भर्खरै

“प्राविधिक क्षेत्रमा सीप भए बेरोजगार बन्नु पर्देन”

  • प्रकाशित मिति : Thu-26-Jul-2018
  • - अनिल बज्राचार्य, प्रमुखः रोजगार तथा परामर्शदाता केन्द, बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी कलेज
title

विश्वले प्राविधिक क्षेत्रमा फड्को मारी रहेको अवस्थामा नेपालमा पनि प्राविधिक क्षेत्रमा युवायुवतीहरूको आर्कषण बढ्दै गएको छ । प्राविधिक क्षेत्र अन्र्तगत विभिन्न किसिमका तालिमहरू लिई रोजगार तथा स्वारोजगार बन्न सकिन्छ । अहिलेको समयमा देशको आर्थिक विकासका लागि प्राविधिक जनशक्ति आवश्यक छ । देशले प्राविधिक जनशक्ति आवश्यक मात्रामा उत्पादन गर्ने हो भने देश समृद्धिको बाटोमा जान सक्छ । यसै सन्र्दभमा बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी कलेज अन्र्तगत रोजगार तथा परामर्श केन्द्रका प्रमुख अनिल बज्रार्चाय सँग नेपालमा प्राविधिक शिक्षाको अवस्था, प्राविधिक शिक्षा प्रति सरकारले देखाएको चासो, दातृ निकायहरूको सहयोग, प्राविधिक शिक्षामा बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी कलेज को भूमिका, प्राविधिक शिक्षा प्रति युवाहरूको चासो लगायतका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी कलेजको परिचय दिनुहोस् न । 

बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजीका नेपालको इतिहासमा नै पहिलो प्राविधिक विद्यालय हो । स्वीस सरकारको आर्थिक सहयोगमा वि.स २०१८ सालमा यस विद्यालयको स्थापना भएको हो । नेपालमा पनि प्राविधिक शिक्षाको सम्भाव्यता तथा आवश्यकता महशुस गरी स्थापना भएको यस कलेजबाट स्थापनाका समयमा सामन्य जनरल मेकानिकल तचबष्लष्लन मात्र दिने गरिन्थ्यो । सन् १९७८ बाट मेकानिकल ट्रेडबाट इलेक्ट्रिकल ट्रेड हुदै स्यानेटेरी टे«डमा विस्तारित भयो । सुरुमा यस कलेजको नाम मेकानिकल ट्रेडिङ सेन्टर (MTC)  रहेको थियो । त्यस्तै यो कलेज सन् १९९१ देखि २००७ सम्म बालाजु प्राविधिक प्रशिक्षण केन्द्र रहेको थियो भने सन् २००७ पछि बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजीका रुपमा रहेको छ । 
यस कलेजमा वि .सं २०६२ सालमा इलेक्ट्रिक इन्जिनियरीङ्ग तर्फ डिप्लोमाका कक्षा सञ्चालन भएको थियो भने वि.स २०६७ साल देखि सिभिल इलेक्ट्रिक इन्जिनियरीङ्ग तर्फ डिप्लोमा कक्षा संचालन हुँदै आएको छ । त्यस्तै वि .सं २०७१ मा डिप्लोमा इन् मेकानिकल इन्जिनियरीङ्ग र डिप्लोमा इन अप्थालिन साईन्स पनि समावेश गरिएको छ । TSEE  तर्फ मेकानिकल, इलेक्ट्रिकल र स्यानेटेरी इन्जिनियरीङ्ग विषयमा १८ महिना अध्यापन गराउँदै आएको छौ । त्यस्तै औपचारिक शिक्षा नलिएकाहरूका लागि सीप युक्त व्यावसायिक तालिम प्रदान गरी रोजगारी तर्फ उन्मुख गराउनका लागि पनि विभिन्न तालिमहरू समय समयमा प्रदान गर्दै आएका छौ । हामीले वार्षिक १ हजार देखि १५ सय जनालाई मार्केट वरेन्टेड सर्ट कोर्स तालिम सञ्चालन गर्दै आएका छौ । त्यस्तै हाल आएर हामीले इलेक्ट्रिकल र मेकानिकल क्षेत्रमा २४ महिने औद्योगिक प्रशिक्षण (ऐप्रेन्टिेसीप) तालिम पनि प्रदान गर्ने भएका छौ । युरोप तीर औद्योगिक प्रशिक्षण अत्यन्तै प्रभावकारी र सफल भएको हुँदा हामीले यो वर्ष देखि नेपालमा पनि यसको प्रयोगमा ल्याउन लागिएको हो । 

