भर्खरै

“लो भोल्टेज र हाई भोल्टेजको समस्या अझै उस्तै छ”

  • प्रकाशित मिति : Wed-20-Jun-2018
  • - प्रकाश चन्द्र पाण्डेय अध्यक्षः रुपन्देही विद्युतीय व्यवसायी संघ
title

विद्युतीय व्यवसायीहरूको समस्या, व्यवसायीहरूको हकहितका लागि काम गर्दै आएका रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेय संग विद्युतीय व्यवसायीहरूको अवस्था, व्यवसायीहरूको पिर मर्का, व्यवसायीहरूका लागि सरकारले गरेका कार्यहरू, जिल्ला संघहरूका लागि महासंघले निर्वाह गरेको भूमिका, भन्सारदरको अवस्था, व्यावसायिक सुरक्षा आदिका सम्बन्धमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः

रुपन्देही विद्युतीय व्यवसायी संघका कार्ययोजना र यसको कार्यान्वयनका सम्बन्धमा बताईदिनुहोस् न । 

व्यवसायीहरूको हक हितका लागि काम गर्दै आएको रुपन्देही विद्युतीय व्यवसायी संघले विभिन्न कार्ययोजनाको निर्माण र त्यसको कार्यान्वयन गर्दै आएको छ । संघले व्यवसायीहरूको समस्या, व्यवसायीहरूको आवश्यकता को पहिचान गरी विभिन्न समयमा तालिम तथा प्रशिक्षण पनि प्रदान गर्दै आएको छ । संघले व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा व्यावसायिक प्रवद्र्धनका लागि यहि जेठ २६ गते शनिबार तालिम प्रदान गरेको थियो । त्यस्तै व्यवसायीहरूलाई नै लक्षित गर्दै संघले भ्याट सम्बन्धि तालिम प्रदान गर्ने योजना निर्माण गरेको छ भने संघको आफ्नै भवन निर्माण गर्ने पूर्व अध्यक्षहरूको सपना साकार बनाउनका निमित्त जग्गा खोजी गर्ने कार्य गर्दै छौ । सम्भवत् यो योजना छिट्टै नै कार्यान्वयन हुनेमा म विश्वस्त छु । संघले व्यावसायिक हक हितका लागि मात्र नभई सामाजिक क्षेत्रका कार्यहरूमा पनि सहभागी हँुदै आएको छ । वृद्ध, अनाथ बालबालिकाहरूका लागि पनि समय समयमा विभिन्न सहयोग पु¥याउँदै आएको छ ।

रुपन्देही विद्युतीय व्यवसायी संघ अन्र्तगतका नगर संघहरू बीचको सम्बन्ध कस्तो रहेको छ ?

रुपन्देही विद्युतीय व्यवसायी संघ अन्र्तगत हाल सम्म ६ ओटा गाउँ ÷नगर संघहरू रहेका छन् । जिल्ला संघ अन्र्तगत नै रहेर गाउँ ÷नगर संघहरूले कार्य गर्दै आएका छन् । गाउँ ÷नगर संघको दर्ता गर्दा गाउँ ÷ नगर नभई जिल्ला मा नै दर्ता गर्दै आएका छौ । व्यवसायीहरूकै हक हितका लागि हामीले गाउँ÷ नगर संघहरूको स्थापना गरेका हौँ । गाउँ तथा नगर रहेका व्यवसायीहरूलाई कुनै समस्या परेको खण्डमा गाउँ ÷ नगर संघकै अध्यक्ष, उपाध्यक्ष तथा सचिवले समाधान गर्ने गर्दछन् । यदि गाउँ ÷ नगर संघ मा त्यो समस्याको समाधान हुन नसकेको खण्डमा जिल्ला संघमा नै समस्या समाधान गरिदै आएको छ । तसर्थ गाउँ नगर संघ र जिल्ला संघ बीच सम्बन्ध घनिष्ट रहेको छ । यसलाई अझ प्रभावकारी र मजबु्द बनाउनका लागि हामी निरन्तर लागि परिरहेका छौ । 

संघमा सदस्यहरू कसरी आवद्ध गराइन्छ यसको प्रक्रिया बारेमा बताईदिनुहोस् न ।

 हामीले यस संघमा सदस्यता लिदा सदस्यता लिन इच्छुक व्यवसायीको व्यवसाय प्यान तथा भ्याट कुन प्रणालीमा दर्ता भएको छ त्यसकोे फोटोकपी, नागरिकताको फोटोकपी, वाणिज्यमा संघ मा दर्ता भएको प्रमाणको फोटोकपी, लगायतका प्रमाणहरूको आधारमा सदस्यता लिने गरेका छौ । पहिलो पटक संघमा सदस्यता लिँदा एक हजार ५१ रुपैयाँ र सदस्यता नवीकरण गर्दा ८ सय ५१ रुपैयाँ लिने गरेका छौ । 


