नेपाल विद्युतीय व्यवसायी महासंघको सहकार्यमा व्यवसाय प्रवद्र्धन तालिम हुँदै
- प्रकाशित मिति : Tue-20-Nov-2018
- - Admin

पोखरा,मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघको सहकार्यमा पोखरा इलेक्ट्रिकल एसोसिएशनले व्यापार व्यवसाय प्रवद्र्धन तालिम सञ्चालन गर्ने भएको छ ।
यहि मंसिर ७ गते शनिबार पोखराको बुद्धचोक स्थित लालीगुँरास पार्टी प्यालेसमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । व्यवसायीहरुको नेतृत्व विकास गर्ने उद्धेश्यका साथै संघमा आवद्ध व्यवसायी तथा आवद्ध हुन इच्छुक व्यक्तिहरुलाई व्यवसाय कसरी गर्ने,व्यवसायको मर्यादा भित्र रहेर व्यवसाय कसरी गर्ने तथा समय अनुकुल व्यवसाय कसरी गर्ने भन्ने जानकारी दिन कार्यक्रमको आयोजना गरिएको पोखरा इलेक्ट्रिकल एसोसिएशनका अध्यक्ष राजु भण्डारीले बताए । उनले भने नेपालमा विद्युतीय व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतीय सामग्री बिक्रि गर्दा के फाईदा पुग्छ, कम गुणस्तरका सामग्री बिक्रि गर्दा के बेफाईदा पुग्छ भन्ने विषयमा तालिम प्रदान गर्न लागिएको छ । अध्यक्ष भण्डारीले प्रशिक्षक प्रभात सुवेदीले प्रशिक्षण दिने कार्यक्रमका लागि महासंघको प्राविधिक सहयोग रहेको उनको भनाई छ ।