औद्योगिक प्रशिक्षणका सम्बन्धमा यस कलेजले हालै अन्नपूर्ण होटलमा गरेको अन्र्तक्रिया कार्यक्रम कस्तो रहयो ? 

हामीले हालै ल्याउन लागेको औद्योगिक प्रशिक्षण तालिम नयाँ हो । उद्योग धन्दामा काम गर्ने रोजगारदाताहरूलाई मध्यनजर गर्दै हामीले औद्योगिक प्रशिक्षण तालिम ल्याउदै छौ । सो विषयमा आम उद्योग व्यवसायी तथा रोजगारदाताहरूलाई जानकारी दिनका लागि हामीले कार्यक्रम सञ्चालनमा ल्याएका हौ । अन्र्तक्रिया कार्यक्रममा ह्न्योञ्जन इलेक्ट्रिक, सिप्रदि , सिइ कन्ट्रक्सन लगायत सबै रोजगारदाताहरूले औद्योगिक प्रशिक्षण तालिम देशको लागि आवश्यक रहेको बताएका थिए । औद्योगिक प्रशिक्षण तालिम सम्बन्धि भएको अन्र्तक्रिया कार्यक्रम समग्रमा सकारात्मक नै रहेको थियो । 

कलेजले हाल सम्म कुन कुन विषयमा अध्यापन गराउँदै आएको छ ? र छोटो अवधिमा कस्ता कस्ता तालिमहरू संचालन गर्दै आएको छ ? यसका बारेमा बताई दिनुहोस् न ।

बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजि कलेजलमा TSEE तर्फ तीन ओटा विधामा र डिप्लोमा तर्फ चार ओटा विधामा अध्यापन गराउँदै आएका छौ । TSEE तर्फ ४०÷४० जनाको कोटामा मेकानिकल, इलेक्ट्रिकल र स्यानेटेरी इन्जिनियरीङ्ग विषयमा अध्यापन गराउँदै आएको छौ । त्यस्तै डिप्लोमा तर्फ मेकानिकल इन्जिनियरीङ्ग, सिभिल इन्जिनियरीङ्ग, इलेक्ट्रिक इन्जिनियरीङ्ग अप्थालिन साईन्स विषयमा अध्ययन गराउँदै आएको छ । छोटो अवधिका तालिमहरू मा हामीले डकर्मी, विल्डिङ इलेक्ट्रिसियन, इन्ड्रस्टि इलेक्ट्रिसियन, हाउस वल्डर प्लम्बर, वेल्डर, क्तचगअतगचब िँबदचष्अबतयच, आल्मोनियम फ्यब्रिकेटर, त्यस्तै औद्योगिक कर्मचारीहरू पनि आफ्नो क्षमता अभिवृद्धिका लागि तालिम लिन आउने गर्दछन् । हामीले यो वर्ष छोटो अवधिको तालिम अन्र्तगत १२ सय जना लाई तालिम प्रदान गरेका थियौ । 

यस कलेज बाट छोटो अवधिको तालिम नै वार्षिक एक हजार देखि १५ सय जना लाई प्रदान गर्दै आईरहेको छ । जनशक्ति व्यवस्थापन गर्न कत्तिको गाह्रो छ ?

अहिलेको परिवेशमा वार्षिक हजार देखि १५ सय जनालाई तालिम प्रदान गर्नु चुनौतीको बिषय हो । यद्यपि प्राविधिक क्षेत्रको तालिम प्रदान गर्नका लागि नेपालको सबै भन्दा राम्रो, गुणस्तरीय ल्याव, ओर्कशप,टुल्स, मेसिन तथा आवश्यक सामग्री प्रशस्त रहेका छन् । हामीले आवश्यकता अनुसार छोटो अवधिका तालिम अन्र्तगत इलेक्ट्रिकल, मेकानिलमा एकै पटक एक सय जना सम्मलाई तालिम प्रदान गर्न सक्छौ । हामीले रसुवा, काभ्रे, धादिङ, गोरखा लगायत विभिन्न जिल्लाका ग्रामीण भेगहरूमा गई त्यहाँको आवश्यकता अनुसार अन्य तालिम प्रदान गर्दै आएका छौ । त्यस्तै हामी सँग प्रशस्त प्राविधिक प्रशिक्षकहरू रहेको हुँदा हामीले वार्षिक १ हजार देखि १५ सय जनालाई तालिम प्रदान गर्न सफल भएका हौ । 

छोटो अवधिको तालिम प्रदान गर्दा आर्थिक व्यवस्थापन कसरी गर्दै आउनु भएको छ ?

 सरकारले स्थानिय स्तर बाट नै गाउँ गाउँमा युवाहरूलाई रोजगारी प्रदान गर्ने प्रविधिक शिक्षामा जोड दिने भने पनि प्राविधिक शिक्षा तर्फ देशको कुल शिक्षालाई दिने बजेट ३ प्रतिशत प्रदान गर्दै आएको छ । प्राविधिक शिक्षाका लागि जुन निकै नै न्यून रहन्छ । हाल प्राविधिक शिक्षामा डोनर एजेन्सीहरू जस्तो स्किल डेभलपमेन्ट प्रोजक्ट एडिवि, स्वीस सरकारको इन्स्योर, त्यस्तै लुमन्ति, नेपाल रेडक्रस जस्ता आइएनजियो, एन्जियोहरू मार्फत, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हामीलाई आर्थिक सहयोग गरेको छ । जसले गर्दा आर्थिक भार व्यवस्थापन गर्न सहज भएको छ । हामीलाई यदि कसैले सहयोग नगर्ने हो भने वास्तवमा हामीले यति धेरै जना लाई तालिम प्रदान गर्न सक्दैन थियौ । अहिले हामीले प्रदान गर्ने छोटो अवधिका सबै तालिमहरू निशुल्क हुन् यद्यपि तालिम लिन विद्यार्थीहरू पाउन पनि कतिपय स्थानहरूमा गाह्रो रहेको छ । 

प्राविधिक शिक्षामा यस कलेजको भूमिका कस्तो रहेको छ ?

यस कलेज प्राविधिक शिक्षा प्रदान नेपालको नै पहिलो कलेज हो । यसर्थ प्राविधिक शिक्षामा यस कलेजको महत्वपूर्ण भूमिका रहन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सबै निकायहरूमा गाउँ गाउँमा कसरी प्राविधिक विद्यालय खोल्ने भन्ने नीतिगत कुरा गर्दछ भने राज्यले बनाएको नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्न, वर्कसपहरू कस्तो हुनु पर्दछ, सुविधा कस्तो हुनु पर्दछ, शिक्षकहरू कस्तो हुनु पर्दछ भन्ने विषयमा हामीले सहयोग पुर्याउदै आएका छौ । 

 

यस कलेजबाट तालिम लिएर गएकाहरूले कत्तिको प्रभावकारी रुपमा काम गर्दै आएका छन्  ? 

