झिलिमिली बत्ती गत वर्षको तुलनामा ३५ प्रतिशत सस्तो छ

  • प्रकाशित मिति : Sat-27-Oct-2018
  • - शिवराज रिजाल, अध्यक्ष, नेपालगञ्ज इलेक्ट्रिक एशोसिएसन
title

 
तिहार झिलिमिलि बत्तीहरुको पर्व हो । तिहारमा चारैतिर झिलिमिली बत्तीले सजाइन्छ । झिलिमिली बत्तीहरु सहित अन्य घरायसी विद्युतीय सामग्रीहरुको व्यापार हुने समय तिहार हो ।  तिहारमा विशेष गरी झिलिमिली बत्तीहरुको व्यापार हुने समय भए पनि यो वर्ष भने नेपालगञ्जमा झिलिमिली बत्तीको व्यापार गत वर्षको तुलनामा कम छ । उपभोक्ता सँग पहिले वर्षको नै झिलिमिली बत्ती स्टक भएको हुँदा झिलिमिली बत्तीको व्यापार घटेको हो । नयाँ घर तथा भवन बनाउने उपभोक्तहरु झिलिमिलि बत्ती खरीद गर्न आउने भए पनि अन्या उपभोक्ताहरु सँग स्टक झिलिमिलि बत्ती हुनु, सुरक्षित ढंगबाट राख्दा ७, ८ वर्ष टिकाउ हुने हुँदा व्यापार घटेको हो ।   
गत वर्षको तुलनामा झिलिमिलि बत्तीहरु ३० देखि ३५ प्रतिशत सस्तो छ । व्यापार घटेको भए पनि विशेष गरी नेपालञ्जमा अहिले १० देखि १०० सम्मका एलइडीजन्य झालर बत्तीहरु बढी बिक्रि हुने गरेका छन् । नेपालगञ्ज भारतसँग सीमा जोडिएको भए पनि करिव ९५ प्रतिशत तिहारका झिलिमिलि बत्तीहरु नेपालगञ्जबाट नै बिक्रि हुने गरेको छ । तिहारका झिलिमिली बत्तीहरु नेपालगञ्जमा विद्युतीय व्यवसायीहरुले मात्र होइ, फुटपाथ तथा किराना पसलका व्यापारीहरुले पनि बिक्रि गर्ने गरेका छन् । ७५ प्रतिशत विद्युतीय व्यवसायीहरु मार्फत झिलिमिली बत्ती बिक्रि हुने गरेको भए पनि २५ प्रतिशत अन्य व्यवसायीहरुले बिक्रि गर्ने गरेका छन् । अन्य व्यवसायीहरु मार्फत विक्रि भएका झिलिमिलि बत्तीहरुको गुणस्तर कम हुने गर्दछ । अन्य व्यवसायी मार्फत बिक्रि हुने झिलिमिली बत्ती सस्तो मूल्यमा प्राप्त भए पनि गुणस्तरयुक्त हुदैन । त्यस्तै अन्य व्यवसायीहरुले पनि झिलिमिली बत्ती बिक्रि गर्ने हुँदा वास्तविक विद्युतीय व्यवसायीहरु मर्कामा पर्ने गरेका छन् । यसका लागि हामीले महासंघमा पहल गर्दै आएका छौ । 

प्रतिक्रिया