भर्खरै

३ पाङ्ग्रे सवारीसाधनमा रोक र त्यसको असर 

  • प्रकाशित मिति : Wed-01-Aug-2018
  • - रुपा तुलाधर
title


तीन पाङ्ग्रे सवारी साधन (विद्युतीय रिक्सा तथा अटो)सानो तथा यात्रुहरू आवतजावत गर्न सहज भएकाले यस प्रति सर्वसाधारणको आर्कषण बढे संगै तीन पाङ्ग्रे सवारी साधनको संख्यामा पनि वृद्धि भएको छ । छोटो दुरीमा यात्रुहरू आवतजावत गर्न यो सजिलो साधन हो, यद्यपि तीन पाङ्ग्रे सवारी साधनका विषयमा पछिल्लो समयमा विभिन्न विवादहरू उठ्दै आएको छ । कहिले यात्रु ठगिएको, कहिले विना लाइसेन्स सवारी सञ्चालनमा ल्याएको तथा कहिले ट्राफिक व्यवस्थापन बिगारेको आरोप तीन पाङ्ग्रे सवारी साधनलाई लाग्दै आएको छ । सानो सवारी साधन भएकाले साना सडकमा पनि सहजै लैजान सकिन्छ । यो सवारी सचालनमा सहज भएको कारणले नै भरतपुर महानगरपालिका पूर्व–पश्चिम लोकमार्ग, बाइपास रोड र नारायणगढ मुग्लिन सडक खण्डमा तीन पाङ्ग्रे सवारीसाध न व्यापक रुपमा विस्तार भएको छ । यसको विस्तार भए सँगै मूख्य रुपमा ट्राफिक समस्याका कारण अहिले यी सवारीसाधनमा रोक लगाउने प्रयास भइरहेको छ । 
तीन पाङ्ग्रे सवारीसाधनका कारण ट्राफिक जाम हुने, दुर्घटना बढ्ने जस्ता समस्या उत्पन्न भएकाले भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएको छ । यस सवारीसाधन प्रति सर्वसाधरणको आर्कषण बढ्दै गए पनि तिव्र रुपमा तीन पाङ्ग्रे सवारी साधनको संख्या बढ्नु, चालकले मनलाग्दि ढंगबाट सर्वसाधरण सँग भाडा अशुल्नु, जस्ता कार्यका कारण महानगरपालिकाले राजमार्गका मूख्य सडक खण्डमा यी सवारी साधन गुड्न रोक लगाएको हो । तीन पाङ्ग्रे सवारीको वृद्धि हुनु यस प्रति सर्वसाधारणको आर्कषण बढ्नु सकारात्मक पक्ष हो । सवारी साधनमा वृद्धि हुँदा रोजगारीको अवसर सिजर्ना हुन्छ भने आत्मनिर्भर पनि बन्दै जान्छ । यसरी हेर्दा तीन पाङ्ग्रे सवारी साधनमा वृद्धि हुनु राम्रो पक्ष हो । तर सडकमा आवश्यक भन्दा बढी सवारी साधन आवतजावत गर्दा सडक जाम हुने, दुर्घटनाको जोखिम बढ्न जाने भएकाले यसको नियन्त्रण हुनु जरुरी छ । 
महानगरपालिकाले मुख्य सडकमा तीन पाङ्ग्रे सवारीसाधन रोक लगाउन खोज्नु अहिलेको अवस्थामा स्वभाविक नै रहेको छ । तत्कालको अवस्थामा तीन पाङ्ग्रे सवारीसाधनमा रोक लगाउनु चालक तथा व्यवसायीका लागि अस्वभाविक जस्तो देखिए पनि सफा, सुन्दर सहर तथा तीन 