यस कलेजको आफ्नै प्रतिष्ठा रहेको छ । यस कलेजबाट तालिम लिएर आएका तथा अध्ययन गरेर आएका विद्यार्थीहरूको बजारमा छुटै स्थान रहेको छ । यहाँबाट तालिम लिएर गएकाहरू मध्ये ८० प्रतिशत भन्दा बढी काम गर्दै छन् । अझै बजारमा प्राविधिक शिक्षा लिएका दक्ष प्राविधिकहरूको माग बढी रहेको छ । हामीले रोजगारदाताहरू सँग छलफल गर्दा यस कलेजको भनेपछि माग बढ्ने गरेको भए पनि पहिलाको तुलनामा विद्यार्थीहरूको सिकाइमा केही कमजोरी भएको प्रतिक्रियाहरू आइरहेका छन् । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौ । हामी यसलाई सुधार गर्दै जाने छौ । 

कलेजबाट हाल सम्म विषयगत अध्ययन गर्ने विद्यार्थीको संख्या कति रहेको छ ? तथ्याङ्कगत डाटा को बारेमा बताईदिनुहोस् ।

कलेजबाट हाल सम्म अध्ययन गर्ने विद्यार्थीहरू TSEE  तर्फ २७ सय जना , छोटो अवधिको तालिम १२ हजार दुई सय ५४ जना , डिप्लोमा इलेक्ट्रिक इन्जिनियर ३ सय ४० जना, डिप्लोमा सिभिल इन्जिनियरीङ ८६ जना विद्यार्थीहरू उत्पादन गरि सकेका छौ भने डिप्लोमा मेकानिकल इन्जिनियरीङ्ग तर्फ यो वर्ष नै पहिलो ब्याज हो ।
 
तालिम प्रदायक संस्थाहरूले समय सापेक्ष तालिम प्रदान गर्न सकेको छैन भन्ने सुनिन्छ यसमा तपाई के भन्न चाहनु हुन्छ ?

अहिले प्रविधिको यो युगमा निकै छिटो छिटो नयाँ नयाँ प्रविधिहरूको विकास हुने गरेको छ । व्यावसायिक शिक्षा तथा तालिम परिषदले निर्धारण गरेको पाठ्यक्रम अनुसार हामीले तालिम प्रदान गर्ने हो यसो हुँदा हामीले उत्पादन गरेका विद्यार्थीहरू बजार सम्म पुग्दा प्रविधिको विकासले बजारमा अर्कैै प्राविधिकहरूको माग हुने गर्दछ । जसले गर्दा तालिम समय सापेक्ष नदेखिएको हो । यसका लागि दुई तीन वर्षमा रोजगारदाताहरूको परार्मशमा पाठ्यक्रम परिवर्तन गर्नु पर्दछ । 

तालिम प्रदायक कतिपय संस्थाहरू आफ्नो संस्थालाई झोलामा राखेर हिड्ने पनि गरेको छ भन्ने सुनिन्छ , यसमा तपाई के भन्नु हुन्छ ?

नेपालमा प्रत्येक वर्ष रोजगारीका लागि बजारमा ४ लाख युवाहरू आउने गर्दछन् । यस मध्ये १० प्रतिशत अर्थात् ४० हजार जना प्राविधिक शिक्षाका लागि आउने गर्दछ । हामीले देशको आवश्यकता र माग अनुसार प्राविधिकहरू उत्पादन गर्न सकेका छैनौ र बजारमा आउने सबै जना लाई पनि प्राविधिक शिक्षा दिन सकेका छैनौ । यस्तो अवस्थामा तालिम प्रदायक संस्थाहरू आउनु सान्र्दभिक छ । तर कतिपय संस्थाहरू भने तपाईले भने जस्तै झोलामा आफ्नो संस्था राखेर हिड्ने गरेका छन् । संस्थाहरू यस्तो हुनुका पछाडि त्यसलाई मोनिटरीङ गर्ने, सुपर भिजन गर्ने, मूल्याङ्कन गर्ने प्रणालीको उचित विकास नहुनु हो । हामीले तदारुकताका साथ संस्थाहरूको मोनिटरीङ्ग, सुपर भिजन, मूल्याङ्कन गर्ने गर्यौ भने त्यस्ता संस्थाहरू आफै निरुत्साहित भएर जान्छन् । 

दातृ निकायहरूले प्राविधिक शिक्षाका लागि दिएका पैसा पचाउनको लागि मात्र इन्च्यिुटहरूले छोटो अवधिको तालिम गर्ने गरेको भन्ने पनि सुनिएको छ नि ?

