भर्खरै

“राज्यको अर्थतन्त्रको मेरुदण्ड नै व्यवसायी हुन्” 

  • प्रकाशित मिति : Wed-13-Jun-2018
  • - पुरुषोत्तम नेपाल,अध्यक्ष,काठमाडौं विद्युतीय व्यवसायी संघ
title

काठमाण्डौ विद्युतीय व्यवसायी संघका कार्ययोजना र यसको कार्यान्वयनका सम्बन्धमा बताईदिनु होस् न । 
व्यवसायीहरूको हकहितका लागि स्थापना भएको काठमाण्डौ विद्युतीय व्यवसायी संघले व्यवसायीहरूको समस्या र समाधान का विषयमा विभिन्न कार्ययोजनाहरू निर्माण गरी त्यसको कार्यान्वयन गर्दै आएको छ । विद्युतीय व्यवसायीहरूको आवश्यकता, समस्याका विषयमा वकालत गरी व्यावसायिक हित तथा न्यायका लागि नै यस संघको स्थापना भएको हो । हामीले संघ मार्फत हाम्रा व्यवसायीहरूलाई विभिन्न खालका कर सम्बन्धित TAX,VAT त्यसको कार्यान्वयनका सम्बन्धमा तालिम गराउँदै व्यावसायिक प्रर्वद्धनका लागि विभिन्न तालिमहरू पनि प्रदान गर्दै आएका छौ । त्यस्तै हाम्रो उद्धेश्य सरकारलाई सहयोग गर्नु पनि हो । हामी व्यवसायीहरूले सरकारलाई कसरी सहयोग गर्न सकिन्छ सो अनुरुप सहयोग गर्ने र व्यवसायलाई पनि अगाडि बढाउने योजना अनुसार हामीले व्यावसायिक प्रर्वद्धन तालिम केन्द्रको स्थापना गरेका छौ । यसबाट हामीले व्यवसायीहरूलाई लेखा सम्बन्धि तालिम, नेतृत्व विकास तथा व्यावसायिक प्रवद्र्धन सम्बन्धि तालिम आयोजना गर्ने गरेका छौ । संघ मार्फत हामीले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक क्षेत्रमा पनि विभिन्न सेवामुलक कार्यहरू गर्दै आएका छौ । हामीले गत वर्ष बाढी पिडित जनतालाई राहत प्रदान, जनकपुरमा विपन्न समुदायलाई जाडोमा न्यानो कपडा प्रदान गरेका थियौ । त्यस्तै काठमाण्डौको कपन वालुवाखानी स्थित अपाङ्ग बालबालिका लाई शैक्षिक सामग्रीका साथै गर्मीका लागि फ्यान पनि वितरण रहेका थियौ भने रक्तदान कार्यक्रमको पनि आयोजना गरेका थियौ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रहेर आगामी दिनमा पनि विभिन्न सेवामूलक काम गर्ने योजनामा हामी छौ । त्यस्तै हामीले यो आर्थिक वर्षमा व्यवसायीहरूलाई लाभ हुने किसिमको व्यावसायिक प्रर्वद्धन तालिम प्रदान गर्नुका साथै TAX,VAT का सम्बन्धमा सरकारी निकाय र व्यवसायीहरू बीच नै छलफल गराई त्यस सम्बन्धमा जानकारी दिने कार्ययोजना निर्माण गरेका छौ । त्यस्तै राज्यलाई हामीले कर तिर्दै गर्दा राज्यले हेर्ने दृष्टिकोण फरक होस्, राज्यले हामी व्यवसायीहरूलाई सहुलियत प्रदान गर्ने वातावरण होस् भन्ने उद्धेश्यका साथ यस विषयमा छलफल गर्नका लागि आयातकर्ता भेला पनि आयोजना गर्दै छौ । तसर्थ यस संघ ले व्यावसायिक हितका साथै सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्ययोजना निर्माण गरि त्यसको कार्यान्वयन गर्दै आएको छ । 
 

नेपाल विद्युतीय व्यवसायी महासंघ र काठमाण्डौ विद्युतीय व्यवसायी संघ बीच कस्तो सम्बन्ध रहेको छ ? महासंघले कस्ता कार्यहरू गर्दै आएको छ ?, यसबारेमा बताई दिनुहोस् न । 
नेपाल विद्युतीय व्यवसायी महासंघ विद्युतीय व्यवसायीहरूको छाता संगठन हो । जिल्ला संघहरूको अभिभावकका रुपमा महासंघ रहेको छ । महासंघ र जिल्ला संघ बीच घनिष्ठ सम्बन्ध रहन्छ । हाम्रा व्यवसायीहरूका समस्याका विषयमा तथा राज्यलाई फाईदा हुने विषयमा हामीले महासंघ लाई समय समयमा जानकारी गराई त्यसका सम्बन्धमा सुझाव दिने गरेका छौ । महासंघ हाम्रो अभिभावक हो र जिल्ला संघहरूका लागि नेतृत्वदायि भूमिका निर्वाह गर्दै आएको छ । 
 

गुणस्तरीय सामग्रीहरूको प्रयोगका सम्बन्धमा संघले कस्ता कार्य गर्दै आएको छ ? बताई दिनुहोस् न ।
संघको स्थापना भए देखि नै हामीले विद्युतीय सामग्रीहरूको गुणस्तरका विषयलाई जोड दिदै आएका छौ । गुणस्तरीय सामाग्री बिक्रि वितरण तथा प्रयोग गर्नुपर्छ भन्ने विषयमा हामीले सधंै आवाज उठाउँदै आएका छौ । हामीले गत वर्ष भएको हाम्रो संघको साधारण सभामा पनि यस विषयलाई उठाएका थियौ । हामी व्यवसायीले कर छलि गर्न खोजेका होइनौ, हामी व्यवसायीले गुणस्तरहिन सामग्री बिक्रि वितरण गर्न खोजेका होइनौ । राज्यले गुणस्तरीय सामग्री आयात गर्नका लागि तथा सामग्रीहरूको गुणस्तर परीक्षणका लागि भन्सार बिन्दुमा प्रयोगशालाको व्यवस्था गरिदियोस् भन्ने हाम्रो माग रहेको छ । त्यस्तै न्युनविजकिकरणका सम्बन्धमा राज्यले ठोस धारण बनाएर अघि बढोस् भन्ने सन्र्दभमा हामीले महासंघलाई बोर्धाथ पनि पठाएका छौ र महासंघबाट राज्यका सम्बन्धित निकायमा यो कुरा पुगि सकेको तर सरकारले यस तर्फ ध्यान पुयाउन सकेको छैन । 

व्यवसायिक हकहितका लागि काठमाण्डौ विद्युतीय व्यवसायी संघ कसरी अगाडि बढी रहेको छ ?व्यवसायिहरूकै हक हितका लागि हाम्रो यो संघको स्थापना भएको हो । व्यावसायिक हीतका लागि नै संघ निरन्तर अगाडि बढी रहेको छ । हामीले हाम्रा व्यवसायीहरू सफल हु्न् र राज्यको मेरुदण्डका रुपमा रहुन् भन्ने उद्धेश्यका साथ हामीले हाम्रा सदस्य व्यवसायी तथा व्यवसायको अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरू पनि गर्दै आएका छौ । 
 

यस संघमा सदस्यता लिनका लागि कस्ता प्रक्रियाहरू पुरा गर्नु पर्दछ ? यसका बारेमा बताईदिनुहोस् न । 
 संघमा सदस्यता प्राप्त गर्न राजस्व विभागबाट प्यान नम्बर, नगरपालिका दर्ता ,घरेलु उद्योग तथा उद्योग वाणिज्य विभाग लगायत नेपाल सरकारमा दर्ता भएका सम्पूर्ण कागजातको प्रक्रिया पु¥याई निश्चित शुल्क सहित संघमा सदस्यता लिने गरेका छौ । सदस्यता नवीकरण प्रत्येक वर्ष असार मसान्त पछि गर्ने गरेका छौ भने हालसम्म काठमाण्डौ विद्युतीय व्यवसायी संघमा करिव ५ सय व्यवसायीहरू आवद्ध भईसकेका छन । 
 

