगञ्ज महानगरपालिका भित्रका करिव सबै स्थानमा विद्युतको पहुँच पुगेको छ ।
 
वीरगञ्ज महानगरपालिका भित्र विद्युत चोरीका घटना धेरै हुदै आएको छ भन्ने सुनिन्छ यसमा तपाई के भन्नु हुन्छ ?

वीरगञ्ज महानगरपालिका मा पहिलाको तुलनामा विद्युत चोरीका घटना निकै नै न्यून भएको छ । ग्रामीण क्षेत्रमा जनचेतना तथा शिक्षाको अभावका कारण यदा कदा विद्युत चोरीका घटना भएको सुनिन्छ । विद्युत चोरी गर्दा के हुन्छ, कस्ता बेफाईदा हुन्छ त्यसका सम्बन्धमा तथा विद्युत चोरी अन्त्यका लागि नेपाल विद्युत प्राधिकरणले ग्रामीण तथा पिछडिएका क्षेत्रमा जनचेतना फैलाउनु आवश्यक छ । त्यस्तै प्राधिकरणले एबीसी केबुलको प्रयोग अनिवार्य गरायो भने पनि चोरी नियन्त्रण कम हुन्छ । 

तपाईको विचारमा लोडसेडिङ्ग अन्त्य सम्भव छ या छैन ? 

मानिसले कुनै पनि कुरा चाहे पछि नहुने भन्ने कुरा त हुँदैन । नेपालमा जलविद्युतको सम्भावना पनि प्रशस्त रहेको छ । सरकारले लोडसेडिङ्ग अन्त्यको घोषणा गरेको भए पनि वीरञ्जमा भने प्रतिदिन दुई तीन घण्टा लोडसेडिङ्ग हुने गरेको छ । सरकारले लोडसेडिङ्ग अन्त्यको घोषणा नगर्दा सम्म निश्चित समयमा बत्ति आउने जाने गर्दथ्यो तर अहिले कुन समयमा बत्ति जाने आउने गर्दछ त्यसको बारेमा थाहा नै हुँदैन । सरकारले लोडसेडिङ्ग अन्त्यको घोषणा गरे पनि त्यसको कार्यान्वयन भने उचित ढंगले भएको छैन । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्नु हुन्छ ?

महासंघमा जोडिएका जति पनि व्यवसायीहरू छन् ति व्यवसायीहरू बीच नियमित छलफल हुनु आवश्यक छ । व्यवसायीलाई परेका समस्याका विषयमा तत्काल छलफल हुनुपर्दछ । त्यस्तै एक अर्को संघ बीच नियमित सम्पर्क हुन जरुरी छ । एक अर्का बीच सम्पर्क भइ रहँदा संघहरूका बारेमा सबैलाई थाहा हुन्छ । जसले व्यवसाय तथा व्यवसायी दुवैलाई फाइदा हुन्छ ।

प्रतिक्रिया