दातृ निकायहरूले पिछडिएका, दलित, महिला, जनजाति, द्धन्द पीडित, उत्कृष्ठ अंक ल्याए पनि विद्यालय शिक्षा बाट बन्चित भएका, गरिव तथा जेहेनदार विद्यार्थीहरू लाई रोजगारी मूखि तालिम प्रदान गरी तत्कालै रोजगारी प्रदान गर्ने भन्ने उद्धेश्यले आर्थिक सहयोग गरिरहेका हुन्छन् । दातृ निकायको सहयोगमा ग्रामीण क्षेत्रमा रहेका युवाहरूलाई निशुल्क तालिम प्रदान गर्ने हो । तर तालिम प्रदायक संस्थाहरूको सुपरिवेक्षण, मूल्याङकन फितलो भयो भने दातृ निकायले दिएको आर्थिक सहयोग बालुवामा पानी हाले सरहनै हुन्छ । 

दातृ निकायहरूले नेपालमा प्राविधिक क्षेत्रको विकासका लागि प्रति आर्थिक वर्ष कति जति आर्थिक सहयोग गर्दैै आएको छ ?

प्राविधिक क्षेत्रको विकासका लागि दातृ निकायहरूले यति नै आर्थिक सहयोग गरेको छ भन्ने एकिन तथ्याङ्क त छैन । यद्यपी पाँच वर्षको अवधिका दातृ निकायहरूले धेरै राम्रो सहयोग गर्दै आएको छ । विभिन्न देशका दातृ निकायहरूले नेपालको प्राविधिक क्षेत्रको लागि, युवाहरूलाई प्राविधिक ज्ञान तथा सीप प्रदान गरी रोजगारी प्रदान गर्नका लागि सहयोग गर्दै आएको छ । 

औद्योगिक प्रशिक्षण तालिमको उपयोगिता बारे बताईदिनु होस् न । 

यहाँले एकदमै राम्रो प्रश्न गरिदिनु भो । औद्योगिक प्रशिक्षण तालिम उपयोगी तालिम हो । यो देशभर प्रशिक्षणमा आउँछ । औद्योगिक प्रशिक्षण तालिम रोजगारी मुखि हुनुका साथै दक्ष जनशक्ति उत्पादनमा समेत सहयोग पुर्याउछ । कुनै पनि विद्यार्थी त्यति बेला सम्म दक्ष हुदैन जब सम्म तालिम लिने विद्यार्थी प्रयोगात्मक रुपमा नै कुनै उद्योग तथा रोजगारदाताकोमा गई काम गरेको हुँदैन । हामीले औद्योगिक प्रशिक्षण तालिम २४ महिनाको अवधिका लागि हो । त्यस मध्ये तीन महिना कलेजमा अध्ययन गराउ छौ भने बाँकी समय उद्योग तथा रोजगारदाताहरूको पठाउने गर्दछौ । यसबाट विद्यार्थीको दक्षता वृद्धि हुनुका साथै आर्थिक उर्पाजन पनि हुने गर्दछ । २४ महिनाको औद्योगिक प्रशिक्षणबाट सबओभरसियर सरहको मान्यता पनि प्राप्त गर्न सकिन्छ । औद्योगिक प्रशिक्षण तालिम लिइसके पछि रोजगारी पाउने सम्भाव्यता त बढी हुन्छ नै त्यसका अलवा आफैले पनि उद्योग व्यवसाय सञ्चालन गर्न सक्दछ् । त्यसैले यो तालिम उपयोगी रहेको छ । 

औद्योगिक प्रशिक्षण तालिम नेपालका लागि समय सापेक्ष छ त ?