पाङ्ग्रे सवारीसाधनका कारण हुने र्दुघटना न्युनीकरणका लागि दीर्घकालिन सोच सहित महानगरपालिकाले गरेको अहिलेको काम स्वागत योग्य रहेको छ । तीन पाङ्ग्रे सवारीसाधन सर्वसाधारणका लागि तथा वातावरणीयका दृष्टिले पनि उपयुक्त छ । पेट्रोल तथा डिजेलको प्रयोग गर्नु नपर्ने विद्युत तथा ग्यास बाट सञ्चालन हुने तीन पाङ्ग्रे सवारीसाधन वातावरणका दृष्टिले उपयुक्त भए पनि आवश्यकता भन्दा पनि बढी हुँदा यसले दुर्घटना निम्त्याउन सक्दछ । तसर्थ आफ्नो क्षेत्र तथा स्थानको आवश्यकतालाई मध्यनजर गर्दै तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा ल्याउनु पर्दछ । 
महानगरपालिकाले मूख्य सडकमा तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनका लागि रोक लगाए लगतै गत बुधबार भरतपुर तनावग्रस्त बनेको थियो । तीन पाङ्ग्रे सवारीसाधनमा रोक लगाएको विरुद्ध तीन पांग्रे चालक तथा व्यवसायी प्रर्दशनमा उत्रिए । जिल्ला प्रशासन कार्यालय नजिक प्रर्दशनकारी र प्रहरीवीच झडप समेत भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर केही प्रर्दशनकारी घाइते भएका थिए भने प्रर्दशनकारीको ढुङ्गा लागेर पाँच प्रहरी पनि घाइते भएको थियो । झडप कै क्रममा प्रहरीको गोली लागी महेन्द्र सुनार घाइते भएको हुनुले राज्य के दमन स्थितीमा पुगेका ेहो ? भन्ने सर्वसाधारणमा आभाष देखिन्छ तसर्थ त्यस्ता कार्यामा राज्यबाट बेलैमा सकारात्मक सोच पु¥याउनु पर्ने मा उल्टै प्रहरी प्रशासन कडा रुपमा प्रस्तुत भएपछि तीन पाँग्रे सवारी साधनको आन्दोलन स्थगित भएको छ । आन्दोलनरत तीनपाङ्गे्र सवारीका मजदुर संगठन र भरतपुर महानगरपालिकाबीच बुधबार राति वार्ता भएर महानगरकै निर्णय मान्ने निर्णय भएसँगै तीन पाङ्ग्रे सवारी मुख्य राजमार्गमा नगुड्ने भएको छ । मुख्य सडक खण्डमा तीन पाङ्ग्रे सवारी साधन गुड्न छोडे पछि मुख्य सडक खण्ड सान्त हुनुका साथै सवारी साधनको चाप पनि कम देखिएको छ । यसले सहरको सौन्दर्यता बढाउनका लागि थप सहयोग पुर्याएको छ । अहिले सरकार संघीय प्रणालीमा गएको अवस्थामा विकासका सम्पूर्ण कार्यहरू स्थानिय स्तरमा सरेको छ । आफ्नो प्रदेश वा आफ्नो ठाउँलाई कसरी विकास गर्ने, कसरी आम जनताको भलाई गर्ने भन्ने विषयमा जनप्रतिनिधिहरू लागि परि रहेका छन् । तीन पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउनु पनि यसैको परिणाम हो । आफ्नो ठाउँलाई सुन्दर र व्यवस्थित बनाउने उद्धेश्यका साथ तीन पाङ्ग्रे सवारीसाधनमा रोक लगाएको हो । महानगरपालिकाले मुख्य सडकमा तीन पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न नदिए पनि भित्रि सडकहरूमा भने सञ्चालन गर्न दिएका छन् । यो राम्रो पक्ष हो । महानगरपालिकाले तीन पाङ्ग्रे सवारीसाधनमा रोक लगाउदा व्यवसायी तथा चालकका रोजी रोटी समेतमा पर्न जाने असरका बारेमा पनि सोच्न जरुरी छ । 

प्रतिक्रिया