रसुवागढी र म्याग्दी हाइड्रोपावरको साधारणसभा हुँदै
- प्रकाशित मिति : Tue-13-Nov-2018
- - Admin

काठमाण्डौ, कात्तिक । रसुवागढी हाइड्रोपावर कम्पनीको साधारणसभा मंसिर १९ गते हुने भएको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितीको बैंठकले सातौ वार्षिक साधारण सभाको मिती तय गरेको हो । कम्पनीका अनुसार साधारण सभामा आर्थिक वर्ष २०७५र ७६ को वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रबाह विवरण माथि छलफल गर्ने जनाएको छ । त्यस्तै कम्पनीको २०७६÷७७ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।साधारणसभा राष्ट्रिय सभागृहमा हुने कम्पनीले जनाएको छ । कम्पनीले अहिले १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
म्याग्दी हाइड्रोपावर
त्यस्तै म्याग्दी जिल्लामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण गरिरहेको म्याग्दी हाइड्रोपावर कम्पनीको साधारणसभा मंसिर १२ गते हुने भएको छ । कम्पनीको गत कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैंठकले १२ औ साधारणसभाको मिती तय गरेको हो ।
साधारण सभामा आर्थिक वर्ष २०७५र ७६ को वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । कम्पनीको २०७६÷७७ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा बालुवाटारमा हुने कम्पनीले जनाएको छ ।