व्यवसायीहरूको व्यावसायिक सुरक्षाका लागि संघले बीमा को व्यवस्था गरेको छ या छैन ? यसको बारेमा बताइदिनुहोस् न ।

 हामीले अहिले सम्म संघ मार्फत व्यवसायीहरूको व्यवसायको बीमा गर्ने प्रावधान ल्याएका छैनौ तर व्यवसायी को भने बीमा गर्ने योजनामा छौ । यसका लागि हामीले विभिन्न इन्स्योरेन्स कम्पनीहरू सँग कुरा गर्दै आएका छौ । बीमाको योजना छिट्टै नै कार्यान्वयनमा ल्याउने छौ । 

नेपाल विद्युतीय व्यवसायी महासंघ र यस संघ बीच कस्तो सम्बन्ध रहेको छ ? महासंघको कार्य प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

नेपाल विद्युतीय व्यवसायी महासंघ जिल्ला संघहरूको छाता संगठन हो । व्यवसायीहरूलाई परेका समस्याहरूको समाधान, व्यवसायीहरूको आवश्यकताको पहिचान तथा हकहितका लागि महासंघको स्थापना भएको हो । महासंघ र जिल्ला संघहरू बीच सम्बन्ध सुमधुर हुन आवश्यक छ । महासंघ जिल्ला संघहरूको अभिभावक हो यद्यपि महासंघले अभिभावकत्वको भूमिका निर्वाह गर्न नसकेको यो अवस्थामा नेपाल सरकारको सरकारी निकायमा अन्य शिर्षकमा फर्म दर्ता गर्ने तर ईलेक्ट्रिक सामानहरू विक्री वितरण गरेको देखिन्छ । किराना पसल, भाडा पसल, गिफ्ट पसल तथा फर्निचर जस्ता फर्महरूमा इलेक्ट्रिक सामग्रीहरूको बिक्री वितरण भइराखेको छ । त्यसरी विद्युतीय पसल बाहेक अन्य पसलहरूमा विद्युतीय सामग्रीहरू बिक्रिका लागि राख्दा ती सामग्रीहरूको गुणस्तर खासै रहेको पाइदैन । यसरी बिक्री वितरण भएका सामानहरू गुणस्तरहिन हुने भएकोले यसको लागि नेपाल विद्युतीय व्यवसायी संघबाट विषेश पहल गर्नुपर्ने आवश्यकता देखेको छु । यसरी बिक्री वितरण भइ रहेको गुणस्तरहिन सामग्री खरिदबाट उपभोत्ताहरू ठगी रहेका छन् । नेपाल  विद्युतीय व्यवसायी महासंघले     व्यवसाय दर्ता गर्नका लागि आन्तरिक राजश्व कार्यालय, वाणिज्य कार्यालय , महानगरपालिका तथा उपमहानगरपालिक र नगरपालिकाहरुमा गई दर्ता गर्नुपर्ने झन्झटलाई हटाउन नेपाल सरकारको सम्बन्धित निकायसग विशेष पहल गर्नुपर्ने छ । त्यस्तै गुणस्तरीय एलईडि जन्य विद्युतीय सामग्रीहरूको आयातमा भन्सारदर शून्य गर्न महासंघले सरकार सँग पहल गर्नु पर्दछ । त्यस्तै महासंघमा जिल्ला संघहरूको विस्तार नभएको अहिलेको अवस्थामा जिल्ला संघहरू कै माध्यमबाट अन्य स्थानमा पनि जिल्ला संघ स्थापनामा जोड दिनु पर्दछ ।

आगामी डिसेम्बरमा महासंघले इलेक्ट्रोटेक मेलाको आयोजना गर्दै छ, यसमा संघको कस्तो भूमिका रहला ?

