भर्खरै

“संगठित आवाज नभई  कुनै पनि काम सम्भव छैन”

  • प्रकाशित मिति : Wed-10-Oct-2018
  • - भीम खनाल,अध्यक्ष ,नेपाल इलेक्ट्रिसियन संघ बारा
title

बारा जिल्लामा इलेक्ट्रिसियन पेशाको अवस्था तथा समस्याहरु का बारेमा बताइदिनुहोस् न । 

इलेक्ट्रिसियन पेशा जटिल पेशा हो । बारा जिल्लामा इलेक्ट्रिसियन पेशा अपनाउने इलेक्ट्रिसियनहरुको संख्या बढ्दो क्रममा रहेको छ । यस पेशालाई व्यवस्थित र मर्यादित  ढंगबाट अपनाउने हो भने पेशाबाट  पलायन हुने अवस्था रहँदैन  ।  तसर्थ पछिल्लो समयका युवा पुस्ताहरु यस पेशा प्रति आर्कषण बढ्दो रहेको छ । यद्यपि बारा जिल्लामा पेशा कर्मीहरु बीच अस्वस्थ प्रतिस्पर्धा, घर धनी र इलेक्ट्रिसियनहरु बीच काम गरी सके पछि  आर्थिक रुपमा बेमेल हुनु मुख्य समस्याका रुपमा रहेको छ ।

इलेक्ट्रिसियनहरुको लापर्वाहीका कारण विद्युतीय क्षेत्रमा समस्या आउने गरेको छ भन्ने सुन्निछ नि , यसमा तपाई के भन्नु हुन्छ ?

इलेक्ट्रिसियन पेशामा आवद्ध हुनका लागि सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दुवै ज्ञानको आवश्यकता पर्दछ ।  कतिपय इलेक्ट्रिसियनहरु सैद्धान्तिक ज्ञान नलिइ देखेको भरमा नै काम गर्ने गर्दछन्, त्यस्ता इलेक्ट्रिसियनहरुले गरेको काममा समस्या आउने हो । दक्ष इलेक्ट्रिसिनयले काम गर्दा लापर्वाही गर्दैन भने उनीहरुले गरेका काममा पनि समस्या आउँदैन । तर यहाँ गुणस्तर काम गर्ने भन्दा पनि सस्तो मूल्यमा काम गर्ने इलेक्ट्रिसियनहरुको खोजी बढी हुने  गर्दछ । घरपेटीले तत्कालका फाइदाका लागि सस्तो इलेक्ट्रिसियन खोज्दा काम भरपर्दो नहुने देखिन्छ । 

इलेक्ट्रिसियनहरुलाई परेका समस्या समाधानका लागि  संघले कस्ता कार्य गर्दै आएको छ ?

इलेक्ट्रिसियनहरुको हक हितका लागि नै संघको स्थापना भएको हो । हामीले इलेक्ट्रिसिनहरु समस्यामा परेको समयम सहयोग गर्दै आएका छौ । संगठित आवाज नभई  कुनै पनि काम सम्भव छैन । एकल आवाज केवल झगडा मात्र हो । हामीले इलेक्ट्रिसियन र घर धनी बीच भएको सम्झौता अनुसार  इलेक्ट्रिसियनलाई पैसा नदिदा, इलेक्ट्रिसियनहरु समस्यामा पर्दा त्यसको समाधानका लागि संघले कार्य गर्दै आएको छ ।  

इलेक्ट्रिसियनहरुका लागि  सरकारले कस्ता–कस्ता कार्यहरु गर्दै आएको छ ?
सरकारले इलेक्ट्रिसियन पेशामा आवद्ध इलेक्ट्रिसियनहरुका लागि अहिले सम्म केही पनि गर्न सकेको छैन । 

इलेक्ट्रिसियनहरुका लागि संघले आगामी दिनमा कस्ता योजनाहरु ल्याउँदै छ ?
 
इलेक्ट्रिसियनहरुका लागि संघले आगामी दिनमा दुर्घटना बीमा, जीवन बीमा, दर रेट निर्धारण लगायतका विषयलाई प्रमुख प्राथमिकता दिई यसलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजाने योजनामा रहेका छौ ।  यो कार्य  संघको साधारण सभा लगतै गर्ने योजनामा छौ । 

प्रतिक्रिया