भर्खरै

व्यवसाय प्रवद्र्धन तालिम सम्पन्न

  • प्रकाशित मिति : Tue-27-Nov-2018
  • - Admin
title

 
पोखरा,मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघको सहकार्यमा पोखरा इलेक्ट्रिकल एसोसिएशनले सञ्चालन गरेको व्यापार व्यवसाय प्रवद्र्धन तालिम सम्पन्न भएको छ । गत शनिबार पोखराको बुद्धचोक स्थित लालीगुँरास पार्टी प्यालेसमा  व्यवसायीक प्रवद्र्धन तालिम सम्पन्न भएको हो । 
 विद्युतीय व्यवसायी  व्यवसाय कसरी गर्ने,व्यवसायको मर्यादा भित्र रहेर व्यवसाय कसरी गर्ने तथा समय अनुकुल व्यवसाय कसरी गर्ने भन्ने जानकारी दिने  र  विद्युतीय व्यवसायीहरुको नेतृत्व विकास गर्ने उद्धेश्यका  सञ्चालन गरिएको नेतृत्व विकास
तालिम व्यवसायीहरुका लागि प्रभावकारी रहेको एसोसिएशनका महासचिव गिरीराज बरालले जानकारी दिए । व्यवसाय प्रवद्र्धनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने उनले बताए । कार्यक्रममा ७५ जना व्यवसायीहरुको उपस्थिति रहेको थियो ।  तालिमको प्रशिक्षक प्रभात सुवेदी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया