इलेक्ट्रिसियनको लापर्वाही र समाधानका उपाय

  • प्रकाशित मिति : Wed-03-Oct-2018
  • - राहुल ढकाल इलेक्ट्रिसियन
title

 इलेक्ट्रिसियन पेशा निकै नै सम्वेदनशील पेशा हो । काम गर्ने क्रममा इलेक्ट्रिसियन हरुले सानो गल्ति गर्ने हो भने पनि धनजनको ठूलो क्षति हुन सक्छ । विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरु आफ्नो काम प्रति सधै सचेत हुनु पर्दछ । इलेक्ट्रिसियनहरुले जति सचेत ढंगले काम गर्दछन् उपभोक्ताहरु उति नै सुरक्षित हुन्छन् । यद्यपि सबै इलेक्ट्रिसियनहरु आफ्नो पेशा प्रति सचेत छन् भन्न सकिने अवस्था छैन । इलेक्ट्रिसियन पेशामा पछिल्लो समयमा धेरै कमि कमजोरीहरु रहेको देखिन्छ । इलेक्ट्रिसियनहरुले आफ्नो ढंगबाट काम गर्ने, काम गर्दा सस्ता सामग्रीहरु प्रयोग गर्ने जस्ता कार्यहरु गरेको पनि पाइन्छ । यस्ता कार्य प्रति इलेक्ट्रिसियन संघ तथा सम्बन्धित सरोकारवाला निकायहरुले चासो दिन जरुरी छ । इलेक्ट्रिसियन पेशामा पछिल्लो समय देखिएका केही समस्या तथा यसका समाधानका उपायहरु यसप्रकार छन् ।  

काममा लापर्वाही

इलेट्रिसियनहरुले आफनो पेशा प्रति जति सुरक्षित र सचेत भई काम गर्नु पर्ने हो त्यति सुरक्षित र सचेत भएर काम गरेको देखिदैन । इलेक्ट्रिक पेशा अपनाएर काम गर्ने इलेक्ट्रिसियनहरु आफन्तको भरमा कुनै पनि संस्थाबाट इलेक्ट्रिसियन तालिम नलिई काम गर्ने गरेको पाइन्छ । यस्ता इलेक्ट्रिसियनहरुका कारण सम्बन्धित निकाय बाट तालिम लिएर काम गर्ने इलेक्ट्रिसियनहरु मर्कामा पर्ने देखिन्छ । त्यस्तै तालिम नलिएका इलेक्ट्रिसियनहरुले कम गुणस्तरका सामग्रीहरु प्रयोग गरी सस्तो मूल्यमा कमशल काम गर्ने गरेको पनि पाइन्छ । इलेक्ट्रिसियनका यस्ता लापर्वाहीले उपभोक्ता ठगिने गरेका छन् । विद्युत जस्तो संवेदनशील क्षेत्रमा यस्ता लापर्वाहीका कारण विभिन्न समयमा विद्युतीय दुर्घटना हुने गर्दछ । 

गुणस्तर सामग्री प्रयोगको आवश्यकता

विद्युतीय क्षेत्रमा काम गर्दा प्रयोग हुने सामग्रीहरु गुणस्तर युक्त हुन जरुरी छ । गुणस्तरयुक्त सामग्रीको प्रयोगले नै उपभोक्ता ढुक्क हुन सक्छन् । कतिपय अवस्थामा इलेक्ट्रिसियनहरुले सस्ता सामग्रीहरु प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको गुनासाहरु पनि आउने गरेका छन् । इलेक्ट्रिसियनहरुको यस्ता कार्यले इलेक्ट्रिसियन पेशा प्रति विश्वास घट्दै जान्छ । इलेक्ट्रिसियनहरु आफ्नो पेशा प्रति उत्तरदायी हँुदै गुणस्तर युक्त सामग्री प्रयोग गर्नु आवश्यक छ । उपभोक्ता सचेत हुनु पर्दछ 

इलेक्ट्रिसियनहरुलाई काम लगाउँदा घरधनी सधंै सचेत हुन जरुरी छ । इलेक्ट्रिसियनले सम्बन्धित निकाय बाट प्रमाण पत्र लिएका छ कि छैन, कुन स्तरको इलेक्ट्रिसियन हो । त्यस विषयमा घरधनीले बुझ्न जरुरी छ । सस्तो मूल्यमा इलेक्ट्रिसियन पायो भन्दैमा घरधनीले काम लगाई हाल्नु उपयुक्त हुँदैन । तत्कालको फाईदा हेर्दा भविष्यमा हुने नोक्सानका विषयलाई ख्याल गर्न जरुरी छ ।   

  
   

प्रतिक्रिया