औद्योगिक प्रशिक्षण तालिम नेपालमा पहिले नै आउनु पर्ने थियो । तर आज भन्दा १० वर्ष अगाडि जनआन्दोलन, लोडसेडिङ्ग लगायत विभिन्न कारणले उद्योगहरू फस्टाउन सकेको थिएन । अहिले उद्योग क्षेत्रमा पनि लोडसेडिङ्ग अन्त्य हुने क्रममा छ । यसो हुँदा उद्योगहरूमा उत्पादन वृद्धि गर्नका लागि बढी दक्ष जनशक्तिको आवश्यक पर्ने देखिन्छ । उद्योग धन्दाहरूमा दक्ष जनशक्तिको पूर्ति गर्न औद्योगिक प्रशिक्षण पनि उपयोगी रहने देखिन्छ । 

बालाजु स्कुल अफ इन्जिनियरीङ एण्ड टेक्नोलोजिको भविष्य कस्तो देख्नु भएको छ ?

बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजीको आफ्नो छुटै पहिचान रहेको छ । हामी तथ्याङ्कमा आधारित भएर काम गर्ने हो । विगतको तथ्याङ्क र अहिलेको तथ्याङ्कलाई हेर्ने हो भने यस कलेज प्रति आर्कषण बढ्दो नै रहेको छ । तसर्थ यसको भविष्य राम्रो रहेको छ । हामीले देशको लागि प्राविधिक जनशक्ति उत्पादन गर्ने हो तर त्यसमा आजभोली विद्यार्थीहरू आउन हिचकिचाउने गरेको देखिन्छ । विद्यार्थीहरू सकेसम्म अफिस भित्र नै कलम चलाएर जागिर खान खोज्दछन् । तर प्राविधिक तालिम लिएकाहरूले नेपालमा नै राम्रो आर्थिक उपार्जन गर्न सक्छन् । बेरोजगार युवाहरूलाई प्राविधिक तालिम प्रति आर्कषण गराउन जरुरी छ । बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी प्राविधिक क्षेत्रको नमुना कलेज हो । यहाँ आएर अध्ययन गर्न पाउनु विद्यार्थीहरूको लागि सुर्वण अवसर हो । यस कलेजको भविष्य मैले अझै उज्जल देखेको छु । 

यस कलेजलाई सरकारले अझ कस्तो किसिमको सहयोग गर्नु पर्ला ?

 प्राविधिक जनशक्तिको आवश्यकता देशमा अति नै छ । सरकारले प्राविधिक शिक्षाका लागि आवश्यक बजेट प्रदान गर्ने भने पनि बजेट निष्कासन पर्याप्त मात्रामा गरेको देखिदैन । त्यस्तै प्रयोगात्मक सामग्रीहरू समय अनुसार परिर्वतन गर्दै जानु पर्दछ । राज्यको तर्फबाट प्राविधिक शिक्षाका लागि पर्याप्त बजेट र समयसापेक्ष प्रयोगात्मक सामग्रीहरू प्रदान गर्न सके अझै राम्रो हुने थियो । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?

समृद्ध नेपालको लागि सीप युक्त नेपाली भन्ने नाराकाले नै प्राविधिक शिक्षाको महत्व दर्शाउँछ । प्राविधिक शिक्षा देशको लागि जरुरी छ । रोजगार तथा स्वरोजगार बन्नका लागि प्राविधिक शिक्षा लिन म आम नेपाली युवायुवतीहरूलाई आग्रह गर्दछु । प्राविधिक क्षेत्रमा सीप भए बेरोजगार बनेर 
बसिराख्नु पर्दैन । 

प्रतिक्रिया