भर्खरै

विद्युतीय व्यवसाय अतिक्रमणमा परेको छ

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • -  शशिधर जैसी लामिछाने  अध्यक्ष, विद्युत व्यवसायी संघ चितवन
title

नेपालीहरुको दोस्रो महान् पर्व तिहार नजिकिदै गर्दा विद्युतीय व्यावसायिक क्षेत्र भने शून्य अवस्थामा रहेको छ । विगतको वर्ष सँग तुलना गरी हेर्दा यस वर्ष बजारमा तिहारको चहलपहल खासै देखिदैन । विद्युतीय व्यवसायको क्षेत्रमा मात्र होइन अन्य व्यवसायको अवस्था पनि स्थिर नै रहेको देखिन्छ । 
सरकारले लगाएको करको कारण नयाँ भवनहरु कम निर्माण भएकोले,सामग्रीहरुमा जथाभावी कर वृद्धि हुनुका साथै अहिले नेपालबाट धेरै युवा जनशक्तिहरु विदेश पलायन भएकोले यस वर्ष  बजारमा खासै चहलपहल भएको छैन । विदेश बाट पठाएको सीमित रकमले तिहारको लागि झिलिमिली बत्ती खरिद गर्न नसक्नु नै झिलिमिली बत्तीको व्यापार घट्नुको मूख्य कारण रहेको मेरो बुझाई छ । मेरो विचारमा गत वर्षको भन्दा यस वर्ष झिलिमिलि बत्तीहरुको व्यापार ३० प्रतिशतले घटेको छ । त्यस्तै वास्तविक विद्युत व्यवसायी बाहेक अन्य गिफ्ट पसल, मोवाइल पसल, भाड पसल तथा फेन्सी पसलबाट तिहार विशेष झिलिमिलि बत्तीहरुको बिक्रि गर्दा वास्तविक विद्युत व्यवसायी मर्कामा परेका छन् । विद्युतीय व्यवसाय अतिक्रमणमा परेको छ । कुन व्यवसायीले कस्ता साग्रीहरुको बिक्रि वितरण गर्ने हो त्यसको निर्धारण भए पनि अनुगमन नहुँदा विद्युत व्यवसायीहरु समस्यमा परेका हुन् । बजारमा भएको यस्ता बिक्रि वितरण कार्यको अनुगमन सरकारी तथा सरोकारवाला  निकायबाट तत्काल नै हुन जरुरी छ । त्यस्तै नेपालमा नै उद्योग सञ्चालन गरी रोजगारको अवसर सिर्जना गर्नु अहिलेको आवश्यकता हो । 
विद्युतीय सामग्रीहरुको उत्पादन नेपालमा नै गर्न सकेको खण्डमा नेपाललाई धेरै फाइदा पुग्छ तर नेपालको औद्योगिक नीति स्पष्ट नहुनु, उद्योगमा लगानी गर्न चाहने लगानीकर्ताहरुका लागि उचित वातावरण नहुनु, निष्पक्ष विचार र धारणा नहुनु तथा संकुचित धारण हुनु जस्ता कारणले नेपालमा औद्योगिक विकास हुन सकिरहेको छैन ।

प्रतिक्रिया