महासंघले आयोजना गर्दै आएको इलेक्ट्रो टेक मेलामा हामीले महासंघलाई आवश्यक सहयोग गर्दै आएका छौ । यो वर्षको मेलामा पनि हामीले महासंघलाई जस्तो किसिमको सहयोग आवश्यकता पर्दछ , हामी सम्पूर्ण सहयोग गर्न तयार छौ । यद्यपी महासंघले विगतका इलेक्ट्रोटेक मेलामा आफ्ना निकटका व्यक्तिहरूलाई बढि प्राथमिकता दिने अन्य व्यक्तिहरूलाई वेवास्ता गर्ने जस्ता अनियमिता भयो भन्ने सुनिन्छ । यसका बारेमा महासंघले यो पटक विशेष ध्यान दिन जरुरी छ । महासंघ र जिल्ला संघको गतिविधि तथा व्यवसायीहरूको समस्याका बारेमा भलाकुसारी गर्ने वातावरण तय गर्नुपर्दछ । 

महासंघले गुणस्तरीय सामग्री आयात गर्नु पर्ने विषय नारामा मात्र सीमित भएको भन्ने सुनिन्छ, यसमा तपाई के भन्न चाहनुहुन्छ ?

महासंघले गुणस्तरीय सामान हाम्रो प्रतिवद्धता भन्ने मूल नारा बनाए पनि यसको कार्यान्वयन भने भएको पाइदैन । गुणस्तरीय सामानहरू नेपाल भित्र आयात गर्नका लागि महासंघले पहल गर्नु पर्दछ । गुणस्तरहिन तथा अन्डरविलिङ्गका समस्याहरूको निरुत्साहित गरी यसको अन्त्य गर्नु पर्दछ ।

भन्सार विन्दुमा भन्सारपुस्तिकाहरूमा असमानता रहेको छ भन्ने सुनिन्छ, यसमा तपाई के भन्नु हुन्छ ?ं

हामीले भन्सार पुस्तिकाहरूमा हँुदै आएको असमानताका विषयमा महासंघलाई पटक पटक जानकारी गराउँदै आएका छौ । सामग्री आयात गर्दा भन्सार पुस्तिकाहरू समान हुनु पर्दछ, यस्तो किसिमको असमानताका कारण बोडर्र एरियामा बस्ने व्यवसायीहरू समस्यामा पर्ने गरेका छन् । हामीले सन्र्दभ मूल्याङकनका विषयमा महासंघलाई पटक पटक जानकारी गराउँदै आएका छौ तर यसका विषयमा महासंघले चासो दिएको भने पाइँदैन । 

देश संघियतामा गइसकेको अवस्थामा महासंघले कस्ता योजनाहरू अघि बढाएका छन् ?

देश संघियतामा गइसकेको अहिलेको अवस्थामा महासंघले संघियाता अनुरुप नै आफ्ना कार्य योजनाहरू निर्माण गर्नु पर्दछ । यसका लागि महासंघले पहल गर्दै आएको छ । विधान संशोधनका लागि महासंघले यस क्षेत्रका विज्ञ लक्ष्मी धितालको संयोजकत्वमा विधान संसोधन कार्य गर्ने कार्य हुँदै छ यसका लागि महासंघका प्रथम उपाध्यक्ष सुर्दशन पौड्याल, अध्यक्ष तेजनारायण खरेल, लगायत महासंघका सम्पूर्ण पदाधिकारीहरू लागि परेका छन् । आगामी साधारण सभा वा अधिवेशन सम्म महासंघ संघिय प्रणालीमा जाने देखिन्छ । 

महासंघ तथा जिल्ला संघहरूका लागि सरकारले कस्तो किसिमको सहयोग गर्नुपर्ला त ?

यो निकै गहन विषय हो । व्यवसायीहरू राजस्व तिर्दै आएका छन् । ती राजस्व तिर्ने व्यवसायीहरूका लागि प्रोत्साहन स्वरुप सरकारले राजस्व तिरेको आधारमा शिक्षा र स्वास्थ्य उपचार निशुल्क प्रदान गर्ने जस्ता व्यवसायीलाई प्रोत्साहन गर्ने कार्यहरू गरेको खण्डमा निकै राम्रो हुने थियो । त्यस्तै ऊर्जा क्षेत्रमा सरकारले विशेष ध्यान दिन जरुरी छ । ऊर्जा विना विकास सम्भव नहुने हुँदा यसमा सरकारले लगानी बढाउनु पर्दछ । महासंघ, जिल्ला संघ लाई पनि जलविद्युत उत्पादन का क्षेत्रमा लगानी गर्ने वातावरण सरकारले सिर्जना गर्नु पर्दछ । यदि लगानी गर्न सरकारले आह्वान गरेको खण्डमा रुपन्देही विद्युतीय व्यवसायी संघमा आवद्ध व्यवसायीहरु ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक रहेको छन् ।

महासंघ तथा जिल्ला संघहरूका अध्यक्षहरूको मिलेमतो मा नै कम गुणस्तरका विद्युतीय सामग्रीहरू आयात गर्ने गरेका छन् भन्ने सुनिएको छ, यसमा तपाई के भन्नु हुन्छ ?

 महासंघ तथा जिल्ला संघहरूका अध्यक्षहरूको मिलेमतो मा नै कम गुणस्तरका सामग्रीहरू नेपालमा आयात गर्दछन् भन्ने कुरा निराधार रहेको छ । गुणस्तरीय सामान आजको आवश्कता भन्ने नाराका साथ अगाडि बढि रहेको अवस्थामा  निराधार आरोपमात्र हो महासंघ तथा जिल्ला संघ नै गुणस्तरीय सामग्रीहरू आयात गर्नु पर्छ भन्ने विषयमा लागि परेको छ । सबैको चाहना गुणस्तर युक्त सामग्री भित्राई उपभोक्तालाई गुणस्तरयुक्त सामान प्रदान गर्नु नै मुख्य उद्धेश्य रहेको छ । त्यस्तै सरकारले सामग्रीहरूको मापदण्ड तोक्नु पर्दछ । सरकारले व्यवसायीहरूबाट राजस्व लिने मात्र होइन त्यसबाट व्यावसायिक क्षेत्रमा सहयोग पुग्ने खालका कार्य गर्नु आवश्यक छ ।  जस्तै भन्सार नाकामा गुणस्तरयुक्त साान हो या होइन भन्ने छुट्याउनका लाग प्रत्येक नाकामा ल्याब टेस्ट राख्नु पर्ने आवश्यकता रहेको छ । आजको २१औं शताब्दीमा युवा पिढी विदेशी रहेको अवश्थामा नेपाल सरकार बाट तयारी सामान भन्दा उत्पादन का लाग आउने कच्चा पदार्थमा भन्सार दर कम गर्नुपर्ने विशेष आवश्यकता देख्छु । 

सामग्रीहरू आयात गर्दा भन्सार मूल्य फरक हुने गरेको छ भन्ने सुनिन्छ नि, यसमा तपाई के भन्नु हुन्छ ?

कुनै पनि सामग्रीहरू आयात गर्दा भन्सारमा भन्सार मूल्य फरक–फरक हुने गरेको छ । एउटै सामग्रीको भन्सार मूल्य पनि फरक–फरक हुने गरेको छ । भन्सार मूल्यमा समानता कायम गर्नका लागि महासंघले जिल्ला संघहरू सँग सन्दर्भ मूल्याङकन मागेको थियो र जिल्ला संघले सन्र्दभ मूल्याङकन महासंघलाई बुझाएको पनि छ । यद्यपी यसको कार्यान्वयन भएको छैन । सामग्रीहरू आयात गर्दा भन्सारमा अझै पनि मूल्य फरक हुने गरेको छ । हामी जिल्ला संघहरूले सन्र्दभ मूल्याङकन महासंघलाई पठाए पछि सो सम्बन्धमा काम भयो या भएन, काम नभएको भए किन भएन भनि महासंघले सम्बन्धित निकायलाई झकझक्याउनु पर्ने हो तर यस विषयमा पनि महासंघ निष्क्रिय रहेको देखिन्छ । 

लोडसेडिङ्ग अन्त्य सम्भव छ ?

लोडसेडिङ्ग अन्त्यका लागि कुलमान घिसिङले पु¥याउनु भएको योगदान अविस्मरणीय छ । यदि कुलमान घिसिङले लोडसेडिङ्ग अन्त्यका लागि पहल नगरेको भए आज सम्म पनि नेपाल लोडसेडि को मार खेप्नु पर्ने स्थिति सिर्जना हुने थियो । यद्यपि पूर्ण रुपमा लोडसेडिङ्ग अन्त्य भने भएको छैन । त्यस्तै लो भोल्टेज र हाई भोल्टेजको समस्या उस्तै रहेको छ । यसको सुधार गर्न आवश्यक छ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?

देश संघियतामा गईसकेको अवस्थामा लोडसेडिङ्ग, लो भोल्टज र हाइ भोल्टेज सधैंका निम्ती अन्त्य गर्नुपर्नेछ । नेपाल सरकारबाट उर्जा क्षेत्रमा कम उर्जा खपत हुने किसिमका एलइडी जन्य समानहरुको आयातमा भन्सार दर  न्युन गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया