भर्खरै

 विपद् आउनु पूर्व नै सचेत हुनुपर्छ

  • प्रकाशित मिति : Wed-18-Jul-2018
  • - रुपा तुलाधर
title

वर्षायाम सुरुभए सँगै वर्षा हुनु स्वभाविक हो । यद्यपी गत बुधबार राति भएको वर्षाले भक्तपुरका दुई नगरपालिका डुबानमा परेको छ । एकै रातमा परेको भीषण वर्षाले भक्तपुर क्षेत्र डुबानमा परेको हो । भक्तपुरका नयाँ ठिमी शंखधर साख्वा चोक, राधेराधे, कौशलटारको रेडक्रश मार्ग, बालकोट जाने चारदोबाटोको पुल, बुढाथोकी गाउँ क्षेत्र डुबानमा पर्दा करोडांैको क्षति भएको छ । हनुमन्ते खोला उर्लिएर बस्तीमा पस्दा भक्तपुर क्षेत्र डुबानमा परेको हो । 
शहरीकरण बढ्नु ठूला, ठूला भवनहरू निर्माण भई, बस्ती विस्तार हुनु, खेतीयोग्य जमिनमा घर तथा भवन निर्माण गर्नु, जग्गाहरू प्लटिङ गरी बिक्रि गर्नु, नदी किनार अतिक्रमण गरी भवन निर्माण गर्ने जस्ता मानवीय क्रियाकलापका कारण गत बुधबार बस्तीमा बाढी पसी डुवानमा परेको हो । भक्तपुर क्षेत्र डुबानमा पर्दा स–साना टहराहरू भत्किएका छन् भने करडौ रुपैयाको क्षति समेत भएको छ । बाढीले भक्तपुरमा जनधनको ठूलो क्षति पुर्याएको छ । बाढीकै कारण भक्तपुर चाँगुनारायण मझुवा गाउँका एकै परिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय हिरा लामा, उनकी ६५ वर्षीय पानमाया लामा र २ वर्षकी नातीनि सम्पदा लामाको मृत्यु भएको छ । त्यस्तै काभ्रेमा पनि बाढी का कारण एक जनाको मृत्यु भएको छ भने तीन घर बगाएको छ । बुधबार राती नै परेको अविरल वर्षाका कारण काभ्रेको पनौती, रोसी, पाँचखाल डुवानमा परेको थियो भने पहिरो समेत गएको थियो । काभ्रेको पूर्णमाता खोलामा आएको बाढीका कारण काभ्रेको पुलबजारमा पार्किङ गरी राखेका सवारीसाधन डुबानमा परेका थिए। त्यस्तै बनेपा र पनौतीका घरहरू, धनेश्वर जाने पुल क्षेत्र, धुलिखेल जाने तरकारी बजार डुबानमा परेको थियो । बुधबार देशभर परेको वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरो गएको थियो । 
बाढी पहिरोका कारण देशभर धन जनको ठूलो क्षती भएको छ । बस्ती भित्रै बाढीको प्रकोप बढ्नु, डुबानमा पर्नुका कारण बाक्लो बस्ती, खोला अतिक्रमणका कारण प्रमुख रहेको देखिन्छ । सहरी क्षेत्र नै डुवानमा पर्नु दुःखद विषय हो । यद्यपी डुबानमा पर्नुको प्रमुख कारक तत्व भने मानव नै हो । विगत दुई दशक यता बस्तीहरू बढेसँगै खोला छेउ छाउका जग्गा अतिक्रमण गर्ने प्रविृत्तिको तिव्ररुपमा विकास भएको देखिन्छ । खोलाले ओगटेको क्षलाई नै मानिसले अतिक्रमण गर्न थाले पनि खोलाले आफ्नो क्षेत्र नछोड्दा बस्ती डुबानमा परेको हो । मानिसले गरेको अमानविय व्यवहारका कारण नै बस्ती डुबानमा परेको हो । यसबाहेक जलवायु परिवर्तन