झिलिमिली बत्तीको व्यापार घट्दो छ 

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • - प्रकाश चन्द्र पाण्डेय अध्यक्ष, रुपन्देही विद्युतीय व्यवसायी संघ, बुटवल
title

तिहार पर्व भन्ने बित्तिकै भिन्न–भिन्न रंगका झिलिमिली बत्तीहरुले घरलाई सजाएर मनाइने पर्वको रुपमा यो पर्व लाई लिने गरिन्छ । यो पर्वले झालर तथा झिलिमिली बत्तीहरुको स्मरण गराईदिन्छ । यो तिहार पर्वको समय विशेष गरी झिलिमिली बत्ती तथा झालर बत्तीको व्यापार हुने समय हो । तर गत वर्षको तुलनामा यो वर्ष रुपन्देहीमा झिलिमिली बत्तीको व्यापार घट्दो छ । 
गत वर्षहरुमा तिहार नजिकिए लगतै जुन अनुपातमा  झिलिमिलि बत्तीको व्यापार हुने गर्दथ्यो सोही अनुपातमा व्यापार हुन सकेको छैन । सामग्रीहरुको मूल्य वृद्धि हुनुका साथै उपभोक्ता सँग नै झिलिमिली बत्तीहरुको स्टक हुँदा यो वर्ष व्यापार घटेको हो । गत वर्ष भन्दा यस वर्ष झिलिमिली बत्तीको मूल्यमा वृद्धि भएका कारण उपभोक्ताहरुले यो वर्ष झिलिमिली बत्ती खासै खरिद गरेको देखिदैन । यदि नेपालमा नै झिलिमिली बत्तीहरुको उत्पादन हुने हो भने झिलिमिली बत्तीको व्यवसाय बढ्ने देखिन्छ । यद्यपि नेपालमा औद्योगिक नीति नहुँदा उद्योगहरु सञ्चालनमा आएका छैनन् । नेपालमा कच्चापदार्थ आयात गरेर उत्पादन गरेका सामग्रीहरु भन्दा विदेशबाट आयात गरिएका सामग्रीहरु सस्तो पर्ने हुँदा नेपालमा नै यस्ता सामग्रीहरुको उत्पादन हुन नसकेको हो । नेपालमा नै विद्युतीय सामग्रीहरुको उत्पादन गर्ने वातावरण बनाउनका लागि  सरकारको नीति स्पष्ट हुनु पर्दछ भने स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिनु पर्दछ ।  

प्रतिक्रिया