भर्खरै

हरेक घरलाई ऊर्जा घर बनाउन सकिन्छ

  • प्रकाशित मिति : Wed-21-Nov-2018
  • - प्रा. डा. रमेशकुमार मास्के काठमाडौं विश्वविद्यालय
title

जलस्रोतमा धनी मुलुकका लागि नवीकरणीय ऊर्जा आवश्यक छ ?

एकदमै आवश्यक छ । जलविद्युत् पनि नवीकरणीय ऊर्जा नै हो । म पनि हाइड्रोपावरकै विज्ञ हुँ । तर मैले मेरो घरलाई ऊर्जाघर बनाउन सौर्य ऊर्जा नै राख्नुपर्छ वा वायोग्यास पनि राख्न सकिन्छ, हाइड्रोपावरबाट त्यो सम्भव छैन । त्यसैले सस्तो कच्चा पदार्थबाटै ऊर्जा प्राप्त गर्न सकिने र पैसा नपर्ने सौर्य ऊर्जा किन प्रयोग नगर्ने ? ऊर्जामा प्रयोग गर्नुपर्ने पैसाले अरू काम गर्न सकिने भयो । घरमा कार राख्नसक्नेले सौर्य ऊर्जा राख्न नसक्ने भन्ने हुँदैन । नवीकरणीय ऊर्जाको विस्तारले अन्य ऊर्जाको मूल्य नियन्त्रण हुनुका साथै सर्वसुभल पनि हुनसक्छ । 

नवीकरणीय ऊर्जाका लागि विद्यमान नीति उचित छ ?

विद्यमान नीति त्यति उचित देखिएको छैन किनभने यस क्षेत्रमा लाग्ने व्यवसायी र विज्ञहरूबाट धेरै गुनासो आउने गरेको छ । प्रविधि जडानपछि समयमै भुक्तानी नपाउने समस्या देखिएको छ । सरकारले यस क्षेत्रको प्रवद्र्धन गर्न खोजेजस्तो त देखिन्छ तर प्रभावकारी कार्यान्वयन हुन नसकेकाले पनि यस्तो समस्या आएको हुनसक्छ । सरकारले सोलारमैत्री घर बनाउन प्रोत्साहित गर्नुपर्छ । सोलार इनर्जीमा कार्वन ट्याक्स पनि लाग्दैन । वास्तवमा भारतले नेपालमाथि नाकाबन्दी लगाउनु नेपालको हितमा पनि थियो, भारतले नाकाबन्दीमार्फत तिमीहरू आफैं गरिखाउ है भन्ने सन्देश दिएको हो । यसमा भारतलाई धन्यवाद नै दिनुपर्ने हुन्छ । नाकावन्दीले हामीलाई आफ्नै खुट्टामा उभिन प्रोत्साहित गरेको छ । त्यसैले हामीले भारतबाट ऊर्जा आयात गर्नुको सट्टा यही किन उत्पादन नगर्ने ? हामी गर्न सक्छौं । साभारः हिमालय टाईम्स्

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 23 hours ago