पनि अर्को कारण हो । जलवायु परिवर्तनका कारण अनाबृष्टि, अल्पबृष्टि, खण्डवृष्टि हुने गरेको देखिन्छ । पानी परे पनि एकै पटक ठूलो पानी पर्ने जस्ता समस्याहरू देखा पर्ने गरेका छन् । त्यस्तै बस्ती बस्ने परिपाटी नमिल्दा पनि डुबानमा पर्ने गरेको हो । नेपालमा बर्षेनी डुबानका कारण करोडांै धनजनको क्षती हुने गरेको छ । गत वर्ष पनि तराईका विभिन्न क्षेत्रमा बाढीका कारण सयौ घर बस्ती डुबानमा परेका थिए भने धेरैले आफ्नो ज्यान गुमाएका थिए । यो वर्ष झनै उपत्यका भित्र नै बाढीका कारण डुबानमा परेका छन् । यसरी बाढीका कारण वर्षेनी धनजनको क्षति हुनु दुःखद विषय हो । बाढी प्राकृतिक प्रकोप हो यद्यपी यसको रोकथाम भने गर्न सकिन्छ । कतिपय मानवीय कारणले गर्दा पनि बस्ती डुबानमा पर्ने गर्दछ । बाढी बस्तीमा पस्न नदिनका लागि खोला छेउमा बस्ती नबसाल्ने, खेती होचो ठाउँ, खोला किनारामा खेती गर्ने, केही भिरालो ठाउँमा बस्ती बसाल्ने, केही उच्च ठाउँमा वृक्षारोपण गर्ने गर्दा पनि जगंलले पानी सोसर बाढी जानबाट रोक्ने गर्दछ । त्यस्तै बाढी कुनबेला जान सक्छ र कसरी जान्छ भन्ने कुरा अनुमान गर्न नसकिने हुँदा यसबाट बच्नका लागि पूर्व तयारी गर्ने, जग्गा ढलान गरी प्लटिङ नगर्ने, घर कम्पाउन्डीङ गर्दा ईटा को प्रयोग नगरी जालीहरूको प्रयोग गर्ने गर्दा पनि भारी वर्षादको समयमा पनि पानी सजिलै बगेर जाने हुँदा यस्ता उपायहरू अपनाउन सकिन्छ । त्यस्तै सरकारले पनि यस विषयलाई बढी प्राथमिकता दिन जरुरी छ । वर्षायाममा हुन सक्ने डुबान तथा बाढी पहिरोको समस्यालाई आउनु पूर्व नै सचेत भई यसका लागि के गर्न सकिन्छ सो का बारेमा पहिले नै निर्णय हुनु जरुरी छ । त्यस्तै सरकारले सार्वजनिक जग्गा, नदीको क्षेत्राधिकार सम्बन्धि विभिन्न नीति नियमहरू निर्माण गरेका छन् । ती नीति नियमको कार्यान्वयन गर्दै जानु पर्दछ । त्यस्तै आफ्नो टोल छिमेक हरियाली बनाउनका लागि अब स्थानीय सरकारले पहल गर्नु पर्दछ । बाढी आउनु पूर्व जानकारी दिने प्रविधिहरूको विकास गर्दै जानु पर्दछ । जसले गर्दा धनजनको क्षति हुनबाट बच्न सकिन्छ । सरकारले पछिल्लो समयमा बाढी आउनु पूर्व नै सम्भावित दुर्घटना न्यूनिकरण र दुर्घटनाबाट हुन सक्ने क्षति कम गर्नका लागि करिव ४ सयको हाराहारीमा सुरक्षाकर्मीको र हेलिकप्टर तयारी अवस्थामा राखेका छन् । विपद् व्यवस्थापनका लागि सरकारले गरेको यस्तो किसिमको तयारी निकै नै राम्रो रहेको छ । तथापि यस्ता कार्यलाई बाढी पहिरो जान सक्ने सम्भावित सबै ठाउ्रँहरूमा गर्नु पर्दछ भने वर्षायाममा त्यस्ता घटनालाई प्राथमिकताका साथ अघि बढाउनु पर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago