६० प्रतिशत बजार हिस्सा नीक ट्रान्सफर्मरले ओगटेको छ

  • प्रकाशित मिति : Wed-28-Nov-2018
  • - अभिषेक श्रेष्ठ, असिस्टेन्ट मार्केटिङ म्यानेजर एण्ड प्रकृयुपमेन्ट, नेपाल इकरात इन्जिनियरीङ कम्पनी प्रा.लि
title

थाइल्याण्डको प्रविधि र डिजाइन अनुसार सन् १९९२ देखि नै नेपालमा नेपाल इकरात प्रा.लि ले नीक ट्रान्सफर्मर उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ । ट्रान्सफर्मर उत्पादनमा नेपालको नै सबै भन्दा ठूलो कम्पनीका रुपमा रहेको यस कम्पनीले गुणस्तरयुक्त ट्रान्सर्फमर उत्पादन गर्दै आएको छ भने आम उपभोक्ताको मन जित्न सफल भएको छ । यसै सन्र्दभमा नेपाल इकरात इन्जिनियरीङ कम्पनी प्रा.लि का असिस्टेन्ट मार्केटिङ म्यानेजर एण्ड प्रकृयुपमेन्ट, अभिषेक श्रेष्ठ सँग ट्रान्सफर्मर उत्पादनको अवस्था, नेपालमा नीक ट्रान्सफमर्रले पाएको प्राथमिकता, ट्रान्सफर्मर आयातको अवस्था, ट्रान्सफर्मर उत्पादनमा सरकारले पु¥याएको योगदान, कम्पनीको भावी योजनाका बारेमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानी ः नीक ट्रान्सफर्मरको बारेमा बताईदिनु होस् न । नेपाल इकरात इन्जिनियरीङ्ग प्रा.लि (नीक) नेपालको सबै भन्दा ठूलो ट्रान्सफर्मर उत्पादक कम्पनी हो । यो इकरात इन्जिनियरीङ कम्पनी सँग जोएन्ड भेन्चर कम्पनी हो । सन् १९९२ देखि यस कम्पनीले नेपाली बजारमा नीक ट्रान्सफर्मरको उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ । थाइल्याण्डको प्रविधि र डिजाइन अनुसार कम्पनी पहिलो पटक ३१५ केभिए क्षमताको ट्रान्सफर्मर उत्पादन गरेको थियो । थाइल्याण्डको प्रविधि अनुसार नै कम्पनीले अहिले सम्म ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ । नीक ट्रान्सफर्मरले नेपाली बजारमा ठूलो क्षेत्र ओगटेको छ । नेपाल विद्युत प्राधिकरणको टेन्डर बाहेक नै ५५ देखि ६० प्रतिशत बजार हिस्सा नीक ट्रान्सफर्मरले ओगटेको छ । यसको मूख्य कारण ट्रान्सफर्मरमा भएको गुणस्तर हो । कम्पनीको स्थापनाको समय देखि नै कम्पनी घाटामा जाँदा होस् या नाफामा जस्तो सुकै स्थितिमा पनि गुणस्तरयुक्त ट्रान्सफर्मर उत्पादन गर्दै आएको छ । नीक ट्रान्र्फरमरले सन् २००० मा आइ.एस .ओ सर्टिफाई प्राप्त गरेको हो । त्यस्तै ट्रान्सर्फमर म्यानिफ्याक्चर तर्फ नेपाल गुणस्तर चिन्ह् प्राप्त गर्ने नेपालको पहिलो कम्पनी हो । आइ.एस. ओ ९००१ ः२०१५ लेटेस्ट भर्सन प्राप्त कम्पनी पनि हो । नीक इलेक्ट्रो–टेक २०१८ को तयारी कस्तो हुँदैछ ? हामी नीक इलेक्ट्रो–टेक २०१८ को टाइटल स्पोन्सर हौ । विगत देखि नै हामीले नीक इलेक्ट्रो–टेक मेलाको टाइटल स्पोन्सर गर्दै आएका छौ । अहिले सम्म हामी ४ औँ पटक टाइटल स्पोन्सर गरेका छौ । मेलाका लागि हाम्रो तर्फबाट आवश्यक पूर्वतयारीहरु भइसकेका छन् । नीक ट्रान्सफर्मर ग्राहकहरुको रोजाईमा पर्नुको मूख्य कारण के होला ? विगत २६ वर्ष देखि कम्पनीले नीक ट्रान्सफर्मर उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छ । यति लामो समय सम्म ग्राहकहरुको मन जित्न सफल हुनुको प्रमुख कारण भनेको सामग्रीहरुको गुणस्तर नै हो । हाम्रो नीक ट्रान्सफर्मरको गुणस्तरमा कुनै कमि छैन । त्यस्तै हामीले ट्रान्सफर्मर मा दुई वर्षको ग्यारेन्टी समेत दिएका छौ । नेपालमा ट्रान्सफर्मरमा एक वर्ष देखि दुई वर्ष सम्म ग्यारेन्टी प्रदान गर्ने पहिलो कम्पनी पनि हाम्रो कम्पनी हो । त्यस्तै हामीले ट्रान्सफर्मर बिक्रि पछि सर्भिस पनि प्रदान गर्दै आएका छौ । हाम्रा ट्रान्सफर्मर पुगेको नेपालको जुनसुकै स्थानमा ट्रान्सफर्मर बिग्रेको खण्डमा अथवा ट्रान्सफर्मरमा कुनै समस्या आएको खण्डमा हामीले तत्काल सेवा दिदै आएका छौ । यी नै कारणले हाम्रा ट्रान्सफर्मर उपभोक्ताका रोजाइमा पर्न सफल भएका हुन् । नीक ट्रान्सफर्मर बिक्रिको अवस्था कस्तो रहेको छ ? हामीले नेपालमा अहिले सम्म २० हजार भन्दा ट्रान्सफर्मर बिक्रि गरि सकेका छौ । हाम्रो कम्पनीको ट्रान्सफर्मर नै नेपालमा बढी बिक्रि हुने गरेको छ । हामीले नेपालमा मात्र होइन भुटानमा पनि १२ वर्ष देखि ट्रान्सफर्मर निर्यात गरि रहेका छौ । ट्रान्सफर्मर उत्पादक कम्पनीहरुलाई नेपाल सरकारले कस्तो सहयोग गर्दा उपयुक्त होला ? नेपाल ट्रान्सफर्मर उत्पादक कम्पनीहरु तथा ट्रान्सफर्मर सँग सम्बन्धित कम्पनीहरु धेरै नै रहेका छन् । सरकारले नेपालमा नै उत्पादित वस्तुहरुलाई प्राथमिकता दिने भने पनि ट्रान्सफर्मरको सन्र्दभमा त्यो लागु भएको देखिदैन । सरकारका नियम कागजमा मात्र सीमित छ । नेपालमा निर्माण भएका ट्रान्सफर्मर भन्दा विदेश बाट आयात भएका ट्रान्सफर्मरहरु बढी बिक्रि हुने गरेको छ भन्ने सुनिन्छ नि ? नेपालमा सबै भन्दा बढी ट्रान्सफर्मर खरिद गर्ने नेपाल विद्युत प्राधिकरण हो । प्राधिकरणले विगत १५,१६ वर्ष देखि चिनियाँ ट्रान्सर्फमर आयात गर्दै आएको छ । नेपालको खरिद ऐन अनुसार जुन सस्तो छ त्यहि खरिद गर्नु पर्ने हुँदा प्राधिकरणले गुणस्तरहिन चिनियाँ ट्रान्सफर्मर बढी आयात गर्ने गरेका छन् । कम्पनीको भावी योजना बारे बताई दिनुहोस् न । हामीले लामो समय देखि नेपालमा गुणस्तरयुक्त ट्रान्सफर्मर उत्पादन तथा बिक्रि वितरण गर्दै आएका छौ । हामीले समय सापेक्ष ट्रान्सर्फमर उत्पादन गर्दै आएका छौ । आगामी दिनमा कम्पनी बाट १० एमभिए, १३२ के.भी भोल्टेज सम्मको ट्रान्सफर्मर बनाउने योजनामा छौ भने कम्पनीबाट अन्य प्रडक्टहरु पनि उत्पादन गर्ने योजनामा पनि छौ । अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ? ट्रान्सफर्मर खरिद गर्दा गुणस्तरयुक्त, दीर्घकाल सम्म टिकाउ हुने खालका ट्रान्सफर्मरहरु खरिद गर्न आम उपभोक्तालाई आग्रह गर्दछु ।

प्रतिक्रिया