मोरङमा झिलिमिली बत्तीको व्यापार सन्तोषजनक

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • - अध्यक्ष, सान्तुन रेग्मी  मोरङ इलेक्ट्रिक संघ, मोरङ
title

विद्युतीय सामग्रीहरुको व्यापार तिहारमा जत्तिको अरु समयमा हुँदैन । विद्युतीय सामग्री तथा झिलिमिली बत्तीको व्यापार तिहारमा बढी नै हुने गर्दछ । तिहार नजिकिए सँगै मोरङमा पनि झिलिमिली बत्तीको व्यापार बढेको छ । झिलिमिली बत्ती किन्ने उपभोक्ताको चहल पहल  दिन प्रतिदिन बढ्दै गएको छ । 
झिलिमिलि बत्तीहरुको मूल्य गत वर्षको भन्दा केही महँगो भए पनि व्यापार सन्तोषजनक नै रहेको छ । उपभोक्ताहरुले विशेष गरी एलईडी जन्य झिलिमिली बत्तीहरु खरिद गर्ने गरेका छन् । भारतबाट झिलिमिली बत्ती आयात गर्दा भन्सारमा समस्या हुने हुँदा चीनबाट आयात भएका झिलिमिली बत्तीहरु नै बिक्रि वितरण हुने गरेको छ ।  नेपालमा तत्काल झिलिमिली बत्तीहरुको उत्पादन हुने अवस्था छैन । बजार सानो हँुदा,  विदेश निर्यात गर्न नसक्दा झिलिमिलि बत्ती उत्पादन हुन नसकेको हो । त्यस्तै नेपालमा  स्पष्ट औद्योगिक नीति नहुँदा विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा आउन नसकेको हो ।

प्रतिक्रिया