महासंघको पोखरामा सम्पन्न आठौँ साधारण सभामा संकल्प प्रस्तावका रुपमा पारित गरेका न्यूनविजकिकरण र तारको मूल्य एकरुपताका विषयमा संघले कस्ता कार्य गरिरहेको छ ?
 न्यूनविजकिकरण विद्युतीय व्यवसायका क्षेत्रमा समस्याका रुपमा रहेको छ । यसका विषयमा पटक–पटक हामीले आवाज उठाउँदै आएका छौ । न्युनविजकिकरणको अन्त्य हुन जरुरी छ । न्युनविजकिकरणको अन्त्य हुनुपर्ने धारणा स्वरुप हामीले महासंघमा संकल्प प्रस्ताव राखेका हौ । यसमा महासघंले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । गुणस्तर युक्त सामग्री हुनुपर्ने, मल्टिस्ट्रयाण्ड केबुलमा नेपाल गुणस्तर चिन्ह कायम गर्नुपर्ने, केबुलमा मिटर प्रिन्ट हुनुपर्नै विषयमा पनि हामी राज्यलाई झक्झक्याई रहेका छौ । 
 

दररेटका सम्बन्धमा केही नाफा लिएर मात्रै काम गर्नुपर्छ भन्ने खालका कुराहरू उठ्दै आएका छन् । यस सम्बन्धमा संघको कस्तो धारणा रहेको छ ?
व्यवसायीहरूले कुनै पनि सामग्री बिक्रि गर्दा नाफा खानु पर्दछ । नाफा लिएर नै व्यवसायीले व्यवसाय गर्ने हो तर नाफा लिदा पनि निश्चित मापदण्ड भित्र रहेर सिमित नाफा लिनु पर्छ र मुनाफा सधैका लागि होस् भन्ने संघको धारणा रहेको छ । बजारमा अस्वस्थ प्रतिस्पर्धाको अन्त्य होस् भन्ने हिसावले नै निश्चित मुनाफा राख्नु पर्दछ । संघले मुनाफा यति नै प्रतिशत हुनुपर्छ भनि तोकेको छैन यसका लागि राज्यले नै निश्चित मापदण्ड तोकिदिनु पर्दछ । 
 

यहाँको विचारमा व्यवसायी र इलेक्ट्रिसियन बीच कस्तो सम्बन्ध रहनु पर्दछ भन्ने लाग्छ ?
इलेक्ट्रिसियन विना विद्युतीय व्यवसाय अघि बढ्न सक्दैन । हामीले इलेक्ट्रिसियनलाई सम्बोधन हुने किसिमले सरकारी स्तर सम्म पु¥याउने गरी कार्यक्रमक गर्ने योजनामा छौ । छोटो रुपमा भन्नुपर्दा व्यवसायी र ईलेक्ट्रिसियन वीचको सम्बन्ध नङ्ग र मासुको जस्तै हुनुपर्दछ ।
 

महासंघको आयोजनामा आगामी डिसेम्बरमा नवौं संस्करण निक इलेक्ट्रो टेक २०१८ मेलाको आयोजना गर्दैछ, यसमा संघको कस्तो भूमिका रहला ? बताईदिनुहोस न ।
 

 व्यवसायीहरूको व्यवसाय प्रर्वद्धन र नयाँ प्रविधिका बारेमा आम उपभोक्तालाई जानकारी दिने उद्धेश्यका साथ महासंघले प्रत्येक २ वर्षमा इलेक्ट्रो टेक मेलाको आयोजना गर्ने गर्दछ । हामीले विगतका इलेक्ट्रो टेक मेलामा पनि सहयोग गर्दै आएका हौ । यो वर्षं पनि महासंघलाई भरपुर सहयोग गर्ने छौ । यो हाम्रै मेला हो र हामी आयोजक जिल्ला पनि हो । 
 

भन्सार सन्र्दभ पुस्तिकाका विषयमा व्यवसायीहरूले झन्झट बेहोर्दै आएको गुनासो सुन्दै आएका छौ, यसका विषयमा संघले कस्तो पहल गरिरहनु भएको छ ?
भन्सार मूल्याङ्कन पुस्तिकाका सन्र्दभमा हाम्रो संघ बाट आज भन्दा ६, ७ महिना अघि देखि नै महासंघमा यस विषयमा कुरा उठाउँदै आएका छौ । महासंघले यस विषयमा राज्य संग समन्वय गरोस् र नेपाल सरकारले भन्सार मूल्याङ्कन पुस्तिका निर्धारण गर्दा महासंघ मार्फत मूल्याङ्कन जाओस् जसबाट यर्थाथपरक मुल्याङ्कन आउँनेछ । 
 

आगामी श्रावण देखि मल्टिस्ट्रयाण्ड केबुलमा नेपाल गुणस्तर (NS) चिन्ह् लागु हुने भनिएको छ । यस विषयमा संघ र महासंघको कस्तो भूमिका रहन्छ ?
अन्र्तराष्ट्रिय स्तरमा मल्टिस्ट्रयाण्ड केबुलको प्रचलन बढी सकेको छ । यसको प्रयोग नेपालमा पनि हुनुपर्छ भन्ने मान्यताका साथ सम्भवत हाम्रो संघबाट नै पहिलो पटक यस सम्बन्धमा आवाज उठाएका हौँ । मल्टिस्ट्रयाण्ड केबुलमा नेपाल गुणस्तर (NS) चिन्ह् लागु गर्नुपर्ने विषयमा पनि हामीले महासंघको साधारण सभामा संकल्प प्रस्ताव पेश गरेका थियौ । अहिले यस विषयमा नेपाल गुणस्तर विभागबाट नै गुणस्तर चिन्ह श्रावण देखि लागु गर्नु पर्ने निर्देशन दिएको छ । यो निकै राम्रो उपलब्धि हो । मल्टिस्ट्रयाण्ड केबुल बजारमा आइसकेपछि इलेक्ट्रिसियनहरु माझ यस तारका विशेषतका बारेमा विभिन्न जिल्ला विद्युत व्यवसायी संघ सँग समन्वय गरी प्रत्येक जिल्ला जिल्लामा मल्टिस्ट्रयाण्ड केबुल सम्बन्धि कार्यक्रम गर्ने योजनामा छौ । 
 

सरकारले जिल्ला संघ र महासंघका लागि कस्ता सहयोगको अपेक्षा गर्नुभएको छ ? बताईदिनुहोस् न ।
राज्यले भन्सार मूल्याङ्कन पुस्तिका निर्धारण गर्दा महासंघ सँग सहकार्य गरिदिएको खण्डमा व्यवसायीहरूलाई सहज हुने थियो । त्यस्तै करका विषयमा राज्यले हेर्ने दृष्टिकोण परिवर्तन हुनु पर्दछ । राज्यले यति प्रतिशत मुनाफा भन्दा पनि मुनाफाको यति प्रतिशत कर तिर्नु पर्दछ भनि प्रावधान निर्माण गर्नु पर्दछ । 
त्यस्तै व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा सरकारले सहुलियत ऋण प्रदान गर्न सकेको खण्डमा यो व्यवसाय अझै प्रभावकारी हुने थियो । 
 

लिड जन्य सामग्रीहरूले लोडसेडिङ्ग अन्त्यका लागि कस्तो सहयोग पु¥याइरहेको छ ?
विगत एक वर्ष देखि नेपालमा लोडसेडिङ्ग अन्त्य भईसकेको छ । लोडसेडिङ्ग अन्त्य लिड जन्य विद्युतीय सामग्रीहरूको पनि उल्लेखनीय भूमिका रहेको छ । हामीले सरकार सँग लिड जन्य वस्तु आयात गर्दा भन्सारदर शून्य बनाउनु पर्ने माग पनि पटक–पटक राख्दै आएका छौ । लिड जन्य सामग्रीहरूबाट विद्युत खपत कम हुने हुँदा यसले लोडसेडिङ्ग अन्त्यमा सहयोग पु¥याउँदै आएको छ ।
 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?
व्यवसायी भनेको देशको अर्थतन्त्रको मेरुदण्ड हो । हामी व्यवसायीहरूले राज्यलाई कर तिर्दा स्वच्छ र उचित तरिकाले कर तिर्न पाउने वातावरण तयार हुनु पर्दछ । राज्यले कर तिरेको आधारमा व्यवसायीहरूमा व्यवसायी सुरक्षा, व्यवसायी विमा,सर्वसुलभ तथा न्युन ब्याजदरमा सरकारले सहुलियत ऋण प्रदान गर्ने जस्ता कार्यहरू प्रति हेर्ने दृष्टिकोण तथा समयसापेक्ष परिवर्तन नभएसम्म देशको अर्थतन्त्रमा सहजता आउन सकिदैन भन्ने मेरो धारणा 
रहेको छ । 

प्रतिक्रिया